एआईजी बढुवा प्रकरण र जातीय लैङ्गीक समानताबारे यथार्थ

Read Time:11 Minute, 24 Second

डिआइजी पार्बती थापा मगर माथि सडयन्त्र गरिनु हुँदैन

अमरदिप मोक्तान

आइजी नियुक्ती प्रकरणमा जुन प्रकारले नेपाली जनमानसमा तरंग उत्पन्न गराएको थियो एआइजी बढुवा प्रकरणमा देखिएको निरवताले ठूलो षडयन्त्रको आभास हुन थालेको छ । निश्चित रुपमा एआइजी बढुवा गर्न हेतु जातीय, क्षेत्रीय, वर्गीय, लैङ्गीक, समानुपातीक र समावेशी विषयलाई सन्तुलन मिलाउन प्रधानमन्त्री र गृहमन्त्री गृहकार्यमा जुटेको हुनुपर्छ विगतको गल्तीलाई नदोहोराउदै गणतन्त्रको मूलमन्त्रलाई सम्बोधन हुने हुन् वा हैनन् भन्ने कुरामा नेपाली जनता सशंकीत बनेका छन् ।
एआईजीपी बन्ने दौडमा नेपाल प्रहरीको इतिहासमा प्रथम पटक सशक्त महिला प्रहरी अधिकृत पार्वती थापा मगरले पुरुष समकक्षीसँग  प्रतिशपर्धा गरिरहेका छन् । एआइजी बढुवा प्रकरणबारे विभिन्न समाचार पत्रमा समाचारको विश्लेषण गर्दा यस पाली पनि एआइजीपीको दौडमा सामिल महिला प्रत्यासीको इतिहास रच्नमा प्रश्न चिन्ह देखा परेको छ र पार्वती थापा बढुवाको दौडबाट बाहिर खेदिने लगभग निश्चित देखिन्छ । नेपालको आधा आकाश ढाक्ने कार्यकुशल दक्ष महिला प्रति किन र के का लागि यत्रो वैमनस्यताको सोच राखिएको हो बुझिनसक्नु छ ।
गणतन्त्र पश्चात सरलता पुर्वक जातीय, क्षेत्रीय, वर्गीय, लैङ्गीक, समानुपातीक विषयको सम्बोधन हुनु पर्ने थियो तर पुरातन एकात्मकवादी सोचका कारण विगतभन्दा एक इन्च परिवर्तन समेतको दिशातर्पु उन्मुख भएको पाइएन । गणतन्त्र पश्चात यदि नेपालका जाती वा समुदायको स्तरोन्नति तर्फ ध्यान दिइएको छ भने त्यसमा प्रथम पहाडी ब्राहम्ण, दोस्रोमा मधेसी ब्राहम्ण र तेस्रोमा मधेसका केही उच्च र दबंग जातीले मात्र स्तोन्नति र अवसर प्राप्त गरेको देखिन्छ । नेपाली बहुसंख्यक जनताले गणतन्त्र प्रति गरेको अपेक्षा बमोजिमको परिणाममा शुन्य देखिएको छ ।
विगतमा जुन प्रकारले पहाड मधेसका आदिवासी महिला, तराईका दलित समुदायप्रति नेपालको राज्य व्यवस्थाले दोयम दर्जाको नागरिक सरह व्यवहार अनुभव गरेका थिए, वर्तमानमा पनि स्थिति ज्यूका त्यु छ, उदाहरण स्वरुप राजनीतिमा वरियताक्रम्मा कुनै उन्नति देखिएन, विभिन्न सरकारी राजदूत जस्ता महत्वपूर्ण पदको नियुक्तिमा पाखा लगाइयो आरक्षणको नाममा भ्रमजालको चक्रब्युह निर्माण गरिएको छ, लोक सेवाको तथ्याङ्कले स्पष्ट हुन्छ नेपाली इतिहासमा रोल क्रम्मा तथा दक्षता अनुसार आदिवासी छत्रमान सिंह गुरुङ्ग झन्डै प्रधानसेनापति पदबाट वन्चित गराउन षडयन्त्र बुनिएको थियो, भविष्यमा सशस्त्र प्रहरी महानिरिक्षकबाट वन्चित गराउन बरिष्ठ दक्ष कृष्ण कुमार तामाङ्गलाई प्रथम चरणमा एआइजीपीमा पदोन्नति गरिएन । महिला सचिव विन्दा हाडा मन्त्रिबाट प्रताडित हुन पर्‍यो । राज्यको नीति निर्माण गर्ने राजनीति र निजामती सेवाका उच्च पदमा टाढा टाढा सम्म आदिवासी, दलित, उत्पिडित, महिलाको नामोनिसान छैन । वर्तमान स्थितिबाट भविष्यको विश्लेषण गर्दा सय वर्ष पश्चात सौभाग्यले चिठ्ठा परे मात्र आदिवासी, दलित, महिलाले नेपालको प्रधानमन्त्री हुने छन् । सात सालको क्रान्ती, दश वर्षे जनयुद्धमा समानता, जातीय मुक्तिको अपेक्षामा होमिएका आदिवासी, दलित समुदाय पुनः ठगिएका छन् ।
प्रसंग एआइजी बढुवाको प्रकरण तर्फ फर्कदा उहि पुरातनवादि सोचले ग्रसित मानसिकताका कारण पावर्ती थापाको बढुवा नहुने लगभग तय देखिएको छ । एआईजी बढुवाको दौडमा सामेल महिला प्रत्यासी कुनै पनि कोणबाट पुरुष प्रतिद्धन्दीभन्दा कम छैनन् तर पनि बढुवाको अवसरबाट बन्चित हुने लगभग तय छ । पार्वती थापा मगर वरीष्ठ जुझारु जनजाती एवं महिला भएको कारण गणतन्त्रको प्रमुख तथ्य मध्ये जातीय, लिंगिय मुल मर्मलाई सम्बोधन गर्न हेतु पनि बढुवा बाट बन्चित गराउनु हुदैन । बाबुराम सरकारद्धारा पार्वती थापा मगरलाई बढुवा नगरीए पीछडिएका जनजाती, महिला माथि अन्यायको पाराकाष्ठा गरीएको ठहरीने छ । वरीष्ठता क्रममा वरीष्ठ देखिएका रमेश विक्रम शाह सुडान घोटालामा आरोपीत भई लगभग आठ महिना निलम्बनमा परेका हुन् र पुस्कर रेग्मीले क्षेत्रको कमाण्ड सम्हाल्ने जिम्मेवारीको अवसर नपाएका प्रहरी अधिकृत हुन्, क्षेत्रको जिम्मेवारी समेतको अनुभव नसम्हालेका प्रहरी अधिकृतलाई कसरी र कुन आधारमा यत्रो ठुलो जिम्मेवार एआइजी पदमा कसरी बढुवा गर्न मिल्छ पार्वती थापाले दक्षता पुर्वक सुदुर पश्चिमको कमाण्ड सम्हालिन् र हाल मध्य पश्चिमको जिम्मेवारी सम्हालीरहकी छिन् । एमालेका प्रखर एवं प्रभावशाली नेता भिम रावलद्धारा पुरुष प्रहरी समकक्षीद्धारा प्रताडित गरीएका सुन्तली धामीको आवाजलाई दबाउन खोज्दा नारी शोषण विरुद्ध सुन्तली धामीको पक्षमा उभिएर आफ्नो पदलाई दाउमा राखी भिम रावलसंग दुइ दुइ हात गर्न पछि नपर्ने पार्वती थापा नै हुन् । के बढुवामा रहेका पुरुष प्रहरी अधिकृतले गृहमन्त्रीद्धारा गरीएको अन्याय विरुद्ध आवाज बुलन्द गर्ने साहस देखाउन सक्छन् त ? 
नेपालका पुरातनवादि सोच तर्क विहिन हुँदा प्रयोग गरीने प्रचलित शब्द परापुर्वकालदेखिको प्रयोग गरी दक्ष कर्मठ वरीष्ठ पार्वती थापालाई विना आधार जनजनती महिला भएको कारण एआइजी पदमा बढुवा नगर्नु घोर अन्याय हुनेछ । नेपाली प्रहरी इतिहासमा स्वर्ण अक्षरमा लेखिने महिलाको नाममा भेदभाव पुर्वाग्रह गर्नु हुदैन गरीए यसलाई महिला तिरस्कार, बहिस्कार र इतिहासको पानाबाट विलिन गराउने षड्यन्त्रको रुपमा सन्देश प्रवाह हुनेछ । महिलाले केहि गर्न सक्दैन मानसिकताबाट माथि उठ्न अति जरुरी छ, माथि उठ्न सके मात्र नेपालको उन्नती सम्भव छ । देशको अर्थ व्यवस्था देखी प्रत्येक क्षेत्रमा महिलाको योगदान अति अतुलनीय छ त्यसलाई कदापि अवमुल्यन गर्न मिल्दैन । छिमेकी मित्र राष्ट्र भारतमा लाल बहादुर शास्त्री मन्त्री मण्डलमा सुचना तथा साचार मन्त्रीको रुपमा प्रथम पटक इन्दिरा गान्धीलाई स्थान दिदा लाल बहादुर शास्त्रीले जिद्दि अडियल अनुभव विहिन महिलालाई मन्त्रीमण्डलमा सामिल गरी भयंकर भुल गर्नु भयो भन्ने समेत आलोचना खेप्नु परेको थियो तर भविष्यमा गएर उहि इन्दिरा गान्धीले भारत वषको राजनितीमा स्वर्णिम इतिहास रचिन् । यहाँ सम्म हमेशा आलोचना गर्ने विपक्षी पार्टीका नेता अटल विहारी बाजपेयी समेतले इन्दिरा गान्धीलाई देवी दुर्गाको स्वरुप भनी उपाधीले विभुषीत गर्न बाध्य भए । आज भारत वर्ष द्धारा आर्थिक राजनैतिक लगायत विभिन्न क्षेत्रमा गरेको प्रगतीमा योगदान पुर्‍याउने राजनैतीज्ञको नाम क्रमबद्द रुपमा लिदा स्वर्गिय श्रीमती इन्दिरा गान्धी अग्रणीमा पर्दछ । विश्वको जुन देशले महिलालाई समानताको अवसर प्रदान गरेको छ त्यहि देश विकासशिल राष्ट्रको रुपमा स्थापित भएको छ । जहाँ महिला माथि निरकुंशता लादिएको छ, त्यो देश पिछडिएको देशको रुपमा परीणत भएको अनेकौ उदाहरण छन् ।
वर्तमान् प्रधानमन्त्री बाबुराम भट्टराइको पारीवारीक पृष्ठभुमीको अवलोकन र विश्लेषण गर्दा बाबुरामद्धारा महिलाको जनभावनालाई यथेस्ठ सम्मान दिइएको देखिन्छ । उदाहरण स्वरुप वहाँको धर्मपत्नी र छोरीले प्राप्त गरेको उचाईले स्पष्ट रुपमा झल्किन्छ । महिला मुक्तिको आवाज बुलन्द गर्ने महिला समानताको पक्षधर बाबुराम भट्टराई नेतृत्वको सरकारले महिला जनजाती पार्वती थापा मगरको बढुवा गरी नेपाली महिला इतिहासको जगमा एक इट्टा थप गर्नेछन् भन्नेमा कुरामा विश्वास गर्न सकिन्छ । सहि निर्णयद्दारा नेपाली महिलाको इतिहासमा स्वर्ण अक्षरमा लेखिने कार्यमा वहाँ कति सफल हुनुहुन्छ हेर्न बाँकि छ, अब प्रधानमन्त्री बाबुराम भट्टराइकै कोर्टमा बल छ वहाँले कुन पथ रोज्ने हुन् वहाँकै हातमा छ वहाँ नायक हुने की खलनायक ? 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %