अर्घाखाची १७ मसिर, अन्तराष्ट्रिय खेलाडी सहित सन्धिखर्क टुडिखेलमा शनिबार भएको अन्तराष्ट्रिय रेस्लीङग महाभिडन्त खेलले सन्धिखर्कमा रौनकता छाएको छ । जिल्लामै पहिलो पटक भएको रेस्लीङगको लागि अन्तराष्ट्रियि खेलाडी सहभागी भएका थिए । ५ हजार जनाले अवलोकन गरेको आयोजकले बताएको छ । नेपाल पर्यटन खेलकुद मञ्चको आयोजनामा भएको कार्यक्रमका लागि पा“च जना विदेशी र पा“च जना नेपाली रेस्लीङग महाभिडन्तको प्रदशनी देखाएको मंञ्चका अध्यक्ष पृथ्वी थापाले बताए । उक्त महाभिडन्तमा अस्ट्रेलियाका सुपरस्टार हार्टली ज्याको ज्याक्सन र नेपालका एक मात्र अन्तराष्ट्रिय रेस्लर भरत बहादुर विशुराल (हिमालयन टाइगर) विच मुख्य महाभिडन्त भएको थियो । उक्त भिडन्तमा जितेका खेलाडी हिमालयन
टाइगरलाई संघको नाममा स्थापना गरिएको च्याम्पियनसीप टाईटल वेल्ट उपाधीका साथ नगद दुई लाख रुपैया प्रदान गरिएको छ । उक्त नेपाली पहिलो महिला रेस्लर भगवति खड्का (युनिका) अमेरिकाको चिकागोवाट आउने द ग्रेट चेन्ने आल्माका साथ महाभिडन्त गराएर भरपुर मनोरञ्जन प्रदान गराइएको थियो साथमा डव्लु डव्लु ई का पुर्व खेलाडी द ग्रेटनेस टिम मेम्वर द ग्रेट मालाकी र जापानको जीरोवान रेस्लिङगका खेलाडी युसुके उदे विच महाभिडन्त भएको थियो र सुभारम्भमा भक्तपुरका महेस कोजु र काठमाडौंका नसिङग नेपालीको महाभिडन्तले रेस्लिङग रिङग तताएको थियो ।
यसैबीच कलाकार जीवन शर्मा र हास्य कलाकार मनोज जगुरेलले समेत आफ्नो प्रस्तुती देखाएका थिए । स्थानिय जनताहरुकालागी ज्ञानवर्धक मनोरञ्जन कार्यक्रमले हौसला बढाउने र पर्यटन व्यावसायमा सहयोग पुरयाउने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रममा आजसम्म सरकार लगायत कुनै पनि साहु महाजन, उद्योगपति, व्यापारी र संघ संस्था संग नगद वा जिन्सी कुनै प्रकारको पनि सहयोग नपाएको र नलिएको पनि जननकारी गराएको छ ।
D. Pachabhaiya