राष्ट्रिय स्वाधिनताको रक्ष गर !
देशलाई दलहरुको अनिर्णयको बन्दी बनाउन पाईन्दैन !
३ दलको मात्र सहमति चाहिन्दैन !
विद्यामान संक्रमणकाल तत्काल अन्त गर !
जननिर्वाचित संविधान सभाबाट संविधान जारी गर !
दलहरुको कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागि होऔ l
देशमा विद्यामान संक्रमणकालिन अवस्थको तत्काल अन्त गर्न, जननिर्वाचित संविधानसभाबाट नै संविधान जारी गराउनका लागि दलहरुको कार्यालयमा
धर्ना तथा ज्ञापनपत्र बुझाउने क्रार्यक्रममा आ–आफ्नो व्यानर झण्डा लिएर सहभागी होऔ ।
मिति : २०६९ मंसिर २९ गते शुक्रबार
समय : मध्यान्ह १२ बजे एमाले कार्यालय बल्खुमा,
दिउसो १ बजे कांग्रेस कार्यालयमा सानेपमा
दिउसो २ बजे नेकपा एकीकृत माओवादी
सक्रिय सहभागिताको विशेष अपील :
नेपाल आदिवासी जनजाति महासंघ वर्तमान र निवर्तमान संघीय परिषद सचिवालय, वर्तमान तथा पूर्व सल्लाहकारहरु, निवर्तमान अध्यक्ष तथा पूर्व महासचिवहरु, नेपाल कुमाल समाज सुधार समिति, तमू ह्यूल छौंजधी (गुरुङ्ग राष्ट्रिय परिषद) नेपाल चेपाङ (प्रजा) संघ, नेपाल छन्त्याल संघ, जिरेल संघ नेपाल, नेपाल तामाङ घेदुङ, तोक्पेगोला समाज सेवा समिति, थकाली सेवा समिति, नेपाल थामी समाज, थारु कल्याणकारी सभा, दुरा सेवा समाज, नेवाः देय दवु, नेपाल पहरि बिकास संघ, नेपाल बराम संघ, भुजेल समाज सेवा समिति, नेपाल मगर संघ, किराँत याक्खा छुम्मा, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा, लार्के समाज कल्याण केन्द्र, वालुङ सेवा समाज, शिङ्सा कल्याण केन्द्र, नेपाल शेर्पा संघ, सियार समाज कल्याण केन्द्र, सुनुवार सेवा समाज, नेपाल ह्योल्मो समाज सेवा संघ, नेपाल डोल्पो जनजाति विकास केन्द्र, थुदाम सेवा समाज, नेपाल धानुक समाज, किसान समुदाय क्लव, नेपाल गनगाई कल्याण परिषद, नेपाल झाँगड (उरावं) कोड्रेम सुधा«रा, ताजपुरिया समाज कल्याण परिषद, तांवे समाज सेवा संघ, दनुवार जागरण समिति, नेपाल दराई उत्थान समाज, धिमाल जाति बिकास केन्द्र, नेपाल बोटे समाज सेवा, नेपाल भोटे जनजाति सेवा समिति, नेपाल माझि उत्थान संघ, मुगाल जनजाति समाज कल्याण केन्द्र, र मेचे समाज सिवीयारी अफात, राजवंशी समाज विकास समिति, राजी शाल्म समाज, रोङ सेजुम ठी (लाप्चा), ब्याँसी शौंका समाज, नेपाल संन्थाल आदिवासी उत्थान संघ, वायु गुखाता कोलु पंदाक्मी (हायु), मार्फा थकाली समाज सेवा सदन, तीन गाउँले थकाली सेवा समिति, सुरेल जाति उत्थान समाज, कुचबाडिया उत्थान संघ, बाह्रगाउ समाज सेवा समिति, लोछोधुन ल्होपा संघ, नेपाल राउटे विकास संघ र नेपाल कुसुण्डा विकास समाजलाई व्यानर झण्डा लिएर सक्रिय र सशक्त सहभागीताको लागि हार्दिक निमन्त्रण गदछौ l
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, आदिवासी जनजाति युवा महासंघ नेपाल, आदिवासी जनजाति विद्यार्थी महासंघ, आदिवासी जनजाति कानुन व्यवसायी परिषद, आदिवासी जनजाति पत्रकार महासंघ, अदिवासी जनजाति चलचित्र संघ, आदिवासी जनजाति मजदुर संघ, अदिवासी जनजाति कला संस्कृति सञ्जाल र आदिवासी जनजाति अपाङ्ग संघलाई व्यानर झण्डा लिएर सक्रिय र सशक्त सहभागीताको लागि हार्दिक निमन्त्रण गदछौ
लिम्बुवान प्रदेश, किराँत प्रदेश, ताम्सालिङ प्रदेश, शेर्पा प्रदेश, नेवा प्रदेश, तमुवान प्रदेश, मगरात प्रदेश, थरुहट प्रदेशका साथै विभिन्न स्वशासित क्षेत्र संरक्षित ईलाका स्थापना सहित पहिचान र अधिकारको लागि संर्घषरत सबै आदिवासी संघ संगठनहरु, अभियानकर्ता, वुद्धिजीवि, महिला, विद्यार्थी, निजमति कर्मचारी भूपू सैनिक र सम्पूर्ण न्यायप्रमी जनसमुदयहरुको सक्रिय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
पुनश्च : यो सूचनालाई फेसबुक, वेभसाईड, एस एम एस, फोन, ईमेल, टुईटर मार्फत आ–आफ्ना मित्रहरुलाई जानकारी गराऔ र सबै मित्रहरुलाई कार्यक्रममा सहभागी गराऔ ।
आयोजक
नेपाल आदिवासी जनजाति महासंघ