धिरज राईको युरोप सांगीतिक यात्रामा नया रेकर्ड

Read Time:10 Minute, 52 Second

Kejin Rai

ब्रसेल्स बेल्जियम, १३ नोभेम्बर, यूरोप सांगीतिक यात्रा २०१२  मा निस्किएका चर्चित पप गायक धिरज राईले एक पछी अर्को गर्दै युरोपमा आफ्नो एकल कार्यक्रमहरु सफल बनाउदै आएका छन्  ।
यसै क्रममा उनी युरोपमा हालसम्मकै सबैभन्दा बढी एकल कार्यक्रम गर्ने गायक हुन पुगेका छन् । डेनमार्क र जर्मनीमा  मात्र कन्सर्ट गर्ने भनेर आएका धिरजको युरोपमा आएपछि भने ह्वात्तै डिमाण्ड बढ्यो  र उनको एकल कन्सर्टको संग्ख्या १६ वटा पुगेको छ जुन हालसम्मकै कुनै पनि नेपाली कलाकारहरूले यूरोपमा गरेको कन्सर्ट मध्य सबैभन्दा बढी हो  ।
कोपेनहेगन डेनमार्क , लिस्बोन पोर्चुगल ,आम्स्टरडाम तील  नेदरल्याण्ड, लुभेन, अन्तोरपेन  बेल्जियम , बार्सिलोना स्पेन , पेरिस  फ्रान्स , जेनेभा  स्विजरल्यानड , बोखुम ,फ्रान्कफर्ट,  म्युनिख, ब्रेमेन  जर्मनी अनि भियन्ना अस्ट्रिया ,ईटलीको रोम शहरहरुमा करिब दुइ महिनाको समयमा सो कन्सर्ट सम्पन्न हुदैछ  ।
¨मेरो यति धेरै फ्यानहरु युरोपमा रहेछन मलाई थाहा थिएन  ।।।।। आइ एम टोटल्ली सरप्राइजड ।।। उनले यस सम्बाददाता सग भने । मैले गीत गाउदा प्राय सबै गीतहरु फ्यानहरुले लाइन बाइ लाइन म संगसंगै गाए । उहाहरुलाई धेरैजसो गीतहरु कण्ठ रहेछ ।।। । नेपाली माइकल ज्याक्सनको उपाधि पाएका धिरजको स्टेज पर्फमेन्सको पनि दर्शकहरुले  पनि उत्तिकै रुचाए  वास्तबमा धिरज राई जत्तिको कार्यक्रम जमाउने नेपाली गायक युरोपमा मैले देखेको थिएन,  हिमालय फाउण्डेसन मुन्स्टार जर्मनीका अध्यक्ष तारा थापाले खुलेरै  प्रशंसा गरिन् ।
त्यसैगरी एन आर एन पोर्चुगलकी कार्यकारी सदस्य कला कोयुले पनि  बहु प्रतिभाशाली  कला बोकेको  बिरलै  ब्यक्तित्वहरूमा धिरज  भएको दावी गरिन । भने चन्द्रा राई जो धिरज् प्रतिको क्रेजलाई आत्मासाथ गर्दै ८ घण्टाको रेल यात्रा गर्दै कार्यक्रमको अन्त्यतिर धिरजको  गीत सुन्न आईपुगेकी थिईन्।  अर्का हल्याण्ड निवासी फ्यान् सृजना सुब्बाले धिरजको प्रस्तुतिलाई सदैब  नबिर्सने  बताईन् ।
पप संगितमा निक्कै लामो समय देखि लागिपरेका धिरजको सेन्जेन देशहरुमा यो पहिलो भ्रमण हो । यसै टुरको सिलशिलामा उनले यूरोपमा उनको नया एल्बमको एउटा गितको म्युजिक भिडिओ पनि सुटिंग गर्दैछन । जसमा उनले जर्मनीमा रहेका नेपाली कलाकारहरुलाई अभिनय गराउदै छन् ।
¨यूरोपमा पनि धेरै राम्रा राम्रा कलाकारहरु रहेछन एक्सपोजरको मात्र आबस्यकता छ ।¨ उनले अगाडी भने । धिरज स्टेजका महंगा गायक मानिन्छन । म पैसाको लागि गाउदिन तर मेरो कलाकारिताको मूल्य भने  अबस्य लिन्छु । यसपालीको टुरमा निकै राम्रै आम्दानी गरेको उनले बताए । तर त्यो भन्दा  बढी दर्शक र श्रोताहरुको माया कमाए । अझै पनि कार्यक्रमको लागि थुप्रै अफरहरु आइरहेको तर अरु देशहरुमा पहिलेनै सम्झौता भैसकेकोले अब भने यूरोपमा थप कन्सर्ट गर्न नभ्याउने उनले बताए । उनले भ्रमण गरेका देशहरुमा फ्रान्सको पेरिस र स्वीटजरल्याण्ड सबैभन्दा बढी मन परेको उनले बताए । ¨फ्रान्स अत्यन्त रोमान्टिक लाग्यो भने  स्वीटजरल्याण्ड  अत्यन्त प्राकृतिक सुन्दरताले परिपूर्ण लाग्यो, परन्तु  नेपाल जत्तिको  मौसम ,प्राकृतिक र सांस्कृतिक बिबिधताले  भरिएको देश भने संसारमै नदेखेको बताए ।
कस्तो लागिरहेको छ त रु भन्ने यस सम्बाददाता सगको कुराकानीमा पाश्चात्य गायन नेपाली बिधा उत्कृष्ट धरोहर  गायक धिरजको कथन थियो – मेरो टुर सफल भएकोमा म अत्यन्त खुसि छु, यूरोपमा रहनुभएका सबै दर्शक तथा स्रोतहरुले देखाउनु भएको मायाको लागि मुरी मुरी धन्यवाद दिन चाहन्छु ।¨

स्मरण रहोस धिरज पेशाले अंग्रेजी बिषयको लेक्चरर अनि ओभरसियर पनि हुन् । कलेज पढाउनु गाह्रो कि गाउनु रु कि नक्सा बनाउन रु भन्ने प्रश्नमा उनले हास्दै भने ।।।गित गाउन औधी सजिलो ।

 

 

ईयु प्रतिनिधि
ब्रसेल्स बेल्जियम, १३ नोभेम्बर ।

 

यूरोप सांगीतिक यात्रा २०१२  मा निस्किएका चर्चित पप गायक धिरज राईले एक पछी अर्को गर्दै युरोपमा आफ्नो एकल कार्यक्रमहरु सफल बनाउदै आएका छन्  ।
 

यसै क्रममा उनी युरोपमा हालसम्मकै सबैभन्दा बढी एकल कार्यक्रम गर्ने गायक हुन पुगेका छन् । डेनमार्क र जर्मनीमा  मात्र कन्सर्ट गर्ने भनेर आएका धिरजको युरोपमा आएपछि भने ह्वात्तै डिमाण्ड बढ्यो  र उनको एकल कन्सर्टको संग्ख्या १६ वटा पुगेको छ जुन हालसम्मकै कुनै पनि नेपाली कलाकारहरूले यूरोपमा गरेको कन्सर्ट मध्य सबैभन्दा बढी हो  ।
 कोपेनहेगन डेनमार्क , लिस्बोन पोर्चुगल ,आम्स्टरडाम तील  नेदरल्याण्ड, लुभेन, अन्तोरपेन  बेल्जियम , बार्सिलोना स्पेन , पेरिस  फ्रान्स , जेनेभा  स्विजरल्यानड , बोखुम ,फ्रान्कफर्ट,  म्युनिख, ब्रेमेन  जर्मनी अनि भियन्ना अस्ट्रिया ,ईटलीको रोम शहरहरुमा करिब दुइ महिनाको समयमा सो कन्सर्ट सम्पन्न हुदैछ  ।
¨मेरो यति धेरै फ्यानहरु युरोपमा रहेछन मलाई थाहा थिएन  ।।।।।आइ एम टोटल्ली सरप्राइजड।।।१¨ उनले यस सम्बाददाता सग भने । मैले गीत गाउदा प्राय सबै गीतहरु फ्यानहरुले लाइन बाइ लाइन म संगसंगै गाए । उहाहरुलाई धेरैजसो गीतहरु कण्ठ रहेछ ।।। । नेपाली माइकल ज्याक्सनको उपाधि पाएका धिरजको स्टेज पर्फमेन्सको पनि दर्शकहरुले  पनि उत्तिकै रुचाए  वास्तबमा धिरज राई जत्तिको कार्यक्रम जमाउने नेपाली गायक युरोपमा मैले देखेको थिएन,,, हिमालय फाउण्डेसन मुन्स्टार जर्मनीका अध्यक्ष तारा थापाले खुलेरै  प्रशंसा गरिन् ।
त्यसैगरी एन आर एन पोर्चुगलकी कार्यकारी सदस्य कला कोयुले पनि  बहु प्रतिभाशाली  कला बोकेको  बिरलै  ब्यक्तित्वहरूमा धिरज  भएको दावी गरिन । भने चन्द्रा राई जो धिरज् प्रतिको क्रेजलाई आत्मासाथ गर्दै ८ घण्टाको रेल यात्रा गर्दै कार्यक्रमको अन्त्यतिर धिरजको  गीत सुन्न आईपुगेकी थिईन्।  अर्का हल्याण्ड निवासी फ्यान् सृजना सुब्बाले धिरजको प्रस्तुतिलाई सदैब  नबिर्सने  बताईन् ।
पप संगितमा निक्कै लामो समय देखि लागिपरेका धिरजको सेन्जेन देशहरुमा यो पहिलो भ्रमण हो । यसै टुरको सिलशिलामा उनले यूरोपमा उनको नया एल्बमको एउटा गितको म्युजिक भिडिओ पनि सुटिंग गर्दैछन । जसमा उनले जर्मनीमा रहेका नेपाली कलाकारहरुलाई अभिनय गराउदै छन् ।
¨यूरोपमा पनि धेरै राम्रा राम्रा कलाकारहरु रहेछन एक्सपोजरको मात्र आबस्यकता छ ।¨ उनले अगाडी भने ।

धिरज स्टेजका महंगा गायक मानिन्छन । म पैसाको लागि गाउदिन तर मेरो कलाकारिताको मूल्य भने  अबस्य लिन्छु । यसपालीको टुरमा निकै राम्रै आम्दानी गरेको उनले बताए । तर त्यो भन्दा  बढी दर्शक र श्रोताहरुको माया कमाए । अझै पनि कार्यक्रमको लागि थुप्रै अफरहरु आइरहेको तर अरु देशहरुमा पहिलेनै सम्झौता भैसकेकोले अब भने यूरोपमा थप कन्सर्ट गर्न नभ्याउने उनले बताए ।

उनले भ्रमण गरेका देशहरुमा फ्रान्सको पेरिस र स्वीटजरल्याण्ड सबैभन्दा बढी मन परेको उनले बताए । ¨फ्रान्स अत्यन्त रोमान्टिक लाग्यो भने  स्वीटजरल्याण्ड  अत्यन्त प्राकृतिक सुन्दरताले परिपूर्ण लाग्यो, परन्तु  नेपाल जत्तिको  मौसम ,प्राकृतिक र सांस्कृतिक बिबिधताले  भरिएको देश भने संसारमै नदेखेको बताए ।
कस्तो लागिरहेको छ त रु भन्ने यस सम्बाददाता सगको कुराकानीमा   पाश्चात्य गायन नेपाली बिधा उत्कृष्ट धरोहर  गायक धिरजको कथन थियो ¨मेरो टुर सफल भएकोमा म अत्यन्त खुसि छु ।  यूरोपमा रहनुभएका सबै दर्शक तथा स्रोतहरुले देखाउनु भएको मायाको लागि मुरी मुरी धन्यवाद दिन चाहन्छु ।¨

स्मरण रहोस धिरज पेशाले अंग्रेजी बिषयको लेक्चरर अनि ओभरसियर पनि हुन् । कलेज पढाउनु गाह्रो कि गाउनु रु कि नक्सा बनाउन रु भन्ने प्रश्नमा उनले हास्दै भने ।।।गित गाउन औधी सजिलो  १

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %