हंगकंगमा अग्रगामी विचार समूह गठन : संयोजकमा सम्बाहाम्फे

Read Time:3 Minute, 53 Second

रविन लिङदेन
हङकङ, नोभेम्बर ५, नेकपा एमालेमा जातिय पहिचान सहितको संघियताको विषयलाई लिएर असन्तुष्ट पक्षधरहरुले दुई साता अघि हंगकंगमा पनि नेकपा (एमाले) पार्टी परित्याग गरेको घोषण गरेका छन । एकसय एक्काइस जनाले नेकपा (एमाले) पार्टी परित्याग गरेको घोषण गरेका थिए । एमाले पार्टी परित्याग सदस्यहरुले आइतवार याक एण्ड येतीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि “अग्रगामी विचार समुह” गठन गरेको छ । गठन गरेको समूहमा १३ सदस्यीय सचिवालय सहित ५१ सदस्यीय समिति रहेको सचिवालय सदस्य किसन राईले जानकारी गराएका छन् ।

पार्टी परित्याग गरेको विषयमा नेकपा (एमाले) हङकङ कमिटिका अध्यक्ष भक्त गुरुङले “एमाले छोड्नु सैद्धान्तिक विचलनको उपज हो” भन्दै प्रेस विज्ञप्ती जारी गरेको थियो । एमाले पार्टी फुटाएको नभएर स्वफुर्त रुपले परित्याग गरि अग्रगामी विचार समुहमा प्रवेश गरेको हुनाले प्रेस विज्ञप्तीले अग्रगामी समुहलाई कुनै असर नपारेको सदस्य किसन राईले वताए । आफुहरुले एमालेलाई वहिस्कार नगरेको तर निति र सिद्घान्त फरक भएकोले पार्टी परित्याग गरेको राई वताउछन् ।अग्रगामी विचार समुहका संयोजक ओमराज सम्बाहाम्फेले ‘गत अक्टुवर २१ मा १२१ जनाले नेकपा (एमाले) पार्टी परित्याग गरेको समुहलाई तत्कालको लागि गोलबन्द गर्ने उदेश्यले अग्रगामी विचार समुह गठन गरेको वताएका छन । नेकपा (एमाले) हङकङ कमिटिका ३१ जना संगठित सदस्य, स्थानिय नेता, कार्यकर्ता तथा शुभ चिन्तक सहित १२१ जनाले पहिलो चरणमा पार्टी परित्याग गरेको र अझै पनि अन्य कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने क्रम वाकीनै रहेको’ वताए ।

‘गठन भएको समुहले असोक राईको नेतृत्वमा भएको अग्रगामी विचार समूहलाई नयाँ पार्टी वनाउनेमा सक्रिय रुपले सघाउ पु्याउने’ संयोजक सम्बाहाम्फेले वताए । सम्वाहाम्फे नेकपा (एमाले) हङकङ किमिटिका पुर्व अध्यक्ष हुन । राईको नेतृत्वमा रहेको अग्रगामी विचार समुहले यहि मंसिरको पहिलो साता सम्ममा छुट्टै नयाँ पार्टी खोल्ने तयारी गरेको छ । नयाँ पार्टीको नाम “संघिय समाजवादी पार्टी” रहने प्रस्ताव वाहिर आएकोछ । एमाले, काग्रेस, अन्यदलहरु त्याग्ने, वुद्घिजीवीहरुको संलग्नता उक्त पार्टीमा रहेने छन् । पार्टीमा जातिय पहिचान सहितको संघिय चाहाने सवै जात–जातिहरु एकजुट हुने बताएका छन् ।

अग्रगामी विचार समूहका १३ सदस्यीय सचिवालय सदस्यको नामावली

संयोजक– ओमराज सम्बाहाम्फे
सदस्य– किसन राई, हेजेन राई, एमबी थापा मगर, इन्द्र वनेम, कर्ण गुरुङ, नरहाङ राई, इन्द्रसिं राई, मायादेवी राई, विष्णु पाख्रिन, हाङयग लिम्बु, ‘अज्ञात’ प्रदिप किरावा, मनिराज लिम्बु

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %