मगर महिला संघको १५ औं स्थापना दिवस सम्पन्न

Read Time:1 Minute, 7 Second

नेपाल मगर महिला संघको १५ औं स्थापना दिवस सम्पन्न भएको छ । संघको स्थापना भएको दिनलाई स्मरण गर्दै काठमाडौंमा विभिन्न कार्यक्रमका स्थापना दिवस सम्पन्न भएको हो ।
कार्यक्रममा मगरहरुको संस्कृति सम्वन्धि कार्यपत्र नेपाल मगर महिला संघका महासचिव पूर्णमाया रानाले बाचन गरेकी थिइन् । उक्त कार्यक्रममा नेपाल मगर महिला संघका संस्थापक अध्यक्ष एवम सल्लाहकार बम कुमारी बुढा मगर राष्ट्रिय जनजाति संग्राहलयको अध्यक्ष पदमा निवार्चित हुनु भएकोमा वहाँलाई बधाई ज्ञापन गरियो । कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमी शेर्पा, नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव नविन रोकामगर लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %