किरात धर्मगुरु आत्मनन्द लिङदेनको ५९ औं शुभजन्मोत्सव समपन्न

Read Time:3 Minute, 45 Second
रविन लिङदेन “आम्भु जेठा”
हङकङ, ४ डिसेम्वर, किरात धर्मगुरु मुहिगुम अंसिमाङ आत्मनन्द लिङदेन “सेइङ”को ५९औं नोमाङ्गेना समारोह सम्पन्न भएको छ । याउमातेइ स्थित किरात धर्म तथा साहित्य उत्थान संघको आफ्नै माङहिममा धार्मिक विधि अन्र्तगत सोमवार साझ उक्त समारोह सम्पन्न भएको थियो । 
समारोहमा नुमाङगेना सेवा समिति नेपालका उपाध्यक्ष तथा किरात धर्म तथा सहित्य उत्थान संघ हङकङका निर्वतमान अध्यक्ष देउमान आङवोहाङले किरात धर्म र वर्तमान गुरु मुहिगुम अंसिमाङ आत्मनन्द लिङदेन “सेइङ”को वारेमा स्पष्ट पारेका थिए । किरात धर्मका वर्तमान गुरु मुहिगुम अंसिमाङ आत्मनन्द लिङदेन “सेइङ”को भनाइ उध्रित गर्दै किरातीहरु पछि परेको र अझै चनाखो नभएमा झन पछि पर्ने कुरा उनले वताए । किरात सस्कार संस्कृतीहरु किरातीहरुले ढिलो नगरि गुरुवाट लिनुपने वताए । गुरुवाट शिक्षा दिक्षा, धर्म सस्कार, सस्कृति लिने, सिक्ने कुरामा किरातीहरु पछि परेको र यस्तो कुरालाई किरातीहरुले मनन नगरे झन पछि पर्ने आङवोहाङले वताए । 
किरात धर्म तथा सहित्य उत्थान संघ हङकङका अध्यक्ष मोहनमान नेम्वाङको अध्यक्षतामा भएको ५९ औं नोमाङ्गेना समारोहमा किरात धर्म सस्कार अनुसार साङदाङगेन सेवा सावा (दिक्षित गुरु) तुलकहाङ तुम्साबाट माङ भजन द्घारा समारोहको स्वागत भएको थियो । संघका उपाध्यक्ष तथा केन्द्रिय सदस्य खगेन्द्र कुमार गुरुङले कार्यक्र संचालन गरेका थिए भने उत्र वहादुर राई, हेम येङदेन, तुलक तुम्सा, अनिल आङवोहाङ “लाजेसा”, कार्यक्रमका अध्यक्ष मोहनमान नेम्वाङले सम्पूर्ण किरातीहरुको नाममा सेवा गरेका थिए । 
किरातीहरु माझ मंसिर १८ गते अङसीमाङ लिङदेन आत्मानन्द सेइङको शुभजन्मोत्सव एवं मुहिङगुम अङसिमामाङ साँवा पवित्रहाङमा लिङदेन नुमाङगेना सेवा गर्ने चलन छ । नेपालको इलाम जिल्ला स्थित लारुम्बा, माङसेवुङ केन्द्रिय किरात माङहिममा हरेक वर्ष लाखौं किरातीहरुको उपस्थितिमा वृहत कार्यक्रम हुने गर्दछ । 
अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५९ औं शुभजन्मोत्सव एवं मुहिङगुम अङसिमामाङ साँवा पवित्रहाङमा लिङदेन नुमाङगेना सेवाको अवसरमा देश विदेशसमा रहेका सम्पूर्ण किरात धर्मावलम्विहरुलाई विश्व किरातीहरुको विश्व शान्ति एवं भावनात्मक एकताको शुभकामना सन्देश दिदै किरात धर्म तथा साहित्य उत्थान संघ हङकङका अध्यक्ष मोहनमान नेम्वाङले समारोहको अन्त्य गरेका थिए ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %