गायक धिरज राई यूरोपको सांगीतिक यात्रामा ब्यस्त

Read Time:4 Minute, 37 Second

डेनमार्क लगत्तै पोर्चुगल ,नेदरल्याण्ड ,बेल्जियम ,स्पेन,जर्मनी र फ्रान्स आउदै
 
केजिन राई
ब्रसेल्स बेल्जियम, अक्टोबर २, नेपाली सांगीतिक आकाशका पप गायन विधाका उत्कृष्ट धरोहर गायक धिरज राईको पहिलो एकल साझ डेनमार्कको कोपेनहेगनमा गत ३० सेप्टेम्बरमा भव्यता र सफलताका साथ सम्पन्न भएको छ ।
बहुप्रतिभाशाली गायक धिरज राई बिगत दुई दशक लामो सांगितिक यात्रामा आफ्नो यात्रा निरन्तर राख्दै लाखौं नेपाली स्रोता दर्शकहरुको मन जित्न सफल उनी पहिलो पटक यूरोपको सांगितिक यात्रामा निस्केका हुन् ।
गायक राईको दोश्रो कन्सर्ट पोर्चुगलको लिस्बोनमा आगामी ७ अक्टोबरमा हुदैछ भने कोपेनहेगनबाट उनी बिहिबार नै लिस्बोन पुग्नेछन ।
परदेशी जीवनयापन गरिरहेका सयौ डेनमार्कबासी नेपाली श्रोता तथा दर्शकहरूलाई उमंगका साथ नचाउन सफल गायक धिरजको पपमय यूरोप यात्राको सांगीतिक कार्यक्रम कोपेनहेगन र लिस्बोन पोर्चुगल पश्चात अक्टोबर १३ मा नेदरल्याण्ड , अक्टोबर १४ लुभेन बेल्जियम ,१६ स्पेन, २७ अक्टोबर फ्रान्स ,२५- २६ र २८-०२ नोभेम्बर सम्म जर्मनीको ह्यामबर्ग, म्युनिख लगायत ५ ठाउमा कार्यक्रम रहेको छ स्विटजरल्याण्ड, लक्जेम्बर्ग र इटालीमा कार्यक्रम गर्ने पक्का पक्की भएपनि मिति अझै टुंगो नलागेको उनका आयोजकले यस सम्बाददातालाई बताए।
”लुकिलुकि आँखा तिमी ”, “तिमी रुँदा -म पनि रोएको थिए” जस्ता अतिनै लोकप्रिय गीतहरुका गायक धिरज राई नेपालका ”माईकल ज्याक्सन” भनेर पनि चिनिने गरिन्छ। यस पटकको दशैंको अवसर पारेर गायक धिरज आफ्नो २ महिनाको यूरो टूर २०१२ यात्रा क्रममा यस सम्बाददाता संग अगाडी भन्छन ¨शायद मेरो स्टेजका हरेक प्रस्तुतिकरणमा दर्शकहरुको मनोरञ्जनलाई बिषेश ध्यान दिदैं मैले मेरो हाउभाउका साथ पर्फर्मेन्स गर्दछु – हुन सक्छ त्यसकारण नै दर्शकहरुले मलाई त्यस्तो नामाकरण गर्नु भएको होला। हुन पनि धिरज राईको प्रस्तुति जो कोहिले पनि पहिलो पटक हेर्दछ – उसले सोचे भन्दा धेरै मनोरञ्जन लिन सक्दछ।

गायक धिरज राईको यो पहिलो युरोप यात्रामा बिशेष सहयोगीका रुपमा डेनमार्क निवासी बिजय अधिकारी र जर्मनी निवासी अन्तराष्ट्रिय कलाकार मञ्च तथा एनआरएन जर्मनीका अध्यक्ष लब थापा रहेका छन। युरोपका बिभिन्न अन्य संघ संथाहरु साथै उनकै आफन्त केजिन राई ,मित्र उज्ज्वल केसी,कर्ण सुब्बा बेल्जियम ,जस याखा , पुष्प बरुवाल नेदरल्याण्ड ,गणेश याखा ,नरभूपाल राई पोर्चुगल लगायतले विभिन्न पक्षबाट सहयोग रहेको गायक धिरज राई बताउदछन ।

प्रत्यक्ष कार्यक्रम मार्फत आफुलाई माया गर्ने स्रोता दर्शकहरुसंग यसरी युरोपमा साक्षात्कार हुन पाउदा आफुलाई निकै खुशि लागेको गायक राईको कथन छ।
खोटांग जिल्लाको बिकट ठाउ बुईपाबसेरी बिजय खर्कमा जन्मिएर अंग्रेजी साहित्यमा स्नाकोत्तर गरेका धिरज राई कलेजमा प्राध्यापन तथा पुरानो अध्ययन ईन्जिनिएरिन्ग पेशालाई समेत निरन्तरता दिई रहेका छन् भने उनका माता पिता समेत त्रिभुवन बिश्वबिद्यालयमा प्राध्यापन पेशामा सलग्न रहेका छन् l 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %