राष्ट्रपति धार्मिक रुपले हिन्दु र राजनीति रुपले कांग्रेस हुन खोजेको (आदिवासी जनजाति महासंघ नेपालको प्रेस बिज्ञप्ति सहित)

Read Time:1 Minute, 47 Second

राष्ट्रपति डा. रामवरण यादवले आदिवासी जनजातिको ज्ञापनपत्र बुझ्न मानेन् । राष्ट्रपति डा. रामवरण यादव धार्मिक रुपले हिन्दुको राष्ट्रपति र राजनीति रुपले कांग्रेस हुन खोजेको दखिन्छ । देशको वर्तमान राजनीतिक परिस्थितिबारे आदिवासी जनजातिहरुको दृष्टिकोण सहितको ज्ञापन पत्र राष्ट्रपतिलाई बुझाउनको लागि नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रपतिको स्वकीय सचिव र कार्यालयका उपसचिवलाई फोनबाट पटक पटक समय मागेको र करिब ५ दिन पर्खन्दा पनि भेटने समय पाएन । भेटने समय उपलब्ध नभएकोमा हामी खेद प्रकट गर्दछौ । आज विशेष पत्रकार सम्मेलन गरेर उक्त ज्ञापन पत्र सार्वजानिक गरियो ।

छोटो समयमा विशेष पत्रकार सम्मेलन आयोजना गरि दिनु भएकोमा आदिवासी जनजाति पत्रकारसंघका अध्यक्ष मोहन सिंह लामा, महासचिव डण्डा गुरुङ, विभिन्न संञ्चार माध्यमबाट समाचार संकलनका लागि उपस्थित सबै पत्रकारहरु र पत्रकार सम्मेलनलाई सम्बोधन गरिदिनु भएकोमा महासंघको सल्लहकार पासाङ शेर्पालाइ महासंघको तर्फबाट धन्यवाद ज्ञापन गरियो । 

Ang Kaji Sherpa Kisan
General Secretary
Nepal Federation of  Indigenous Nationalities (NEFIN)

Office Phone : +9771+5001754

Personal Contact
Email : kajikisan@hotmail.com
Email : kajikisan@gmail.com
Mobile No: 98510 – 48184
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %