पत्रकार सम्मेलन
दीपा आले
नेपालगन्ज १९ मंसिर
नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष राजकुमार लेखीले अहिले सिंगो मुलुक राजनैतिक सहमतिको अभावमा अनिर्णयको बन्दी बनेको बताउनु भयो ।
आज नेपालगन्जमा आदिबासी जनजाति महासंघ बांकेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लेखीले यस्तो कुरा बताउनु भएको हो ।
उहांले मुलुक संक्रमणकालिन अवस्थामा गुज्रिरहेको बेला नयां सविधान विहिन अवस्था अझै कति वर्ष लम्बने हो निश्चित नभएको बताउनु भयो ।
अध्यक्ष लेखीले देशको बागडोर सम्माल्ने चार ठूला दलका कारणले उनीहरुको अक्रमणीय र अशक्षमताको कारणले आज मुलुकमा संकट देखिएको बताउंदै त्यसको समाधान त्यति सजिलो नहुने उल्लेख गर्नु भयो ।
उहांले अहिले पनि राजनीतिक निकासको कुनै पनि सम्भावना नदेखिएको बताउदै पछाडि परेका आदिबासी जनजाति,कर्णाली क्षेत्रका उत्पीडन समुदायको समस्यालाई चार वटा दलको सहमतिले मुलुक अग्रगमन तिर जान नसक्ने धारणा राख्नु भयो ।
राष्ट्रपतिले चार दलको सहमति भयो भने मुलुकले निकास पाउंछ भन्ने भ्रममा नपर्न समेत लेखीले आग्रह गर्नु भयो । उहांले भन्नुभयो यी चार पांच दलको कारणले गर्दा नै मुलुकले निकास नपाएको बताउदै राष्ट्रपतिले पनि आफ्नो पद जोगाउन ४ दलको गुहार मागेकोमा आपत्ती जनाउनु भयो ।
अध्यक्ष लेखीले चुनाव नगरी सत्ता मोहको कारण यी ४ ठूला दल चुनावी प्रक्रियामा जान नखोजेको ठुकुवा गर्दै आदिबासी जनजाति पहिचान सहितको संघियतामा निरन्तर अगाडि बढ्ने धारणा राख्नु भयो ।
पत्रकार सम्मेलनलाई सम्बोदन गर्दै अध्यक्ष लेखीले भर्खरै मात्र सार्वजनिक गरिएको जनगणनामा १२ वटा आदिबासि जनजातिको जनसंख्या सम्बोधन नगरेकोमा खेद प्रकट गर्दै छुटेका आदिबासी जनजातिलाई राज्यले सम्बोधन नगरे कडा आन्दोलनमा जाने चेतनावनी दिनु भयो ।
अध्यक्ष लेखी बांके, बर्दिया, दांगको आदिबासि जनजाति कार्यक्रममा आउनु भएको बेला यस्तो कुरा गर्नु भएको हो । पत्रकार सम्मेलनमा आदिबासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगर तथा बांके अध्यक्ष डम्मबर थापालगायतले बोल्नु भएको थियो । भने कार्यक्रमको सहजीकरण पत्रकार उमा थापामगरले गर्नु भएको हो ।
साथै आज नै नेपालगन्जस्थित बौद्ध गुम्बा नजिकमा बनेको आदिबासी जनजाति महांसघंको नयां भवनको उद्घाटन प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापामगरले गर्नु भएको थियो ।
नेपाल आदिबासी जनजाति महासंघको पत्रकार सम्मेलन : पहिचान सहितको संघियतामा निरन्तर अगाडि बढ्ने
Read Time:3 Minute, 22 Second