हंगकंग, याउ मा तेइ कम्यूनिटि सेन्टर हलमा आदिवासी जनजाति पत्रकार महासंघ हंगकंगले अर्न्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “एकल जातिय पहिचान सहितको संघीयता” विषयक अर्न्र्तरक्रिया कार्यक्रममा सहभागीहरुले जातिय पहिचान सहितको संघीयता अपरिहार्य भएको बताए ।
एकल जातिय भन्दा बाहुनबादीहरुले अपब्याख्या गरी भ्रम सृजना गरेकोले एकल नभनी जातिय पहिचान भन्नु पर्ने कुरामा पनि जोड दिए । आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगर, आदिवासी जनजाति संघर्ष सहयोग समितिका संयोजक भक्त दुरा, संघर्ष सहयोग समितिका सचिब तथा नेपाल पत्रकार संघका अध्यक्ष किसन राई, एमाले परीत्याग गरी हंगकंगमा जन्मिएको अग्रगामी विचार समूहका संयोजक ओमराज साम्वाहाम्फे, सुनुवार समाजका अध्यक्ष नरेश सुनुवार, मगर संघ हंगकंगका सचिब सुमन थापा मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लिम्बु, किरात राई यायोख्खाका अध्यक्ष सशीमदन राई, तमाङ धेदुङका अध्यक्ष दुर्गा तमाङ, लिम्वुवान राष्ट्रिय मोर्चाका अध्यक्ष दिल पालुङवा, लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाका का. वा.अध्यक्ष चन्द्र राज लिम्वु, ऐनेकपा माओबादीका सचिब जस बहादुर ओख्राबु, गेसोका केन्द्रिय सदस्य मणि किरात बान्तवा, बृटिस गोर्खा भू पु सैनिक संघका उपाध्यक्ष नरहाङ राई र आदिवासी जनजाति युवा संघका सचिब तिलक सोमै मगर कार्यक्रममा सहभागी भएका थिए । चर्का चर्की बहसमा अन्य महानुभावहरुलाई पनि बोल्न दिइएको थियो । जातिय पहिचानको लागि सहभागीहरु सवैले पहिचान सहितको संघीयता चाहिन्छ भन्दै एउटै धारण राखे ।
आदिवासी जनजाति पत्रकार महासंघ हंगकंगका अध्यक्ष भूपेन्द्र चेम्जोङको अध्यक्षतमा सचिब अधिराज राईले औपचारीक कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष नेत्र पहराई मगरले स्वागत मन्तब्य दिएका थिए । सदस्य भीम थापा मगरले अर्न्र्तरक्रिया कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम सौहार्दपूर्ण बातावरणमा रोचक ढंगले सम्पन्न भएको थियो । आदिवासी जनजाति पत्रकार महासंघ हंगकंगले राम्रो कामको शुरुवात गरेको भन्दै आगामि दिनमा पनि यस्तो कार्यक्रम आयोजना गर्नु पर्ने सहभागीहरुले बताए ।