नेपाल बौद्ध महासंघको छैटौं वार्षिक साधारण सभा सम्पन्न

Read Time:3 Minute, 21 Second

काठमाण्डौं, कार्तिक ४ – नेपाल बौद्ध महासंघको आ. व. ०६८–६९ को छैटौं वार्षिक साधारण सभा बौद्ध तीनचुली स्थित बौद्ध गाडेन भान्साघर, भूवलडाँडामा टुल्कु लोब्साङ नाम्गेल रिन्पोछे ज्यूको प्रमुख अतिथित्यमा सुसम्पन्न भएको यियो । बिहान ९:०० बजे शुरु भएको उक्त साधारण सभा कार्यक्रममा महासंघका महासचिव आचार्य कर्मा साङबो ज्यूबाट वार्षिक प्रगति विवरणको साथै आगामी दिनहरूमा गर्नु पर्ने मुख्य कार्यहरू र केहि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष आचार्य नुर्बु शेर्पाबाट आ. व. ०६८–६९ को आय व्यय सुनाउनु भएको थियो । शुभ कामना मतव्यको क्रममा अदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा निवर्तमान सभाषद् श्री पासाङ शेर्पाले आफ्नो विचार राख्नु हुन्दै “हाम्रो देशका राजनैतिक नेताहरू शान्ति भन्न आउछ तर जो शान्तिको मार्गमा हिड्दै छ l त्यसलाई सम्मान गर्न आउदैन, त्यसैले यदि शान्ति भन्न आउछ भने शान्तिको मार्गमा हिड्ने बौद्धमार्गीहरूलाई सम्मान गर्नु जान्नु पर्दछ ।” अदिवासी महिला महासंघ अध्यक्ष तथा नेपाल बौद्ध महासंघका सल्लाहकार ङिमी शेर्पाले बोल्नु हुंदै “ जब हामीले हिंसा नगरे तापनि हामीमाथि हिंसा गर्छ भने हामी चुप लागेर बस्नु हुन्दैन भन्नु भएको थियो । लुम्बिनी विश्वविद्यालयका उपकुलपति त्रिरात्न मान्नधारले शुभ कामना मन्तव्य क्रममा “लुम्बिनी विश्वविद्यालयले महायान बौद्ध अध्ययनको विषयमा नेपाल बौद्ध महासंघसँग मिलेर अघि बढ्ने र परम्परागत बौद्ध शिक्षालाई ध्यानमा राख्दै विश्वले स्वीकार गर्ने पाठ्यक्रम राख्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो”। कार्यक्रममा निवर्तमान सभाषद् श्री जिप छिरिङ शेर्पा, लुम्विनी विश्वविद्यालयका उपकुलपति, त्रिरत्न मन्नदार, अखिल भिक्षु महासंघका महासचिव भिक्षु कौन्डणीय, चार सम्प्रदायका प्रतिनिधिहरू, अदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा निवर्तमान सभाषद् श्री पासाङ शेर्पा, अदिवासी महिला महासंघका अध्यक्ष ङिमी शेर्पा, डब्लु डब्लु एफका निर्देशक डा।घनश्याम गुरुङ तथा विभिन्न गोन्पाका तथा संघ संस्थाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %