राष्ट्रपति डा. रामवरण यादवले गतिरोध सल्टाउन प्रमुख राजनीतिक दलहरुलाई दबाव दिएको दुई दिनपछि विघटित संविधान सभाका सदस्यहरुको पहिलो बैठक बोलाएर राजनीतिक निकासको खोजी भएको छ ।
संविधानसभाको भवनमै मंगलबार विघटित संविधानसभाका सदस्यहरुलाई डाँकेर राजनीतिक र संवैधानिक निकासका लागि छलफल गरिएको हो ।
निर्वाचनमा जाने मोटामोटी रुपमा सहमति जनाइसकेका दलहरुले त्यसका लागि देखिएको संवैधानिक अड्चन कसरी सुल्झाउने भन्ने बारे भन्ने अन्यौलमा परेका छन् । वैठकमा सहभागी रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौड्याल निर्वाचन नै एक मात्र विकल्प बने पनि त्यहाँ सम्म पुग्न थुप्रै कानुनी व्यवधान रहेकाले त्यसलाई कसरी समाधान गर्ने भन्नेमा अन्यौलता रहेको बताए । कतिपय राजनीतिक दलका नेताहरु भने संविधानसभाको निर्वाचनमा जानका लागि संविधानसभाको पुनःस्थापनाको विकल्प नभएको बताउदै आएका छन् । निर्वाचनमा जानका लागि कानुनी आधार सहितको सुझाव केही साना राजनीतिक दलका पूर्व सभासद्हरुले दिएको माओवादी प्रवक्ता अग्नी सापकोटाले बताए । अवसान भैसकेको संविधानसभा नव्युताइकनै संविधानसभामा जाने कुरामा नेपाली कांग्रेस, एमाले माओवादी तथा मधेशी मोर्चाले यस अगाडि सहमति गरेका थिए । तर संविधानसभासम्म पुग्नका लागि कानुनी अड्चन कायम रहेकाले संविधानसभाको पुस्थापना गरि कानुनी जटिलता हल गरेर मात्र निर्वाचनमा जान सकिने साना दलहरुको सुझाव दिए पछि यस अगाडि प्रमुख दलहरुले गरेको पुनस्थापना विना नै संविधानसभामा जान गरिएको सहमति धरापमा पर्ने देखिएको छ । राजनीतिक दलहरु बीच कसरी निर्वाचनसम्म जाने स्पष्ट मार्ग चित्र अझ सम्म नबन्दा राजनीतिक र संवैधानिक जटिलता चुलिदो छ । गतिरोध कायम रहेकै बेला राष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलहरुलाई अन्तिम पटक भन्दै असोज मशान्त सम्मको समय सीमा दिएका थिए, तर राजनीतिक दलहरु कसरी अहिलेको कानुनी अड्चन सुल्झाउने भन्नेमा देखिएको अन्यौलताले अझ राजनीतिक गतिरोध लम्विने संकेत देखिएको छ ।
(राज्यसत्ता नेपाल व्युरो)
संविधानसभाको पुनःस्थापना तिरै दलहरु
Read Time:3 Minute, 5 Second