हुन त प्रायस्जसो विश्वका मानव आदिसमय देखि विभिन्न बहानामा देशान्तर भएको देखिन्छ तापनि दोस्रो विश्वयुद्धमा त विभिन्न देशका सेनाहरु दोस्रो विश्वयुद्धको क्रममा विभिन्न देशमा पुगी युद्ध गरेको र युद्ध समाप्तिपश्चात कोहि कोहि त जहाँ आफू युद्धरत थिए ती ती देशहरुमा नै बसोबास गरेको देखिन्छ । दोस्रो विश्वयुद्धपश्चात विभिन्न बहानामा वा बाध्यतामा विभिन्न देशका वासिन्दाहरु देशान्तर भएको तथ्य हामीसामु अध्यावधि ताजै छ । आजकल भने अर्थ उपार्जनको लागि यात अध्ययनको लागि विदेशिनेहरुको संख्यामा कमी छैन ।
दोस्रो विश्वयुद्धताका नेपालीहरु पनि ब्रिटिश सेनामा भर्तिभई विभिन्न देशमा गई आफ्नो वीरता देखाएर विश्वभर वीर गोर्खालीको रुपमा नाम कमाएर प्रख्यात भएको त छदैंछ तापनि ती विदेशिएका नेपाली गोर्खालीहरु सबै स्वदेश नेपाल भने फर्किन सकेको थिएन । प्रायस् धेरैजसो वीर गोर्खाली सेनाहरु जहाँ जहाँ युद्धरत थिए, त्यहीं त्यहीं नै युद्धको समाप्ति संगसंगै ती ती देशहरुमा नै बसोवास गर्न विवश भएका थिए भने थोरै मात्रामा स्वेच्छाले ती देशमा बसोवास गरेको देखिन्छ । जस्तै हंगकंग सिंगापुर, मकाऊ तथा बर्मा आदि देशहरुमा दोस्रो विश्वयुद्धपश्चात हाम्रा वीर गोर्खालीहरु बसोबास गर्दै आइरहेको कुरा निर्विवाद छ । जेजस्तो भए तापनि यहाँ उल्लेख गर्न खोजिएको केवल बौद्ध मित्रराष्ट्र थाईल्याण्डको हो । अतस् यहाँ तीन थरिका नेपालीहरु बसोवास गर्दछन ।
१. दोस्रो विश्वयुद्ध पश्चात यहीं बास गरेकाहरु,
२. नेपालबाट सीधै यहाँ आई बसोबास गरेकाहरु, र
३. बर्माबाट थाईल्याण्ड प्रवेश गरी बसोवास गरेकाहरु
दोस्रो विश्वयुद्धपश्चात सीधै थाईल्याण्डमा बसोवास गरेकाहरु थाईल्याण्डको कन्चन्बुरी जिल्लाको पिलोके गाउँमा भेट्न सकिन्छ । जहाँ नेपालीहरुको सानो गाउँ नै बनिसकेको छ । यिनीहरुलाई त्यहाँको गाउँको नाम “पिलोके” बाट चिनिन्छ भने यिनीहरुको पहिलो पुस्ता दोस्रो विश्वयुद्धपश्चात सीधै बर्माबाट यस ठाउँमा आएको देखिन्छ । आजकालका नयाँ पुस्ताहरु भने आफुहरुलाई बर्मेली-नेपाली भनेर आफ्ना पहिचान बनाउनु वा चिनाउनु भन्दा पनि “पिलोके” भनेर चिनाउन रुचाउँछन् । सायद यिनीहरु थाईल्याण्डमा नै जन्मी हुर्की थाई नागरिकता साथमा भएको हुनाले पनि हुनसक्छ आफ्नो पहिचान “पिलोके” भनेर वा थाई-नेपाली वा नेपाली-थाई भनेर चिनाउन मन पराउँनु । जे जसो भएपनि यिनीहरुकोबारे केही नौलो कुरा पाएमा कुनै दिन लेख्ने छु ।
नेपालबाट सीधै थाईल्याण्ड आइ बसेकाहरु चाहिं आफ्नो अध्ययन तथा व्यापारको लागि आएकाहरु देखिन्छन । त्यसमध्ये बौद्ध दर्शन तथा विभिन्न संकायमा भर्ना भई अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरुलाई भेट्न सकिन्छ यहाँ । होटल अनि टेलर खोलेर आफ्नो व्यवसाय गरीरहेका नेपालीहरुका साथै अन्य पेशा अंगालीरहेका नेपालीहरु पनि छन् यहाँ ।
दोस्रो विश्वयुद्धपश्चत वीर नेपाली गोर्खालीहरु बर्मामा पनि पुगे र युद्धपश्चात कसैको स्वदेश फर्किने मनसाय थियो त कसैको थिएन र बाध्यतावश पनि त्यही देशमा नै बस्नु परेको थियो किनकि युद्ध समाप्तिको घोषणा सँगसँगै साधन र स्रोतको अभावमा ती देशमा नै बस्नु बाहेक अन्य विकल्प ती सेनाहरूमा थिएन । अतस् बर्मामा नै बसोवास गरेका नेपाली गोर्खालीहरुको सानो नेपाली गाउँ “मुगु, मिचिना, म्ये म्येऊ तथा ताऊँजी” मा नेपालीहरुको बाहुल्यता रहेको कुरा बर्माबाट आएका नेपालीहरुले बताउने गर्दछन । प्रायस्जसो धेरै नेपालीहरुको आफ्नै हिरामोतिको खानी रहेको र त्यसबाट हिरामोती केलाएर व्यापार व्यवसाय गर्ने गरेको थियो भने कोहि कोहि खेतीपाती, सरकारी तथा साधारण नोकरी काम गर्ने गरेको देखियो । नोकरी गर्दा पनि अपुग हुनेहरु धेरैजसो पुनस् विदेशीए । प्रायस्जसो धेरै बर्मेली नेपालीहरु अर्थ उपार्जनको लागि कामको खोजीमा सीधै छिमेकि बौद्ध मित्रराष्ट्र थाईल्याण्ड भित्रिए । बर्मामा सैनिक शासन लागू भएपश्चात भने आफ्नो हिरामोतिको खानी तथा व्यापार व्यवसाय भएकाहरु पनि बाध्य भई थाईल्याण्ड पलायन भए साथै यसको ओइरो नै लाग्न थाल्यो । कोहि कोहि त शरणार्थीको रुपमा थाईल्याण्डमा बसोवास गर्न थाले । जे जसो भए तापनि नेपालीहरु आजकल थाईल्याण्डका विभिन्न शहर तथा क्षेत्रमा संगठित भएर व्यस्थित जिन्दगी बिताई रहेको देख्न र भेट्न सकिन्छ ।
बर्माबाट आएका नेपालीहरु यहाँ बर्मेली नेपालीबाट परिचित छन् । यिनीहरु थाईल्याण्डको विभिन्न शहर तथा क्षेत्रमा जस्तै द्यबलनपयप पुकेट, चियाँग्माइ, इत्यादि शहरहरुमा छरिएर आफ्नो व्यवसाय गरेर बसिरहेका छन् भने पुकेट र द्यबलनपयप मा यिनीहरुले बौद्ध तथा हिन्दु मन्दिर बनाएका छन् आपसी सद्भाव साटासाट गर्न, जसलाई तिनीहरुले “सत्संगत भेला” भन्ने गरिन्छ ।
हाल यिनीहरुले “नेपालथाई समाज” नामको संस्था गठन गरेर अझ संगठित हुँदैछ भने “गरीब निवारण” नामको नयाँ संगठन पनि गठन गरेको छ जसको उद्देश्य बर्मामा रहेका गरीब नेपालीहरुलाई सहयोग गर्नु रहेको छ । हालसालै “थाई-नेपाली युवा जागृति संघ” को स्थापना गरेको छ । जसको उद्देश्य थाईल्याण्डमा रहेका नेपाली युवाहरुलाई सङ्गठित गरि शक्ति संचय गर्नु रहेको छ । नेपाली संघको स्थापना पछि सबै नेपालीहरु बीच सुमधुर सम्बन्ध अझ प्रगाढ़ हुँदै गएको छ । यिनीहरु बौद्ध राष्ट्रमा जन्मेर हुर्किएको हुनाले पनि यी बर्मेली नेपालीहरुमा धेरैजसो बौद्ध स्वभाव तथा रहनसहन देख्न सकिन्छ जसले गर्दा जातीय भावना गौण भई “हामी नेपाली” भन्ने भावनाले ओतप्रोत भएको देखिन्छ । विभिन्न जातजातका नेपालीहरु एकापसमा मिलेर बसेका छन यहाँ । उनिहरुमा छूत-अछूत वा जातीय भावना भनेको लेशमात्र पनि पाइन्न । सबै एकजूट भई एकापसमा मिलेर सहयोगका साथ बसेको देख्न सकिन्छ । जसले गर्दा नेपालमा प्रचलित चारवर्ण छत्तीस जातको सांचैको फूलबारीको प्रतिनिधित्व उनिहरुले गरेको देख्न सकिन्छ । हुन त उनिहरु बर्मेली नागरिक हुनुका साथै छैठौं वा सातौँ पुस्ताका हुन् । उनीहरु नेपाली भाषाभन्दा पनि बर्मेली भाषा, संस्कृति, धर्म, चाडपर्व तथा बर्मेली रहनसहन इत्यादिमा अत्यन्तै पोख्त छन् साथै नेपाली चाडपर्वमा पनि हुरुक्कै हुन्छन । जब कि “नेपाल” नाउँको देश छ भन्ने मात्र सुनेका यी प्रवासी नेपालीहरुले नेपालको रहन सहन, भेषभूषा, कला, संस्कृति, नृत्य, तथा गीतसंगीत सुन्न र नेपाली भाषा सकेसम्म सिक्न र बोल्न रुचाउछन् । जुन देख्दा हामी नेपालदेखि आएका प्रायस्जसो अचम्मित हुने गर्दछौं तसर्थ हामी नेपालका नेपालीहरुले पनि यिनीहरुबाट राष्ट्रिय भावना तथा हामी सबै नेपाल आमाका सपूत नेपाली हौँ र एउतै फूलबारीका फूल हौँ भन्ने भावना जगाउन यिनीहरुबाट केहि सिक्ने हो कि रुरुरु अन्तमा यस राष्ट्रिय भावना जगाउने नेपाली गीतको दुई लाइन सबै नेपालीहरुप्रति सद्भावनाका साथ अर्पण !!!
“जसो गर जे भन
जतासुकै लै जाउ मलाई
यो मन त मेरो
नेपाली हो ।।।”
– Bhikkshu Pmurti