बुटवल, २०६६ सालमा गठन भएको मगर चलचित्रकर्मी संघको प्रथम महाधिवेशन बुटवलमा सम्पन्न भएको खबर प्राप्त भएको छ । महाधिवेशनबाट युवराज मास्की राना मगर पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । महाधिवेशनमा रुकुम, रुपन्देही, नवलपरासी, लम्जुङ, स्याङ्जा, तनहु, पर्वत, म्याग्दी, काठमाडौं र धनुसाबाट आएका प्रतिनिधिहरुको उपस्थितिमा दोश्रो कार्यकालको लागि उपाध्यक्ष : सानुमैयाँ राना मगर, महासचिव : मेजन पुन मगर, सचिव : शंकर गाहा मगर, कोषाध्यक्ष : शान्ति पुन मगर र सदस्यहरुमा : काशिम राना (लम्जुङ), अशोक थापा (रुपन्देही), ज्ञानबहादुर थापा (रुपन्देही), विवेश बुढा (रुकुम), भुवन थापा (धनुषा) र भीम राना (स्याङ्जा) सर्वसम्मत निर्वाचित भएका छन् ।
दुई दिन सम्म चलेको महाधिवेशनमा मगर चलचित्रकर्मी संघले गरेको क्रियाकलापहरु प्रोजेक्शन गरिएको थियो भने मगर चलचित्रकर्मी संघ, जिल्ला समिति रुपन्देहीले गरेको कार्यक्रममा पनि प्रोजेक्शन मार्फत प्रतिनिधि तथा उपस्थित महानुभावहरुलाई देखाईएको थियो । संघको महाधिवेनको उद्घाटन सत्रको प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगर, बिशेष अतिथि ः नेपाल मगर संघ, केन्द्रीय समितिका अध्यक्ष महेन्द्र थापा मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका महासचिव तथा मगर चलचित्र निर्देशक नविन रोका मगर, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष प्रतिमाया पुन मगर, नेपाल मगर लेखक संघका वरिष्ठ उपाध्यक्ष बिष्णु सिंजाली मगर, नेपाल मगर संघ केन्द्रीय समिति सदस्य मिना थापा मगर, नेपाल मगर महिला संघ जिल्ला अध्यक्ष शकुन्तला पुन मगर उपस्थितिमा उद्घाटन सत्र सम्पन्न भको थियो ।
नेपाल मगर लेखक संघका वरिष्ठ उपाध्यक्ष बिष्णु सिंजाली मगरको संयोजकत्वमा गठन भएको तीन सदस्यीय निर्वाचन मण्डलले आगामी तीन वर्षको लागि सर्वसम्मत पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरेका थिए ।