लिगलिगे दौडमा तामाङलाई सफलता

Read Time:1 Minute, 50 Second

ऐतिहासिक तथा पर्यटकीय स्थल गोरखाको लिगलिगकोटमा ३ कार्तिकमा भएको लिगलिगे दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका समीर तामाङ्ले जितेका छन् । प्रतियोगितामा सहभागी ७५ जनालाई पछि पार्दै रामेछापका तामाङले चेपेघाटबाट पालुङटार हुदै लिगलिगकोट सम्मको कुल १३।५ किलोमिटर दुरी ५८ मिनेट ५८ सेकेण्डमा पार गरे । त्यस्तै दोस्रो र तेस्रो पनि त्रिभुवन आर्मी क्लबकै कल्याण बानिया र होमलाल श्रेष्ठ भएका छन् ।

महिला तर्फको प्रतियोगितामा गिता खत्री पहिलो, रिना कपाली दोस्रो र ङाङ्दी शेर्पा तेस्रो भएका छन् । सात किलोमिटर मात्र दौड भएको बृद्धातर्फ भने धर्म महर्जन पहिलो र महेन्द्र महर्जन दोस्रो भए । महिला तर्फ ६ जना र  बृद्धा तर्फ १९ जना  सहभागि थिए ।  प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, बरिष्ठ धावक बैकुण्ठ मानन्धर लगायतको सहभागिता थियो ।

वि.सं. १६०० साल अघि हरेक दशैंमा घले राजा छनौट गर्ने ऐतिहासिक परम्पराको सम्झाना गर्दै पर्यटन प्रर्वद्धनका उद्देश्यले लिगलिग विकास अभियान र कन्सेप्ट नेपालको संयुक्त आयोजनामा विगत तीन बर्षदेखि लिगलिगे दौड प्रतियोगिता हुँदै आएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %