सोरठी नाच र यवा पुस्ता

Read Time:6 Minute, 36 Second

म्याग्दी, मगर जातिमा पाईने सोरठी-पूख्र्यौली अथवा ख्याली नाच धौलागिरीको म्याग्दी, पर्वत र बाग्लुङमा अझै पनि नाचिने गरिन्छ । यसरी नाँच्नको कारण यस नाच भित्र मगरको संस्कृति झल्केको छ । शुरुमा दरदेउतालाई सम्झेर आफ्नो तथा साथीहरुको सबैको शरीर बाँध्ने अर्थात स्याँखी पूर्णे गरि सोरठी-पूख्र्यौली अथवा ख्याली गीत शुरु गरिन्छ । सोरठी अध्ययनको लागि पुन समाज युकेले आफ्नो गाउँ ठाउँको सोरठी अध्ययन सम्पन्न गर्न आर्थिक संकलन पनि गरेको छ ।

प्रतिभा गर्बुजा (पाईजा) ले आफ्नो एमफिलको अध्ययनमा धौलागिरीको सोरठी छनोट गरि म्याग्दी जिल्लाको घार गाविस अन्तर्गत खिबाङ र चिमखोला गाविसमा प्रथम चरणको अध्ययन कार्य सम्पन्न गरि फर्केका छन् । यो नाच दुःख र सुखमा लगाउने गरिन्छ । विवाहा गर्दा चिमखोलामा धेरै खर्च भयो भनेर ३/४ वर्ष छोडेको पनि रहेछन् । तर त्यही छाडेकै कारणले गर्दा यो नाच हाम्रो पो रहेछ यसलाई छाड्न नहुने रहेछ भनेर फेरि शुरु गरेका पनि रहेछन् । खिवाङमा अहिलेका मादले रनबहादुर गर्बुजा लाहुरबाट फर्कदा यो लोप भएको अवस्था थियो तर वहाँ र वहाँका साथीहरुको पहलमा यस नाचलाई फेरि पुर्नजागरण गरेका रहेछन् । वहाँहरुकै पहल र युकेमा बसोबास गरिरहेका खिवाङबासीहरुको सहयोगमा खिवाङमा यो नाचको प्रतियोगिता आयोजना भएको पनि तीन वर्ष पुगिसकेको रहेछ । जसको कारणले गर्दा त्यस भेग वरिपरिका गाउँका युवाहरु सोरठी सिकेर भाग लिएका पनि छन् । सो प्रतियोगितामा विभिन्न विद्यामा पुरस्कृत पनि गरिन्छ । जसको कारणले पहिलो वर्ष भन्दा दोश्रो वर्ष सोरठी अझ राम्रो भईरहेको महसुस घार गाउँका ४ नं. वडा अध्यक्ष सुनबहादुर गर्बुजाको धारणा रहेको छ ।

पर्यटकीय क्षेत्र खिवाङ र त्यहाँको रहनसहन

म्याग्दीको प्रख्यात पुनहिल नजिक रहेको खिवाङ गाउँ अर्को एक पर्यटकीय स्थल हो । होमस्टेको व्यवस्था गरिरहेका देवी पुर्जा (फगामी) यस व्यवसायदेखि सन्तुष्ट छन् । घरखेत गरेर भए पनि होमस्टे व्यवसाय गर्न सकिने धारणा राख्दछन् । अहिले लगाएको ३० हजार चियाको बोटकै कारण र अबको ५ वर्षमा खिवाङ चिया उत्पादन शुरु पनि हुने छ भने त्यहाँको मुलपानी भन्ने ठाउँमा चिया लगाउने योजना पनि शुरु गरि काम भईरहेको जानकारी गंगा बुदुजा गराउँछन् ।

आफ्नै बारीमा गोलभेंडा, गोभी, मुला, खुर्सानी लगाएर विक्री वितरण गरिरहेका मनबहादुर तिलिजा पनि यसप्रकारको व्यवसायिक खेतीबाट सन्तुष्ट छन् र भविष्यमा अझ बढी तरकारी लगाउने टनेल राख्दै अझ उत्पादन गर्ने ईच्छा जाहेर गर्दछन् । गाउँ सानो छ तर मिलनसार व्यक्तिहरु बसोबास गर्दछन् । तपाईलाई हँसिलो मुहारले स्वागत गर्दछन् । गाउँलाई प्लाष्टिक रहित बनाउनको लागि सबैको घरघरमा बोरा झुण्डाएर संकलन गरिएको पाईन्छ । यस गाउँदेखि धौलागिरी, निलगिरी र अन्नपूर्ण हिमाल हाँसेको देख्न सकिन्छ ।

पुन समुदायभित्रका गर्बुजा, पुर्जा, बुदुजाको बसोबास त्यहाँ रहेछ । कक्षा आठ सम्मको पढाई यही गाउँमा हुने रहेछ भने त्यसपश्चात विद्यार्थीहरु घार गाउँ र शिख गाउँ गएर अध्ययन गर्ने रहेछन् । २०१३ सालमा सुब्दार कर्णे गर्बुजाको पहलमा त्यहीको पाखामा पढाउने कार्य शुरु भएको स्कुलले अहिले कम्प्यूटर, ईन्टरनेटको युगसम्म पुगेको छ । यही स्कुलका प्रथम ब्याजका विद्यार्थी रविन्द्र पुन अहिले क्याप्टन पदमा रिटायर्ट भएका रहेछन् भने उनले ईण्डियन आर्मीमा रहँदा ईएमई अध्ययन पुरा गरि अटोमोबाइल ईन्जिनियर अध्ययन पुरा गरेका छन् । यसरी ईण्डियन आर्मीमा रहेर अध्ययन गर्नुको श्रेय उनी खिवाङ गाउँमा रहेको त्यही स्कुलको कारणलाई मान्दछन् । यसै गरि यही स्कुलमा अध्ययन गरि आफ्नो अध्ययनको शुरुवात गरेका रत्नबहादुर पुन हाल ब्रिटिश आर्मीका उच्च पद मेजर बनेका छन् । उनको अध्ययन पनि निरन्तर भई उनले टेलिकम्यूनिकेसन एण्ड सिस्टम ईन्जिनियर विषय लिएर बिएससी अनर्स गरिसकेका छन् । यसो हुनुमा उनी पनि यही स्कुलमा कक्षा ४ सम्म अध्ययन सोही अनुरुप आफ्नो अध्ययनलाई निरन्तरता दिएकै कारण हो भन्ने सोचाई पालेर हाल स्कुलमा वहाँकै पहलमा धेरै सहयोग गरिरहेका छन् सो सहयोगको नमूना खिवाङ स्कुलमा पुग्दा पाउन सकिन्छ । उनले एक्लैले गाउँबाट राखिएको शिक्षकको तलब लगभग ४० हजार वर्षेनी दिने गरेका छन् । साथै उनले आमा समूह र पूख्र्यौली समुहलाई पनि सहयोग गरिआईरहेका रहेछन् । यस गाउँका मेजर टेकबहादुर बुदुजाले घोरेपानी माथि रहेको पर्यटकीय स्थल पुनहिल खोज गरेका थिए जहाँ अहिले दिनदिनै पर्यटकहरुको थुप्रो आउने गर्दछ ।

मेजन पुन मगर
म्याग्दीबाट फर्केपश्चात

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %