इन्दिरा चोंग्बांग
किरातीहरुको महान पर्ब सिसेक्पा तन्ग्नाम एक बृहत बेलाको बीच न्युयोर्कमा मनाइयो l मान्हीमरमान्खिम ब्यबथापन समिति न्युयोर्कको आयोजनामा सम्पन्न कार्यक्रममा किराती तथा गैर किरातीहरुको उपस्थिति रहेको थियो l दिल सेनेहांगको लिम्बुको थर, बसोबास र सस्कृति नामक पुस्तकमा मा उल्लेख भए अनुसार यो चाड कण्डारक नामक राक्षसको पूजा गरि असारे हिलो मैलोको समयमा छालामा लाग्ने रोग फाल्ने चाडको रुपमा मानिन्थ्यो l यतिमात्र नभएर मान्हांगू नामक एक आदिवासीहरुको पुर्खाले आइ परेको दैबी प्रकोप तथा सामना गर्नु परेको अनिकालको कारुणिक ब्यब्धान्लाई हटाउने उदेश्ले यो चाड मनाउने गरिन्थ्यो l यसैले यो चाडलाई प्रकृतिको पूजा, पुर्खाको सम्झना, सम्मान, विगत वर्तमान र भबिस्यको समीक्षाका साथै नया योजना बनाउने पर्वको रुपमा मनाउने गरिन्छ l यो पर्ब बिशेसगरि आदिवासी जनजाति अन्तर्गतको लिम्बु, खम्बु, मगर, गुरुङ, थारु लागयतका समुदायले मनाउने गर्छन l
देशमा रहेका आदिवासी किरातीहरुको संस्कार र सस्क्रित्को जगेर्ना गर्ने उदेश्यले यो मान्हीमरमान्खिमको स्थपना २०११ सालमा न्युयोर्कमा भएको हो l यस किरात मन्दिरमा अहिले किरातीहरुको बिभिन्न चाड पर्ब मनाउने, दुख पर्दा चोखाउने लगायत विभिन्न संस्कार र संकृति अनुसारको कार्यक्रम गर्ने थलो भएको छ l अहिले यस समुदायका मान्छेहरु आफ्नो आकांक्षा पुरा होस् भन्ने हिसाबले भाकल पनि गर्ने गर्छन l आफ्नो आकांक्षा पुरा भएको खुसियालीमा दुइ परिवारले चन्दा स्वरूप भेटि चढाएका छन् l श्री तोरण लिम्बु र श्रीमती रेखा सुब्बाले डलर १००१ र दुर्गा सुब्बाले मेनेंबोले डलर ५०० भेटि चढाएका छन् l
यसरी किरातीहरुको यस मान्हीम्ले धर्म सस्कार मात्र होइन मनोबल प्रदान गर्ने, मनोकांक्षा पुरा गरिदिने आदिजस्ता महत्वपुर्ण विश्वास बढ्दै गएको छ l हाल आएर हरेक तिन-तिन महिनामा महत्वपुर्ण अवसर पारेर पुजा आराधना गर्ने गरिन्छ l भक्तालुहरु हरेक दिन अर्थात् हरेक सप्ताहना मंग्सेवाको (भगवानको) दर्शनका लागि आउने गर्छन l