रानाको नियुक्ति देशकाल र परिस्थिति अनुरुप उपयुक्त

Read Time:2 Minute, 33 Second

एम. बि. थापा (दर्लामी) मगर
 
प्रहरी महानिरिक्षकका लागि योग्यता-क्षेमता पुगेका मध्यबाट आवश्येक्ता र देशकाल परिस्थिति अनुरुप सरकारले नियुक्ति गर्ने हो,  येसरी नियुक्ति गर्दा कुनै न कुनै संघ-सस्थाहरुले कुनै न कुनै वाहना-वाजिमा आपत्ति-विरोध-असह्मति देखाउने परम्परा हामी सबैको लागि नौलो कुरा हैन l  र हरेक मानिस एक नम्वरी सुन पनि हुन सक्दैन, काही न काही कसैको खोट-दोष लगाउने ठाउ हुन्छ नै हुन्छ l  “तीललाई पहाड वनाउनु र पहाडलाई तिल” बनाउनु खोज्नु आफैमा कतिसम्म उत्तम हो ..? कसैले अर्थ्याईराख्नु र बुझ्याईराख्नु नपरोस l  
जहासम्म शसस्त्र-द्वन्दको वेला पाच जना मारेको र मानव अधिकार आयोगले दोषी ठहर्याई उनि विरुद्ध मुद्धा चलाउन सरकारलाई सिफारिश गरिएको भन्ने सवाल छ l  मलाइ लाग्छ; शसस्त्र-द्वन्दको वेला उहाले मात्र होइन, थुप्रैले मानव अधिकारको उलंघन गरेका छन ।  त्येसको लामो लिसट नै छ l खोइ उनीहरुलाई खोजि गरेको ..? कारवाही गरेको ..? अथवा पदोन्नति रोक्का र निलम्बन गरिएको ..? मानव अधिकारको उल्लङ्घन-रानालाई मात्र लाग्छ ..? अरुहरुलाई चाही लाग्दैन र ..? मानव अधिकारको उल्लङ्घन गरेकाले निलम्बन गरिनु पर्छ भन्ने सवाल उनको पदोंनत्ति प्रति इर्स्या गरेको जस्तो मात्र देखियो l
वास्तवमै मानव अधिकारको वहाली तथा उल्लङ्घन भए-गरे कारवाही हुनै पर्छ भन्ने सवालमा यो आग्रह धेरै पहिलेनै आउनु पर्ने थियो l फेरी अर्को महत्वपूर्ण कुरा-सरकार आफैलाइ पनि मानव अधिकारको विषयमा जानकारी छ l जानकार सस्थालाई त्यति स्मरण गराई राख्नु पर्दैन जस्तो लाग्छ l  

नोट प्रकाशकको लेख हेर्नको लागि यो लिंकमा जानुहोला:

http://hamrodimik.blogspot.hk/2012/09/blog-post_3642.html

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %