निष्ठाका महानायकको अवसान र नेपाली कांग्रेस

Read Time:9 Minute, 13 Second

अमरदिप मोक्तान, डाडाखर्क, दोलखा

नेपाली राजनीतिमा निष्ठा इमान्दारी र आदर्शप्रति जिवन सर्मपित गर्ने महान् योद्धा भिम बहादुर तामाङ्ग आज हाम्रोबीच रहनुभएन । आफुलाई सदैब साधारण औसत दर्जाको नेपाली नागरिक हुँ भनी सम्बोधन रुचाउने महान् ब्यक्तित्व भिम बहादुर तामाङ्गको हृदयघातबाट असमायिक निधन भएको छ । महान् शब्दबाट सम्बोधन र परिभाषित हुने विरलै हुन्छन्,  महान् शब्दबाट विभुषित हुने व्यक्तिको परिचय, जिवनशैली महान् कार्यप्रती सर्मपित र ओतप्रोत भएको हुन्छ भन्ने विवाद छैन, स्वर्गिय भिम बहादुर तामाङ्गको जिवनशैली, आचरण, राष्ट्रलाई सबल बनाउने र देख्न चाहने महान् योद्धा थिए । कसैको दृष्टि र मापन यन्त्रमा वँहा महान् हुनुहुन्थ्यो वा हुनुहुन्थेन त्यो थाहा छैन तर वँहाको महानतालाई निकटताबाट महशुष एवं अध्ययन गरेको हुनाले वँहालाई महान् शब्दले विभुषित गर्ने धृष्टता गरेको हुँ ?
 स्वर्गिय भिम बहादुरसंग मेरो अन्तरंगता बारे भन्नु पर्दा कहिले काहि टेलिफोन र कहिले एक दुई महिनाको अन्तरालमा भेटघाट हुने गर्दथ्यो । वँहासंग भेट्नु जादा आफ्नो निकट बसाई अमर बाबु भनी गरी आत्मीयताका साथ सम्बोधन मेरो लागि अविस्मरणीय बनेको छ । वहाँ द्धारा राम्रो पुस्तक, जिरीको चिया पत्ती उपहार स्वरुप प्राप्त गर्ने अवसर पाएँ, एक पटक म वहाँसँग भेट्न पुग्दा अमर बाबु सहि समयमा आउनुभएको छ भनी तराईबाट कुनै कार्यकर्ताले उपहार दिएको खादीको कुर्ता दिदैं भन्नु भयो खादीको महत्व र यसको इतिहास तपाईले राम्ररी बुझेको हुनाले यो खादीको कुर्ता लानुहोस् भनी मलाई दिएँ, यो खादीको कुर्ता रुपी अमूल्य धरोहर सुरक्षित रुपमा राखेको छु ।
 स्व. भीम बहादुरज्यूको जीवन अनेकैं प्रेरक प्रसंगले भरिएको हुनुपर्छ तर मृत्यु सम्बन्धमा वहाँद्धारा व्यक्त गरिएको प्रसंग प्रति वहाँले प्रस्तुत गरेको विचारले वहाँको महानताको परिचय दिन्छ तसर्थ त्यस प्रसंगको चर्चा अनिर्वाय छ । एकदिन वहाँले कुराकानीको क््रmममा आप्mनो मृत्युवरण कस्तो हुनु पर्ने भनी भन्नु भयो । वहाँले आफ्नो मृत्यु कमरेड स्व. निर्मल लामा जस्तो होस् भन्दा म आश्र्चयचकित भए , मैले वँहालाई प्रश्न गरे स्व. कामरेड लामाको मृत्युवरणमा यस्तो के खास कुरा थियो, जो तपाइले वहाँ जस्तो मृत्युवरण रोज्नु भयो ? वँहाले भन्नु भयो स्व. निर्मल लामाको निधन पश्चात कांग्रेस पार्टिद्धारा वँहालाई पार्टिको तर्फबाट श्रद्धान्जली दिन खटाइएकोमा वँहा असन्तुष्ट एवं दुखित हुनुहुन्थ्यो । काम्रेड स्व. निर्मल लामा पछि गएर वामपन्थी धार अपनाएतापनि स्व. निर्मल लामा २००७ साल क्रान्तिका एक महत्वपुर्ण योद्धा थिए, पार्टिका अध्यक्षद्धारा वँहाप्रति श्रद्धान्जली अर्पण गरी सम्मान गर्नुपर्दथ्यो तर गरीएन भनी पीडा व्यक्त गर्नु भयो । स्व. निर्मल लामालाई श्रद्धान्जली अर्पण गर्न हेतु स्वयम्भु पुग्दा त्यहाँको दृश्य देख्दा आश्चर्यचकित भएको कुरा सुनाए । स्व. निर्मल लामाको पार्थिव शरीरलाई घेरेर हिमाल, पहाड, तराईका निम्न वर्ग, खुट्टामा चप्पल समेत नलगाएका दीन गरीब जनताले आफ्नो नजिकका अभिभावक गुमाए जस्तै रोदन गरेको दृश्य देखेर वँहा भावविवह्ल भएको एवं सर्वहारा वर्गका असल नेता स्व. निर्मल लामानै थिए भनी महशुस गरेको कुरा सुनाएँ । त्यो हृदयविदारक दृश्य वँहाको मानसपटलबाट कहिल्यै पनि विलिन हुने छैन भनी बताउनु भयो । मृत्युवरन पश्चात अग्निदाह गर्दा धेरै नेताहरुको हैषियत अनुसार चन्दनको काठ र घ्युसहित दाहासंस्कार गरिएको अनेकौं उदाहरण छन् तर त्यस्ता नेतालाई असल नेता ठान्नु गलत हुनेछ भन्नुभयो । असल नेताको पहिचान जसको मृत्युपश्चात असल जनताले अभिभावक गुमाए जस्तै आफुलाई टुहुरा भएको महशुश गरोस्, त्यसकारण अमरबाबु स्व. निर्मल लामाको मृत्युपश्चातको दृश्य देखेर असल नेताको पहिचान यस्तो पो हुनु पर्छ भन्ने महशुस गरेर मेरो मृत्यु पनि स्व. कामरेड निर्मल लामा जस्तो हुनु पर्छ भनेको हुँ । स्व. भिम बहादुर तमाङ्ग आज हामीबीच हुनुहुन्न वँहाको निधन पश्चात नर्भिक अस्पतालमा उमडेको जनसागर र सानेपा स्थित कांगे्रस केन्द्रिय कार्यलयमा मैले देखेको र महशुस गरेको के हो भने असल कांग्रेसी कार्यकर्ताको मलिन अश्रुपुर्ण अनुहार र रोदन देखेर स्व. भिम बहादुर तामाङ्गले इच्छा गरेको बमोजिम नै स्व. लामा जस्तै वँहाले असल नेता जस्तै मृत्युवरण गर्नु भयो ।
 नेपाल आफ्नो भाग्यको दोधारमा उभिएको बेला भिम बहादुर तमाङ्गको अवसान राष्ट्रले अपुरणीय क्षती व्यहोर्नु परेको छ । संकटग्रस्त ऐतिहासिक घडिमा अस्वस्थ कांग्रेस पाटिको निम्ति भिष्म पितामह जस्तै ढाल बन्न सक्ने भिम बहादुर तामाङ्ग जस्ता योद्धा ब्रम्हलीन भएको छ । समग्रमा भन्नु पर्दा कांग्रेसको महत्वपुर्ण मेरुदण्ड दुर्घटनाग्रस्त भएको छ । कांग्रेस पार्टिद्धारा यस दुर्घटनालाई कसरी लिने हो थाहा छैन तर यो दुर्घटना सामान्य दुर्घटना चाहि अवश्य नै होइन, कांग्रेस पार्टिले एक कुशल अभिभावक गुमाएको छ , प्रजातान्त्रिक समाजवादका सच्चा प्रर्वधक भिम बहादुरको अवसान पश्चात कांग्रेसमा वि.पि आदर्श रुपी विरासतको अन्त भएको छ । कांग्रेसमा आएको विचलन प्रति हमेशा चिन्तति र दुखी हुने एक महत्वपूर्ण सदस्यमा कमी आएको छ । वँहाको अनुपस्थितीमा कांग्रेसले कुन अनुहार र रणनितीको अनुशरण गर्दै डुब्दै गरेको साखलाई पुर्नजिवन र परिपुर्ती गर्ने हुन् नेपाली जनता हेर्न उत्सुक छन् । वँहाको अवसान पश्चात कांग्रेस वृतमा टाढा टाढा सम्म भिम बहादुर जस्ता निष्ठावान र आदर्शका पुजारीको नामो निशान भेटिन्न र कांग्रेस नेतृत्वमा हालको परीस्थिती हेर्दा त्यो रिक्तताको भर्पाई असम्भव देखिन्छ । कांग्रेस मात्रले नभई अस्थिर र संकटग्रस्त शुन्य स्थितीमा राष्ट्रले सर्वमान्य, सर्व स्वीकार्य स्व. भिम बहादुर तमाङ्ग जस्ता व्यक्तित्वको अनिवार्यता अवश्य महशुस गर्नेछन् । अन्तमा, भिम बहादुर ज्यु प्रति आफ्नो केहि स्मरण नेपाली जनता सामु प्रस्तुत गरी आफ्नो तर्फबाट श्रद्धान्जली अर्पण गरेको छु ………इति ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %