संस्कृति भेस-भूषा जोगाउनलाई गरौँ प्रतिबद्धता

Read Time:1 Minute, 48 Second

हामी मगरहरुले गर्व गर्नसक्नुपर्छ आफ्नो धर्म  जातिको 
अभिभारा हाम्रै हो जगेर्ना गर्ने मौलिक कला  संस्कृतिको | 
पूर्वपश्चिमउत्तरदक्षिण मगर  हामी एउटै हौँ,  
मतभेद हटाई एकताबद्ध भई एक अर्कालाई साथ दियौ | 
जहाँको धर्तीमा हामी रहे पनि आखिर मगर हौँ भन्ने बुझ्नुपर्छ | 
परदेशमा छौं हामी आज एकबद्ध भई काँधमा काँध दिनु पर्छ | 
एकतामा बल हुन्छ सधैं एकताबद्ध बनौँ, 
आफ्नो मौलिक भाषा भेसभूषाको संरक्षण गरौँ 
माघे संक्रान्ति मनाई संस्कृतिको सम्वर्धन गरौँ | 
कु– संस्कारकुरीतिलाई फालेर आफ्नो संस्कृति जोगायौँ | 
कस्तो हुन्छ हाम्रो रहन सहन ? के हो हाम्रो कर्तब्य भनि 
हाम्रा सन्ततिलाई हस्तान्तरण गर्दै जानुपर्छहाम्रो संस्कृति

विविधतामा एकता इमान्दारी मगरको विशेषता 
सभ्यताको परिसूचक हो हाम्रो शिष्टता ! 
हाम्रो संस्कृति भेसभूषा जोगाउनलाई गरौँ प्रतिबद्धता | 
अरुको धर्म भेसभूषालाई घृणा गर्नु कदापी होइन यसको अर्थ | 
हाम्रो अस्तित्व हाम्रो पहिचान धाराशायी हुनबाट बचायौँ, 
आपसी सदभाव  समन्वयको वातावरण कायम गरौँ | 
अहंकार फाली सबै जना हामी हाते मालो गरौँ | 
मितव्ययिता अपनाई बौद्धिक सभ्यताको अनुसरण गरौँ  | 
 
नानु  राना मगर, Swindon, UK
 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %