यु के, 17 नोभेम्बर 2012 शनिबारको दिन राष्ट्रिय जनमुक्ति पार्टीको भातृ सङगठन बेलायतको द हिमालयन अर्गनाईजेशनको भेला अल्डरसटको भेटघाट रेस्टुरन्टमा सम्पन्न भएको छ । संगठन बिस्तारको क्रममा अल्डरसटको भेटघाट रेस्टुरन्टमा उक्त भेलाले (रशमुर बोरो) अल्डरसटमा तुलसी रानाको संयोजकत्वमा क्याप्टेन हरि बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरेको छ । सो संगठन द हिमालयन अर्गनाईजेशनको (Branch) शाखाको रुपमा रहने छ।
उक्त कार्यक्रमका बक्ताहरु सङ्गठनका सहसचिब पदम बहादुर गाहा र सल्लाहकार थर्क बहादुर रानाले बोल्ने क्रममा अहिले देशमा
भैरहेको राजनैतिक अन्यौलताको बारेमा प्रकाश परेका थिए l मुख्य अतिथी पुरन ध्वज गुरुङ्ले पार्टीको अवधारणा वा सिद्दान्तको बारेमा प्रकाश पार्दै राज्यमा जब सम्म जनमुक्ति पार्टीको सिद्दान्त अबलम्बन गरिदैन तब सम्म देशमा स्थायी शान्ति र दिगो बिकास हुन नसक्ने बताए । सो कार्यक्रम द हिमालयन अर्गनाइजेसनका अध्यक्ष भरत थापाको अध्यक्षतामा साथै संस्थाका उपाध्यक्ष प्रेम तामाङगको स्वागत र सचिब नारायण किशोर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
नव गठित अध्यक्षमा नेपाल मगर संघ काठमान्डौ जिल्ला समितिका पुर्ब अध्यक्ष क्या हरि बहादुर थापाले यस संस्थालाई ससक्त रुपमा लैजानुका साथै (रशमुर बोरो) अल्डरसटका सम्पुर्ण नेपालीहरुलाइ राष्ट्रिय जनमुक्ति पार्टीको सिद्दान्त अनुसार् जोडदारका साथ लैजाने प्रतिबद्दता जनाए ।
नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली यसप्रकार रहेको छ।
संयोजक – श्री तुलसी राना
१-अध्यक्ष – श्री क्या हरि बहादुर् थापा
२-उपाध्यक्ष – श्री यान्का बहादुर आले
३-सचिब – श्री दल बहादुर थापा
४-कोषाध्यक्ष- श्री नेत्र आले
मेडीया – श्री नेम बहादुर थापा
सदस्यहरु:-
१-श्री कुमान् सिङ आले
२-श्री गुप्त बहादुर आले
३-श्री यम बहादुर थापा
४-श्री जग बहादुर थापा
५-श्री दान बहादुर थापा
सल्लाहकारहरु:-
१-श्री होम बहादुर सुनुवार
२-श्री भबिस्वर राना
३-श्री जग बहादुर थापा
४-श्री बिष्णु बहादुर आले
K Thapa