आचार्य सार्की शेर्पा – सोलु, मंसिर–७
सोलु बेनी–४ मा अवस्थित सेर्लो गोन्पामा परम पूज्य ताग्लुङ चेटुल रिन्पोछेज्यूबाट गत कार्तिक १३ गते देखि शुरु भएको च्याङतेर कुन्जाङ गोङपा संथालको वाङ मंसिर २ गतेका दिन विशेष दीर्घायु अभिषेकका साथ सुसम्पन्न भएको छ । सेर्लो गोन्पाका प्रमुख लामा श्रद्धेय पेमा थरछिन टुल्कु रिन्पोछे ज्यूलेआयोजन गर्नु भएको उक्त अभिषेका कार्यक्रममा ञिङमा सम्प्रदायका वर्तमान अध्यक्ष परम पूज्य ताग्लुङ चेटुल रिन्पोछे ज्यूबाट विशेष च्याङतेर कुन्जाङ गोङपा संथालको वाङ, लुङ(अभिषेक, आगम) प्रदान गर्नुका साथै च्याङतेर डुप्कोर नामसुमको अभिषेक, आर्यावलोकितेश्वर र गुरु पद्यसम्भवका मन्त्रको आगम (लुङ), च्याङतेर छेडुप च्याग्दोङमी छेवाङ ९दीर्घायु अभिषेक० प्रदान गर्नु भई अन्तमा रिन्पोछे ज्यूबाट मंसिर ३ देखि ७ गतेसम्म भिन्न गोन्पामा अध्ययन तथा अध्यापनरत २५ जनालाई भिक्षु ९गेलोङ० र ८४ जनालाई श्रामणेर ९गेछुल० को शील पनि प्रदान गर्नु भएको थियो । सोहि कार्यक्रममा बिभिन्न गोन्पाका भिक्षु, श्रामणेर, श्रामणेरी तथा गृहस्थीहरूको साथै बिभिन्न देशका विदेशीहरूको पनि सहभागिता रहेका थिए ।
अभिषेको कार्यक्रमको अन्तिम दिन रिन्पोछे ज्यूबाट– “यो च्याङतेर कुन्जाङ गोङपा संथालको वाङ ९अभिषेक० प्राप्त गरिसके पछि सबैले शुद्ध मनका साथ सक्नेहरुले छ्यक, यिग्य, मण्डल गर्नु पर्छ र नसक्नेहरुले पनि कम्तिमा पनि ७ देखि १२ लाखसम्म वज्र गुरु मन्त्र जप गर्न पर्छ, आफ्नो मन शुद्धहुनु भनेको नै शान्ति हो, मन शुद्ध रहेमा सर्वत्र सुख र शान्तिले परिपूर्ण हुनेछ, त्यसैले सर्वप्रथम आफ्नो मन शुद्ध हुनु अति आवश्यकता छ” भन्नु भएको थियो ।