पहिचान सहितको संघीयताको लागि एमाले छोडे : अशोक राई

Read Time:2 Minute, 24 Second

नेकपा एमालेमा असन्तुष्ट समूहको नेतृत्व गरिरहेका उपाध्यक्ष अशोक राईले  एमाले परित्याग गरेका छन् । नेपाली कांग्रेस पार्टीमा असन्तुष्ट रहेका जनजाति नेताहरु पार्टीबाट बाहिरिएको एक दिन पछि एमालेका जनजाति नेताहरु  राजधानीमा एक कार्यक्रम आयोजना  पार्टी परित्याग गरेका हुन् । आफू सहित ४७ जना कार्यकर्ताले एमाले परित्याग गरेको घोषणा राईले गरे । यता एमालेले भने केन्द्रिय कमिटीबाट जम्मा ६ जना मात्र बाहिरिएको जनाएको छ । उपाध्यक्ष राई सहित जनजाति नेताहरु बाहिरिदा पार्टीमा गम्भीर असर पुगेको एमालेले बताएको छ ।  तर केही जनजाति नेताहरु बाहिरिदैमा ठूलो धक्का नलाग्ने एमालेका जनजाति नेता पशुराम मेगी गुरुङले दावी गरे । एमाले परित्याग गरेका राईले ठूला दलहरुले जनजातिको माग सम्बोधन गर्न नसकेकोले नयाँ शक्तिको आवश्यकता महशुस गरि पार्टी परित्याग गरेको बताए । नयाँ शक्तिको उदय गरि पहिचान सहितको संघीयतालाई नयाँ संविधानमा स्थापित गर्ने समेत उनले बताए । नेपाली समाज खण्डित हुन नदिन पनि समान पहुँच र समानता आवश्यक रहेको उल्लेख गदै त्यसका लागि नयाँ पार्टीको आवश्यकता परेको बताए । सबै भाषा भाषी र बर्गका मानिसहरुलाई समेट्दै नयाँ राजनीतिक शक्तिले उनीहरुको अधिकार स्थापित गर्ने बताए । एमाले परित्याग गर्र्नेहरुमा अजम्बर काङवाङ, बीरबहादुर लामा, रिजवान अन्सारी र गोपाल ठाकुर लगायत छन् । यता एमालेका असन्तुष्ट  जनजाति नेताहरु पृथ्वी सुब्वा गुरुङ, दलबहादुर राना र रामचन्द्र झा भने पार्टीको जिम्मेवारीमै फर्किएका थिए ।

(राज्यसत्ता नेपाल व्युरो )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %