राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एकैदिन १२ बिद्यालय दर्ता

Read Time:1 Minute, 20 Second

दिपा  आले

नेपालगन्ज १ पुष, बाँकेमा पौष ९ गते देखि १४ गतेसम्म हुने पांचौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा आज एकैदिन १२ बिद्यालय दर्ता भएका छन । आयोजक बिद्यालय जनता उच्च मावि सन्तकुटीमा बसेको बैठकले २८ उपसमितिले हिजो दर्ता समय पाँच दिनलाई बढाएपछि आज पहिलो दिनमै १२ बिद्यालयहरु दर्ता भएका हुन ।
 योसंगै प्रतियोगीतामा सहभागी हुने बिद्यालयको संख्या ६७ पुगेको प्रचारप्रसार उपसमितीका सयोजक सुमनसिंह बस्नेतले जानकारी दिनुभयो । यसैबिच प्रतियोगीताको उदघाट्न गर्न राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव युवराज लामा नेपालगन्ज आउनुहुने भएको छ ।
 १४ खेल समाबेश गरिएको प्रतियोगिताका लागि मैदानको सरसफाई र ट्रयाक निर्माण सम्पन्न गरिसकेको छ । गतबर्ष राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता बाँकेको लक्ष्मी उच्च माबि मदुईमा भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %