मगर संघ हंगकंगले दिपावलीको उपलक्ष्यमा निशुल्क वि वि क्यू ख्वाउने

Read Time:1 Minute, 27 Second

११ नोभेम्वर २०१२ का दिन दिपावलीको उपलक्ष्यमा मगर संघ हंगकंगले देउसी भैलो कार्यक्रम आयोजना गरी हंगकंगबसी  नेपालीहरुलाई निमन्त्रणा गरेको छ । मंकिहिलमा गरीने उक्त कार्यक्रममा मगर संघ हंगकंगको आजिवन सदस्य लिएका करीब २५० जना आजिबन सदस्यलाई निशुल्क वि वि क्यू ख्वाइने अध्यक्ष चन्द्र ज्योति आले मगरले बताइन । देउसी भैलो कार्यक्रम भएकोले देउसी दानबाट पनि रकम उठाउन सकिने र निशल्क वि वि क्यू दिएर आजिबन सदस्यलाई सम्मान पनि गरीएको महासचिब बोध बिक्रम थापा मगरले बताए । यसले गर्दा संघ र आजिबन सदस्य विच एक किसिमको पुर्नमिलन पनि हुने भएको यो देउसी भैलो कार्यक्रमको महत्व भिन्दै हुने महासचिबको भनाइ थियो । शुभ दिपावाली २०६९ सालको पावन अवसरमा देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली आदरणिय महानुभावहरुमा सुख समृद्धि दिर्धायु र उत्तरोत्तर प्रगतीको लागि मगर संघ हंगकंगको तर्फबाट हार्दिक शुभकामना छ भनेर अध्यक्ष आले मगरले ब्यक्त गरीन l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %