मगर संघ हंगकंगको देउसी भैलो कार्यक्रम : तेत्तिस हजार डलर संकलन

Read Time:1 Minute, 12 Second

हंगकंग, मगर संघ हंगकंगको मंकीहिल पार्कमा आयोजना गरीएको देउसी भैलो कार्यक्रमबाट ३२३०० डलर संकलन भएको अध्यक्ष चन्द्र ज्योति आले मगरले बताइन । बिभिन्न परीकारका खानाको ब्यवस्थाको साथमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीएको थियो । मगर संघ हंगकंगका आजिवन सदस्यहरुलाई निशुल्क वि वि क्यूको ब्यवस्था गरीएको थियो ।
जापानमा सम्पन्न भएको ओलम्पिकमा नेपालबाट पहिलो सहभागी बक्शिङ खेलाडी क्या नामसिंग थापा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा महासचिब बोध विक्रम थापा मगरले सञ्चालन गरेका थिए । स्वागत मन्तब्य उपाध्यक्ष प्रेम थापा मगरले दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %