मगर संघ हंगकंगले आयोजना गरेको २१ अक्टोबरमा सम्पन्न हुने अरुण स्मृति सांझ तेस्रो सफल पार्न नेपालबाट कलाकारहरु हंगकंग आइपुगेका छन l कलाकारलाई स्वागत गर्न संघका पदाधिकारीहरु विमानस्थल पुगेका थिए l युन लुंग थेटर हलमा आयोजना गरिएको कार्यक्रमको टिकट बिक्रि भैसकेकोले बजारमा टिकट पाउन पनि गार्हो भएको अध्यक्ष चन्द्र ज्योति आले मगरले बताईंन l संघले नेपालबाट ६ जना कलाकार ल्याएर स्थानिय कलाकारको पनि सहभागिता गराई कार्यक्रम गर्दैछ l