गोरखाली समाज हंगकंगको देउसी भेलो कार्यक्रम

Read Time:1 Minute, 12 Second

हंगकंग, गोरखाली समाज हंगकंगले जोर्डन स्थित दाहोरी साझ रेष्टरेण्टमा तिहारको उपलक्ष्यमा देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजसेवी कृष्ण बहादुर थापा मगरको प्रमुख आतिथ्यमा उपाध्यक्ष काजी गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । अन्य अतिथिहरुमा क्या. भूपाल सिं थापा मगर, दिल माया गुरुङ रहेका थिए । अध्यक्ष इन बहादुर गुरुङ विशेष कारणबस आउन नसक्नु भएकोले शुभकामना सन्देश सुनाइएको थियो । कोषाध्यक्ष ओम राज गुरुङले स्वागत मन्तब्य दिएका थिए र कार्यक्रम सचिब भिम थापा मगरले सञ्चालन गरेका थिए । जिल्लाबासी तथा अन्य पाहुनाहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । दोहोरी लगायत नाच गानको साथमा देउसी भैलो पनि खेलिएको थियो l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %