बिश्वको राजधानी मानिने न्युयोर्क शहरमा गायक सुमन बुढामगरले सुमन इन्टरटेन्टमेन्ट एल एलसीको योजनामा सुमन सुमधुर साँझ सम्पन्न गरेका छन । बहुचर्चित गायक सुमन बुढाले अमेरिकाको ब्यस्त शहरमा बसेर पनि एकै पटक ४ वटा गीति अल्बम बजारमा ल्यायर बिश्व किर्तिमान कायम गरेका छन । हल सम्म बिश्वको कुनै पनि गायकले एकै पटक ४ वटा गीति अल्बम बजारमा नल्याएकोले गायक सुमन बुढाले बिश्व किर्तिमान कायम गर्न सफल भएका छन । गीति अल्बम न्यु योर्कको सिटि कंटोलर जोन सी लिउले परदेशको कोसेली, नेपाली संगीतको दरोहर संगीतकार तथा गायक अम्बर गुरुंगले संगीत नामक, बिश्व प्रख्यात गायक माइकल ज्याक्सनको सकेत भतिजी टान्य ज्याक्सनले हिट्स अफ सुमन, नसियका निबर्तमान अध्यक्ष राजा घलेले कौरा, सालैजो र नेपाल अमेरिका पत्रकार संघको अध्यक्ष आंग छिरिंग शेर्पाले बिमोचन गरेका थिए । कार्यक्रममा अमेरिकाको बिशेष व्यक्तिहरू मिस नेपाल यू एस ए अस्था श्रेष्ठ, लामा अवतारीदेखि हिमाल चड्ने प्रबतरोही न्यु योर्कको संघ सस्थाका अध्यक्ष बुद्दी जीबी समाजसेबी कलाकार, खेलाडी र न्यु योर्क बासीको बाक्लो उपस्थितिले सेकुरिटी गार्डलाई समाल्न हम्मे हम्मे परेको थियो । कार्यक्रम हुनु ३ हप्ता अगाडी नै हलको क्षमता भन्दा दोब्बर टिकट बिक्रि भएकोले आयोजक सस्था सुमन इन्टरटेन्टमेन्ट एल एलसीले दर्शकहरुको समस्यालाई मध्यनजर राखी ७ वोटा अनलाइनबचाट प्रत्यक्ष प्रसारण गरेको थियो ।
सोहि कार्यक्रममा बरिष्ठ संगीतकर्मी गुरुङलाई “लाईफ टायम अचिभमेन्ट” अवार्डूद्वारा विशेष सम्मान गरिएको थियो l विभिन्न विधामा योगदान पुरयाएका आधा दर्जन भन्दा बढी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो l सम्मानित हुनेहरुमा बालकलाकार एन्जिला राई, मिस नेपाल यूएस-२०१२ आस्था श्रेष्ठ, मल्टी गिनिज बुक रेकर्डर रोहित तिमिल्सिना, यूएसनेपाल अनलाईन डटकमका प्रधान सम्पादक प्रदीप थापामगर, थ्रीजी साउण्ड ईन्क र कलाकारद्वय अनिल रोका र कृति रोका रहेका थिए l
केशबराम राईको सभापतित्वमा सम्पन्न उक्त भव्य कार्यक्रममा प्रमुख अतिथि अम्बर गुरुङ, न्यूयोर्क सिटिका कमट्रोलर जोन सी. लिउ र नासियका निबर्तमान अध्यक्ष राजा घले र विश्व चर्चित पप सम्राट स्व. माइकल ज्याक्सनका भतिजी टान्या ज्याक्सनले शुभकामना मन्तव्य राखेका थिए l दुई सत्रमा विभाजित उक्त कार्यक्रमको पहिलो औपचारिक सत्रको कार्यक्रम प्रेस चौतारी डटकमका प्रधान सम्पादक प्रशान एलुंग राई र मिस नेपाल यूएस -२०१२ आस्था श्रेष्ठले संयूक्त रुपमा संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रमको संचालन राजेश थापाले गरेका थिए l
नेपालमा रहदा ९ वटा गीति एल्वम प्रकाशन गरि सकेका चर्चित गायक सुमन बुढामगर कार्यक्रममा आफ्ना बिभिन्न चर्चित गीतहरु प्रस्तुत गरेका थिए l संस्कृतिको धनि हाम्रो देशु बोलको गीत बाट गायन आरम्भ गरेका बुढामगरले अन्य चर्चित भाकाहरुमा समेत लोक दोहोरी गीत प्रस्तुत गरेका थिए l कार्यक्रममा उनलाई कार्यक्रम संचालक एवम गायक राजेश थापा, निमा पाख्रिन र विपन राईले साथ् दिएका थिए भने दोहोरी गायिका मन्जु पुनले सवाल जवाफ दिएका थिए l पुनलाई भने गायिका यशोदा खालिंगले साथ् दिएकी थिईन l कार्यक्रममा नेपाली आधुनिक गीति रगजल गायनका लोकप्रिय गायक जगदीश समालले तीन वटा गीत प्रस्तुत गरेर दर्शकदिर्घामा मनोरन्जन प्रदान गरे l लामो समयदेखि न्यूयोर्क राज्यबाट न्यू ह्याम्सर बस्दै आएका समालले सुमन बुढामगरकै शब्द र संगीतमा रहेको “तिमी अर्ध चाँदनी हौ” अलि माथि जाउ, मायाको गाउ, र ठोक न मादल ठोक बोलको गीत प्रस्तुत गरेका थिए l यसै गरि कार्यक्रममा गायक आंग गेलु शेर्पाले पुरानो गीत ुसलल पानी बगेर गयो बोलको गीत प्रस्तुत गरेका थिए l कार्यक्रममा थिजी साउण्ड ईन्कका संचालक गम्बु शेर्पाले लोकगीत प्रस्तुत गरेर सहभागीहरुलाई थप मनोरन्जन गराएका थिए l
कार्यक्रममा गीतसंगीतसंगै आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो l वसन्त डान्स सेन्टरका संचालक एवम कोरियोग्राफर विजय नकर्मीको कोरियोग्राफीमा ४ वटा नृत्य प्रस्तुत गरिएको थियो l यसरी नृत्य गर्नेहरुमा यशोदा खालिंग, दावा शेर्पा, पासांग फुरी, डिच्चेन पाल्मो, दावा शेर्पा, सेनिका प्रधान, सम्बर्दना गुरुङ, छिरिंग शेर्पा , निमी शेर्पा लगायतका कलाकारहरु थिए l
समाचारको प्रभाव र सुमनको साथ्
“सुमन सुमधुर साँझ -२०१२” कै अवसरमा गायक सुमन बुढामगरले ८० बर्षिय धन बहादुर घलेको सहयोगार्थ १८ सय १५ डलर संकलन गरेका थिए l अमेरिकाबाट प्रकाशन भई रहेको मेरो नेपालु नामक पत्रिकाको अंक ५ मा प्रकाशित आग्रा खोलाको किनारमा शिर्षकको लेख पढेर सहयोगको हात अघि बढाउदै सहयोगको आव्हान गरे पछि सहभागी मध्येका केहिले उक्त रकम घलेको सहयोगार्थ प्रदान गर्ने प्रतिबद्दता जाहेर गरेका हुन् l यसरी सहयोग रकम प्रदान गर्नेहरुमा नेप्लिज एशोसियसन अफ नर्थइष्ट अमेरिका (नासिय) का निबर्तमान अध्यक्ष राजा घले ५ सय डलर, रारा ग्रुपका संचालक राजु तुलाधर ५० हजार नेपाली रुपैया, गायक जाम्लिंग ठकुरी ३ सय ५१ डलर र थ्रीजी साउण्ड ईन्कका संचालक गम्बु शेर्पाले ३ सय ५१ अमेरिकी डलर रहेको छ l
धादिंगको आग्रा खोला किनारमा बिगत दुई दसक भन्दा बढी समयदेखि गिटी कुटेर जीविकोपार्जन गर्दै आएका घले दम्पतिको समाचार पत्रिकाका प्रधान सम्पादक प्रशान एलुंग राई ९पंतिकार स्वयम० ले संकलन गरेका हुन् l दैनिक खाना बस्न जोहो गर्नको लागि गिटी कुट्दै आएका घलेका श्रीमती धनमायाको उमेर भने ७० बर्षको रहेको छ l घलेले मकवानपुर, पालुंग घर बताए पनि हाल उनीहरुको नाममा कुनै जमिन छैन न त नागरिकता नै l कार्यक्रममा विमोचित एल्बमहरुको सम्पूर्ण बिक्रीको शत प्रतिशत रकम घलेको सहयोगको लागि प्रदान गर्ने घोषणा गरेका गायक सुमन बुढामगरले कार्यक्रममा कुनै पनि सिडी बिक्री गर्न पाएनन् l तयारी अवस्थामा रहेको सिडीहरु बिक्री नभएकोमा आफ्ना नयाँ सिर्जनाहरु दर्शक
श्रोतासामु पुराउन असमर्थ भएकोमा दुस्खी बनेका बुढामगरले निकट भविष्यमा प्रक्रियागत रुपमा स्रोता समक्ष पुराउने योजना रहेको बताए l
८० बर्षिय घलेको सहयोगको लागि अन्य सहभागीहरुले पनि चासो देखाउदै आएकोमा सहयोग रकम संकलन भइ रहेको र केहि समयपछि व्यवस्थित रुपमा संकलित रकम नेपाल पठाईने छ l