कार्तिक महिनामा परेको दसमी तिथी, भारतको प्राचिन शासक मौर्य सम्राट अशोकले आस्त्र परित्याग गरेको दिन । इशा पूर्व २५६ मा अशोक महाराजलाई युद्ध देखि घिर्णा लागेर सम्पुर्ण शास्त्र युद्ध त्याग्नु भयो र आफूले आफैलाई धर्म युद्धमा जित्नु भयो त्यहि दिनलाई बिजया प्राप्ती मानेर खुशियाली मानेको दिन बिजय दशमी । यसै दिनबाट सम्राट अशोक बौद्ध धर्ममा प्रबेस गरि भगवान बुद्धको अनुयायी बन्नु भो । बुद्ध धर्ममा प्रबेस गरे पछि सम्राट असोकाले बिगतमा आफुले गरेको पापको प्रयस्चित गर्दै बुद्ध धर्मलाई बिस्व भर फैलाउन सन्सारको बिभिन्न भागहरुमा करिव ८० हजार बौद्ध स्तुपाहरु निर्मान गर्न लागाए ।
लिछ्चबिकालमा बौद्धहरुले धुमधाम संग मानौने यो पर्व राणाकालमा पुर्ण रुपमा बन्देज लगाउदै भिक्षुहरुलाई देश निकाला समेत गरेका थिए। त्यसै बेला बाट बौद्ध धर्मवलम्वीहरुले गोप्य रुपमा मनाउदै आएको यो आस्त्र परित्यागको दिनको सम्झनामा थेरबाद बौद्ध महा संघ र बौद्ध घ्याङ गुठिको संयुक्त आयोजनामा बिहान ठिक आठ बजेबाट बौद्ध स्तुपा परिसरमा बिभिन्न कार्यक्रमहरु गरि बिजय दशमी मनाउदै छ । दान-पुण्य गरेर धर्म उपदेश सुन्ने मान्यजनबाट अशिर्बाद थाप्ने, वास्तबिक बिजय प्राप्ती त आफूले आफूलाई जितेको दिन मात्र प्राप्त हुन्छ हामी भित्र रहेका रिस, राग, द्रेष, मोह,क्रोधलाई हामी स्वयंले जित्न सकिउ भने मात्र वास्तबिक बिजय प्राप्ती हुन्छ त्यहि सहि जित हो । अरुलाई हत्या, हिंसा गरेर कहीले बिजय प्राप्ती हुदैन भन्ने मान्याता र बिस्वासको साथ यो पर्व मनाउदै आएको हो ।
तर त्यसको ठिक बिपरित हिन्दुहरुले बिजय दशमीको एक दिन अघाडी नवमीको दिन आस्त्रहरुलाई पुजा गरेर लाखौ निर्दोश पशुहारुको बध गरि रगतको बलि दिएर हातहतियार र आस्त्रहरुलाई हिंसको लागी सधै तयारी अवस्थमा रहेको बोध हुन्छ।
छिरिङ तेन्जिङ शेर्पा