राष्ट्र सपुतलाई सम्मान गरौं

Read Time:18 Minute, 47 Second

दीपा आले,

नेपालगन्ज, आज हामीलाई गर्व लागि रहेको छ फेरी यो धर्तिमा अर्को राष्ट्र सपुतको जन्म भएको छ । जसको विवेकले यो समाजमा बसोबास गर्ने मानवलाई कुकार्यबाट बचाउन प्रयास भईरहेको छ । आज मैले मेरो डायरीमा त्यस्तो राष्ट्र सेवक महान सपुत जसले राष्ट्र र जनताकोलागि दिलोज्यान दिएर लागि परेको छ त्यस्तो महानहस्तीलाई फेरी हामीले सम्झनु पर्दछ । जसको मुहारमा सधै चमक छ जसको मुहारमा सधै देश र जनताको चिन्ता छ जसको आत्मामा सधै नेपाली मातृभूमि नेपाल आमाको माया छ । हो आज  नेपाल आमाले जन्म दिएको त्यस्तो महानहस्ती महान सपुत जसलाई म मात्र होइन आम जनताले सलुट गर्नु पर्दछ ।
 हुन त जति थरि मान्छे उति थरी मान्छेको सोच हुन्छ । अनि उसले जे बुझ्दछ त्यही विश्लेषण गर्दछ । त्यो त प्रत्येक मानिसको मगजले बुझ्नु पर्ने कुरामा भर पर्दछ । चोरले पनि म चोर हो भनेर भन्दैन । तर यो विचित्र संसारमा राम्रा र सुन्दर मान्छे धेरै हुन्छन् तर असल र विवेकशील मान्छे कमै जन्मीएका हुन्छन् । त्यसै मध्येका एक महान सपुत, महान हस्ती हुन् एसपी विक्रम सिंह थापा जसलाई म मात्र होइन स्यंम आम जनताको आत्माले समेत बुझेका छन् । यति मात्र होइन उनका कार्य कौशलता, मार्ग निर्देशन र विवेकशील उर्जालाई बुझ्न हजारौ जनताहरु पछिपरिरहेका छन् । उनलाई भेटन् आतुर छन् । उनको प्रेरणालाई आत्मासाथ गर्न तलिन छन् यदि कोही व्यक्ति कुलतमा लागेका छन् भने पनि सत्मार्गतिर लाग्न खोजिरहेका छन् ।
 आदरणीय पाठकवृन्द यो संसारमा एउटा असल राष्ट्र सेवक जन्मीन त्यति सजिलो छैन । संसारमा जति पनि असल र महान सपुत जन्मीएका छन् तिनका बाबु र आमाले धेरै त्याग र तपस्या गरेका थिए । त्यसैगरी अर्का राष्ट्र सेवक विक्रमसिंह जसका बाबु र आमाले पनि धेरै त्याग र तपस्या गरेको हुनुपर्दछ जसले एउटा असल सपुत जन्माउन सफल भएको छ । यदि हामी धर्मलाई विश्वास गर्छौ भने यदि हामी ईश्वर र परआत्मालाई विश्वास गर्छौ भने यदि एउटा असल र विवेकशील अन्तरआत्मालाई चिन्न सक्छौ भने उसले अवश्य पनि सत्य के हो भनेर बुझ्ने कोसिस गर्दछ र एक दिन उसले सत्य कुरा बुझेर छाड्दछ ।
 हुन त कतिपयले मेरो विचारलाई कुन रुपमा प्रस्तुत गर्छ त्यो त्यही व्यक्तिको विश्लेषण गर्ने शैली र दृष्टिकोणमा भर पर्दछ ।  एउटा समुन्द्रको गहिराई बुझ्न समुन्द्रको पिंदमा पुग्नु शिवाय अर्को विकल्प छैन । राष्ट्रको काम कर्तब्य र उसले देश र जनतालाई गरेको योगदानबाट थाहा हुन्छ । त्यसकारण आज हजारौ मानिसहरु भड्कीएका छन् । बाहिरी आवरण सुन्दर भएपनि अन्तरआत्माको आवारण भने भड्किरहेको छ । जुन मानवले असल बाटोलाई चिन्न सकिरहेका छैनन त्यस्ता मानवहरु आज भड्किएर कुलतमा फसेका छन् । चेनतशील प्राणी भएर पनि नरगीय जीवनयापन गर्न बाध्य भएका छन् । 
 ईश्वरले सबै मानवलाई चेतना, ज्ञान र बुद्धि दिएर यो धर्तिमा जन्म दिएको हुन्छ तर त्यसलाई आफू कुन रुपमा प्रस्तुत गर्ने भन्ने कुरा स्यंम मानवको मगजले नै काम गर्ने हो । जसले आफ्नो अन्तरआत्मालाई पवित्र बनाएर आफू बाच्दा सम्म विवेकशील बनाउन सक्छ , सत्मार्ग तिर लग्न सक्छ उसले नै यो संसारमा ज्ञान प्राप्त गर्न सक्छ । त्यस्ता मानिसले नै हजारौ मानिसलाई सिर्जशील, विवेकशील र उर्जाशील बनाउन सक्छ उसले नै समाजमा सम्मान र प्रतिष्ठा पाउन सक्छ । त्यो भाग्यमानी व्यक्ति भनेको विक्रमसिंह हुन जसले देश र जनतालाई गरेको सेवा र योगदान हजारौ मानिसले खुला किताब झै पढेर, हेरेर, सुनेर अनि महसुस गरेर बुझन पाएका छन् । जसले देश र जनताको सेवामा सर्मपित हुन्छ त्यस्तो मानिसलाई जनताले पनि सम्मान गर्दछ ।
 हिराको चमक बुझ्न उसको नजिक जानु पर्दैन उसको चमकले नै थाहा हुन्छ त्यो हिरा हो भनेर । एउटा असल राष्ट्रभक्त , राष्ट्र सपुत ,राष्ट्र नायकले देश र जनताको सेवामा सर्मित सेवा बाट थाहा हुन्छ उसले गरेको योगदान कति महत्वपूर्ण छ भनेर ।
 हरेक मानवजाती खुला आकाश र सुन्दर पृथ्वीमा रमाउन चाहन्छन् तर रमाउने शैली सबैमा आ आफ्नै हुन्छन् । कोही देखावटी रुपमा रमाईरहेका हुन्छन् भने कोही अरुको सेवा गर्न पाएर रमाईरहेका हुन्छन् । हुन त यो संसारमा हरेक मानिस केही न केही क्षेत्रमा आबद्ध हुन्छन् । आफ्नो क्षेत्र अनुसार नै कर्म गरेका पनि भेटिन्छन् तर त्यति मात्र फरक हो आफू कुन क्षेत्रमा छु र आफ्नो कर्तब्य र दायित्व के हो भन्ने कुरा कमै मात्रले बुझेको पाइन्छ । त्यसैमध्येका एक त्यस्ता महान सपुत हुन् जसले आफ्नो क्षेत्रमा बफादार निष्पक्ष र कर्मठ भई नेपाल आमाको शीर उच्च राख्न रातदिन अहोरात्र देश र जनताको सेवा खटिरहेका छन् ।
 हुन त देश र जनताको सेवामा अरु पनि नखटिएका होइनन् तर निष्पक्ष निर्भिक, निस्वार्थ भावना र विवेकशील उर्जाका साथ काम गर्ने असल व्यक्तिको रुपमा पहिचान दिन भने कमै भेटिन्छन् । त्यस्ता मानवले देश र जनताको सेवा गरेपनि आफ्नो स्वार्थपूर्ति नगरेसम्म जनताको सेवा गर्न आफ्ना पाईलाहरु पछाडि हटाउने गर्दछन् यो हामी सबैले महसुस गरेको कुरो हो  । त्यसैले त भन्नेगर्छन परआत्मा सद्गुरुहरु सबै कहां इश्वरको परममित्र बन्न सक्छन । यदि सद्गुरुले भने झै ईश्वरको परममित्र बन्न छ भने मानवजातीले आफू भित्र भएको स्वार्थपनलाई त्याग गर्नु पर्दछ । आफूले खान लागेको गांस छोड्न सक्नुपर्छ । तर आजको यो भौतिक संसारले मानवको चेतनालाई यति सांघुरो बनाई दिएको छ ताकी गांस छोड्ने त के अरुले खान लागेको गांस समेत खोसेर खाने गर्दछन् ।
 यस्तो भौतिक संसारमा जन्मीएर पनि महान सपुत विक्रमसिंह जसले आम नेपाली दुःखी गरिब जनताको भावना बुझ्न सकेको छ ।जसले कुलतमा फसेका मानवजातीलाई सुमार्गतिर ल्याउन पहल गरिरहेको छ । जसले आफ्नो जन्मदिने मातापिता र मातृभूमिलाई सेवा गर्न जानेको छ । जसले कालो लाई कालो र गोरोलाई गोरो भनेर समाजमा आफ्नो उर्जाशील ज्ञानहरु दिदैछ । हो त्यो महान सपुत आज हाम्रो गृहजिल्ला बांकेले पाएका छौं । हामी बांके बासीले गर्वका साथ भन्न सक्नुपर्छ हामी पनि एसपी विक्रमसिंह थापा जस्तो असल विवेकशील सपुत बनेर देखाउछौ भनेर । बांके बासीले मात्र होइन सत्तामा बस्ने सत्तासिन सरकारले पनि बुझ्न आवश्यक छ ।
 देश संक्रमणकालिन अवस्थामा गुज्रिरहेको बेला सत्ताधारी नेताहरु आफ्नो स्वार्थमा लिप्त भईरहदा एउटा असल देशभक्त सपुत जो निरन्तर जनताको सेवामा खटिरहदा उसको कामको मूल्यांकनलाई सम्बोधन गर्न नसक्नु  त्यस्ता सत्ताधारीलाई स्वार्थलिप्तको उपनाम दिनु सिवाय अर्को विकल्प छैन । बांके जिल्लामा दिनडाहाढै हत्या हिंसा, लुटपाट डकैती जस्तो जघन्य अपराध भईरहदा त्यस्ता अपराधीक क्रियाकलापलाई ध्वस्त पार्ने एक त्यस्ता निर्भिक सपुत हुन विक्रमसिंह जसको उर्जा र विवेकले आज बांके जिल्लाका बासिन्दाले शान्तिको प्रत्याभूति गर्न पाएका छन् । उनको पाईला जहां जहां पर्दछ त्यहां त्यहां नेपाली जनताले शान्तिको प्रत्याभूति गर्न पाएको सत्य कुरा हामी सबैलाई जगजाहेर छ ।
 आदरणीय मेरा पाठकवृन्द यहांहरुले मेरो विचारलाई अध्ययन गरी सकेपछि कसरी प्रस्तुत गर्नु हुन्छ त्यो मेरो लागि प्रेरणाको स्रोत बन्ने छ । जसले जे सोचेपनि मेरो सोच उनीहरुप्रति सकरात्मक बन्नेछ ।  हामी सबैलाई थाहा भएको कुरो हो पृथ्वी गोलो छ । त्यसैले त यो संसार सत्यमा टिकेको छ । अर्को कुरा संसार सत्यमा टिकेको हुनाले एक दिन सत्यले विजय प्राप्त गर्छ । जो मानवको अन्तरआत्माले सधै अरुको भलो चाहन्छ अरुको पीडालाई आफ्नो पीडा सम्झीन्छ । अरुको दुःखमा मलम लगाउन कोसिस गर्छ त्यस्ता महामानवहरु मरेपछि मात्र स्वर्ग देख्ने होइन उसले जीउंदै स्वर्गको अनुभुति गर्दछ । त्यसैमध्येका एक त्यस्ता महान सपुत हुन विक्रमसिंह जसले हजारौ जनताको पिडा बुझ्न सफल भएको छ ।
 जबजब उनका अन्तरआत्माले देशभक्त र मातृभूमि आमाको बारेमा आफ्ना विवेकशील शब्दहरु प्रस्फुटन गर्छन् तब तब म मात्र होइन हजारौ मानवका अन्तरआत्माले उनको बाणीलाई स्याबासी दिईरहेको हुन्छ । त्यसैले होला विगतका दिनमा दिनडाहाडै नेपाली जनताको घरदैलोमा रडाको मच्चाउने र समाजमा शान्ति प्रक्रिया खलबलाउने भूमिगत समुहका नाइके भगतसिंहले पनि आज सत्मार्गको बाटो खोज्दैछ । ऊ पनि आज शान्तिको मार्गतिर आउने कोशिस गर्दैछ । उसलाई पनि आज आफ्नो सन्तान र परिवार मात्र प्यारो होइन आम नेपाली जनताका सन्तान र परिवारलाई प्यारो लाग्न थालेको छ । समय गतिशील छ । हिजोका दिन अपराधीक क्रियाकलापमा लागेका व्यक्तिहरु आज आएर सत्मार्ग तिर लाग्दैछन् । त्यसकोलागि विक्रमसिंह जस्तो देशभक्त भएको विवेकशील असल राष्ट्र सपुत हुनु पर्दछ । अनि मात्र जस्तोसुकै कुलतमा लागेका व्यक्तिपनि एकदिन हत्याहिंसालाई त्यागेर शान्तिको बाटो रोज्नेछन् । यो त एउटा सुरुवात र उदाहरण मात्र हो । तर जब एसपी विक्रमसिंह थापा बांकेमा पाइला टेके उनका राष्ट्रबादी सन्देशले लामो समय कुलतमा लागेका भगतसिंहले समेत आफ्नो जीवनमा सत्मार्गको बाटो देख्न पुगे । भगतसिंह लाई पहिल्यै थाहा थियो मैले गलत गरिरहेको छु भनेर तर उसका आसेपासे मित्रताका नाममा खोल ओढेका मित्रराष्ट्र भनाउंदा केही त्यस्ता तत्वले उसलाई बाध्य बनाएको थियो । एक त्यस्ता राष्ट्र सपुतको जन्म भयोे जसले बांके जिल्लामा पाईला टेक्ने वित्तिकै भगत सिंह जस्ता हजारौं कुकार्यमा फसेका व्यक्तिहरुलाई आफ्नो विवेकशील उर्जाले सकरात्मक बाटोमा ल्याउन सफल भएको छ ।
 यसका बाबजुत पनि बांके जिल्लामा धेरै त्यस्ता समस्या र चुनौतिहरु छन् जसलाई जनताको अगाडि उदांगो बनाउनु छ । जनतालाई विश्वास दिलाउनु छ । जनताको घर आंगनमा शान्ति ल्याउनु छ । अहिले पनि बांके जिल्ला लागु औषध तथा चरेशको खेती निर्मूल हुन सकेको छैन । साथै बांके जिल्ला मानवबेचविखनको अखडा मानिएको थलो हो यसलाई पनि निर्मूल पार्नु पनि चूनौति छ ।त्यस्ता विविधि किसिम समस्याले बांकेका जनताहरु पिडित हुनु परेको छ । यसतर्फ पनि  आगामी दिनमा ध्यान जान आवश्यक छ ।
 आदरणीय पाठकवृन्द जब जब यो धर्तिमा पाप कराउन थाल्छ तबतब ईश्वरले  असल व्यक्तिको जन्म दिन्छ । अनि त्यस्ता कुकार्यको सर्वनास हुन्छ  । किन कि यो संसार सत्यमा टिकेको छ । सत्यको बाटो अंगालेका कारण महाभारतको लडाईमा पांच पाण्डवले सत्यको ईतिहास लेख्न पाए । सत्यको बाटो अंगाल्दा टक्राव नआएको होइन विक्रमसिंह थापालाई तर पनि शरीरमा एकमुठी सास रहदासम्म देश र जनताको सेवामा सर्मपित उनका पाईलाहरु कहिकतै रोकिएनन् । जनताको सेवामा उनको कहीकतै कमिको महसुस भएन । हामीलाई गर्व लाग्छ । कम्तीमा केही हदसम्म भएपनि शान्तिको प्रत्याभूति हुन सकेको छ । त्यसैले म भन्ने गर्छु यदि जोकोहीले पनि आफूलाई देशभक्त राष्ट्रभक्त भनेर खुला मञ्चमा भाषण गर्छ भने उसले जनताको आंसु पुछ्न सकोस् । उसले जनतालाई न्याय दिन सकोस् उसले आफ्नो मात्र स्वार्थ हेरी भोको पेट भर्ने होइन अरुपनि भोको पेट छटपटिरहेका छन् भन्ने कुरा बुझ्न जरुरी छ । चाहे त्यो देश र जनताको सेवा गर्न युद्धभूमिमा होमिएर छटपटिरहेको बेला किन नहोस् त्यस्तो अवस्थामा पनि ईश्वरले मूल्यांकन गरिरहेको हुन्छ र त्यही अनुसार फल पाउने गर्दछ ।
 म फेरी भन्ने गर्छु यदि सक्छौ भने कुलत कार्यलाई त्यागेर सत्मार्गमा लाग । एउटा असल व्यक्ति बन । एक पटक राष्ट्र सपुत एसपी विक्रमसिंहको विवेकशील शब्दबाणीलाई आफ्नो जीवनमा परिचालन गर अनि जीवनको मोड कुन बाटोमा पुग्छ त्यो समयले बताउने छ । नेपाली जनताको दुःख पीडालाई आफ्नो पीडा सम्झने महान हस्ती विक्रमसिंह तिमी आफ्नो बाटो देखाउन कहिल्यै पछि नहड्नु । मानिस भएर धर्तिमा जन्मीएपछि दुःख सुख, सर्घषका घुम्ती र मोडहरु आउने गर्छन् तर तिम्रो पाईला कहिल्यै नरोक्नु चाहे अगाडि जस्तो सुकै अवस्था किन नआवस् । राम्रा काम गर्ने शिर्जनशील हातहरु र उर्जाशील विवेकका पछाडि ईश्वरले सधैं क्रिपा गरिरहेको हुन्छ एक दिन त्यो व्यक्ति नै सफलताको शिखरमा पुग्न सक्छ जसले हरेक सामाना गरेर जीवनलाई सत्मार्ग मा पुराउन सक्छ । त्यति मात्र होइन तिमी भित्र रहेकोे विविकशील ऊर्जा जसले देश र जनताको सेवामा समर्पित भक्तिभाव देखाएको छ  अब त्यो ज्ञानको सन्देश देश बनाउन भनेर सत्तासिन सरकारलाई बुझाउनु छ अनि थाहा हुन्छ बास्तविक देशभक्त र राष्ट्रभक्त बन्न कति त्याग र तपस्या गर्नु पर्दछ भनेर । सत्तासिन सत्ताधारीहरु जनताको खुन र पसिनाको महत्व अहिलेसम्म बुझ्न सकेका छैनन न त कहिल्यै बुझ्ने छन सत्तामा लिप्त भयो भन्दै देशभक्त सपुतलाई आफ्नो शक्ति प्रर्दशन गरेर किन्ने प्रवृति हाम्रो देशमा हावी छ त्यस्ता कुकार्यलाई उदांगो बनाउन तिम्रो पाईला सधै अघि बढोस् जसको प्रतिफल एक दिन देश र जनताको उज्जवल भविष्य निर्माण गर्नेछ । पीडित जनताले न्याय पाउन सक्नेछन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %