राष्ट्रपति डा. रामबरण यादवले राजनीतिक सहमतिको कायम गरि राजनीतिक र कानुनी संकट समाधान छिट्टो निकाल्न दलहरुलाई दबाब दिइरहेका बेला प्रतिपक्ष दुई ठूला दल भने सत्तारुढ माओवादीसंग बार्तामा नबस्ने निर्णय गरेका छन् l सहमतिको लागि राजनीतिक बातावरण तयार गर्नु पर्नेमा उनीहरुको यस्तो निर्णयले राजनीति दुई धुव तिर मोडिन पुगेको छ । यसबाट गतिरोध सल्टिने भन्दा थप बढने संकेत गरेको छ ।
बुधवार कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बसेर बर्तमान सरकार रहे सम्म सहमति कायम हुन नसक्ने समेत निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले नेकपा माओवादीसंग बार्ताको औचित्य सकिएको जनाएका छन् । माओवादी सहमतिको लागि तयार नभएको भन्दै उनीहरुले बार्तामा नवस्ने निर्णय गरेका हुन् । यस अगाडि पनि नेपाली कांग्रेस र एमालेले माओवादीसंग बार्ताको औचित्य नभएका जनाउदै बार्ता नगर्ने बताए पनि बार्ता र छलफल लाई भने निरन्तरता दिदै आएका थिए । बैठक पछि एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले माओवादी सहमतिको लागि तयार नभएकाले वार्ताको औचित्य सकिएको बताए ।
नेपालीहरुको ठूलो पर्व दशैको मुखैमा राजनीतिक दलहरुले गतिरोध हटाएर जनतामा नयाँ खुसीको खबर सञ्चार गर्लान कि भन्ने जनताको आशामा माथि निरासा थपेका छन् । उनीहरुले दशै तिहार पछि सरकार विरुद्ध शसक्त आन्दोलन अगाडि बढाउन चार सदस्यीय आन्दोलन तयारी समितिको समेत गठन गरेका छन् । माओवादी सत्ता छोड्न तयार नहुनु र प्रतिपक्ष दलहरु सहमतिको सरकार गठन पछि मात्रै राजनीतिक सहमतिमा निकास निकाल्ने अडानमा कायम रहदा मुलुकको राजनीति अनिश्चित र जटिल बन्दै गएको छ ।
(राज्यसत्ता नेपाल व्युरो )