मगर बौद्ध समाज हंगकंगको आयोजनामा पूजा, ध्यान तथा प्रबचन कार्यक्रम याउ मा तेइ कम्यूनिटि हलमा हुदैछ । अध्यक्ष प्रेम गलामी मगरका अनुसार २ डिसेम्वर २०१२, आइतबारका दिन ६:३० बजे बेलुका कार्यक्रम शुरु हुनेछ । उक्त कार्यक्रमको लागि भिक्षु मगर (मेधंकर) हंगकंग आइसक्नु भएको छ । उहा नेपालका ध्यान गुरु हुनुहुन्छ । हाल बैंककको “वाट सोमानास राजकिय बुद्ध विहार” मा विगत चार बर्षदेखि अध्ययन र अध्यापन गर्दै आउनु भएको छ ।