बुद्ध धर्म र राजनीति

Read Time:12 Minute, 7 Second

बुद्ध धर्ममा राजनीतिको सम्बध त्यति सरल छैन जति संस्कृतीसँगको सम्बन्ध छ । यसकारण संस्कृतीको सम्बध बर्ग हुँदै ब्यक्तिसँग छ । यसैले व्यक्तिगत धर्मको रुपमा उसको सम्बन्ध बुद्ध धर्मसँग सजिलै देखाउन सकिन्छ । राजनीतिको सम्बन्ध बुद्ध धर्मसँग व्यक्तिगत र सस्थागत दुबैसँग रहेको हुन्छ । बुद्ध धर्ममा सस्थाबद्द रुपमा दुई अंग रहेको हुन्छ । भिक्षु संघ र उपासक-उपासिक संघ ।

राजनीति भन्ने शब्दको प्रयोग अनेक अर्थमा भएको पाइन्छ । बुद्ध धर्ममा व्यक्तिगत र सस्थागत दुबैसंग राजनितीको सम्बन्ध देखाउनको लागि हामिले यी कुराहरूलाई बिचार गर्नु अती जरुरी हुन्छ ।

१,  बुद्ध धर्म र राजनैतिक सिद्दांतको सम्बन्ध ।

२,  बुद्ध धर्म र राज्य

३,  उपासक-उपासिक संघ र सरकार ।

४,  भिक्षु संघ र सरकार ।

५,  भिक्षुको व्यक्तिगत रुपमा सरकारसगको सम्बन्ध ।

६,  उपासक-उपासिक र क्रियात्मक राजनीति ।

७,  भिक्षु र क्रियात्मक राजनीति ।

१, बुद्ध भगवानको जीवन कालमा दुई प्रकारको राज्य शासन प्रणाली तत्कालिन राज्यहरूमा थियो। राजतन्त्रात्मक राज्य प्रणाली र गणतन्त्रात्मक राज्य प्रणाली बुद्ध भगवानले यी दुबै राज्य शासन प्रणालीलाई कुनै निन्दा, प्रशंसा केही गर्नु भएन । भगवान बुद्धले यति मात्र भन्नु भयोकी तत्कालिन बृज्जी गणतन्त्र राज्य शासन प्रणालीमा बृज्जीहरू सबै एक जुट भएर सभा भेला गर्दछ तबसम्म उनीहरूको उन्नति बृद्दी नै हुनेछ भन्नु भएको थियो । (१) बुद्ध भगवानले केवल परिस्थितीको तथ्यलाई मात्र बताउनु भयो । उहाँले कुनै पनि नैतीक निर्णय गर्नु भएन । तर उहाँसँग यो कुराको स्पष्ट थियो की सरकारको कर्तव्य हो की नैतिकवान र आध्यात्मिक कानुनको प्रोत्साहान गरियोस । किन की बुद्ध धर्म निर्वाणको एउटा साधन हो । यस कारण उहाँको यो माग स्वभाबिक पनि थियो । जीवनको सच्चाइको उद्देश्य केवल एउटा भौतिक आबश्यक्ताको पूर्ति मात्र नभएर निर्वाण प्राप्ती पनि हो । जसको लागि उसको कर्तव्य पनि हो । आफ्नो जनताको लागि राजनैतीक र सामाजिक व्यबस्था गरियोस जसमा रहेर गृहस्थी र प्रबजित सबैले धर्म अनुसार् जीवन यापन गर्न सकियोस । यस कारण बुद्ध धर्ममा कुनै पनि राजनितिक बाद्लाई भिन्न तरिकाले विभेद पूर्ण तरिकाले कहीले हेर्दैन । बुद्ध धर्मले नैतिकवान र आध्यत्मिक नियमको श्रेष्ठतालाई मात्र स्वीकार गर्दछ । बुद्ध धर्मलाई न त समाजबादी, न त पुजिबादी, न त साम्यबादी राज्य प्रणालीमा नै आपत्ति छ । यी राज्य प्रणालीलाई यो सुझाब मात्र छ की नागरिकको लागि केवल भौतिक सूख मात्र होईन की नैतीक र आध्यत्मिक सूख बिधान को पनि साधन जुटाइयोस ।    

यसको अर्थ राज्य चलाउनेले नागरिक (जनता) को लागि नैतीकवान जीवन बितानको लागि आध्यात्मिक जीवन बिताउनको लागि उचित ब्यबस्था पनि गरिदिनु पर्दछ । जबसम्म नागरिकले नैतिकवान जीवन बिताउदैन तबसम्म समाज सहि रुपमा स्वच्छ समाज बन्न सक्दैन । आध्यत्मिक जीवनले मानिसलाई अलौकिक सूख प्राप्त गराउदछ । यसैले बुद्ध धर्ममा नैतिकवान जीवन र आध्यत्मिक जीवनलाई विशेष महत्वको साथ हेर्ने गरिन्छ ।

२,  बुद्ध धर्म र राज्यको सम्बन्धमा राज्यको स्वरुप के हो र त्यहा बसोबास गर्ने जनताको जनसंख्या के छ भन्ने कुराले निर्भर गर्दछ । यदि कुनै राज्यमा अरु नै धर्म मान्ने मान्छे अधिक छ भने बुद्ध धर्मले आशा गरेको हुन्छ उनिहरुको अनुयायीलाई जति अधिकार प्राप्त भएकोछ त्यति नै अरु अल्पसंख्यकहरूलाई पनि उतिकै अधिकार पाउनु पर्दछ । यस को अर्थ के भने आफ्नो सिद्धन्त अनुसार् जो कोहिलाई जीवन यापन गर्ने र आफ्नो धर्म प्रचार गर्ने अधिकार पूर्ण स्वतन्त्र हुनु पर्दछ । बुद्ध धर्म अनुयायी नागरिक त्यस राज्यको स्वभिमान भक्त रहिरहन्छ जहाँ उ जन्मिएको देश छ । बुद्ध धर्म अनुयायी समुदाय आफु-आफुमा मात्र होईन की सम्पुर्ण धर्म अनुयायी, उनीहरूको परम्परा प्रति सधैं मैत्री, करुणा, सहनशिलता र सधैं उद्दार भावना बोकी रहन्छ । सबैलाई मैत्री-करुणाको आँखाले मात्र हेर्दछ । भगवान बुद्धले पाली धम्मपद पालीमा बताउनु भएकोछ ।(२)

             “नहि वेरेन वेरानी – सम्मन्नीध कुदाचनं ।

              अवेरेन च सम्मन्ति – एस धम्मो सनन्तनो ।।“

अर्थात, रिसले वैरभाव शान्त कहीले हुदैन अवैरभावले मात्र वैरभावलाई शान्त पार्न सकिन्छ । यहि सनातन देखि चली आएको धर्म हो ।  

३,   व्यक्तिगत रुपमा बुद्ध धर्म अनुयायी नागरिक र सरकारको सम्बधमा त्यति भनि रहनु अबश्यक रहदैन किन की बुद्ध धर्मका अनुयायीहरू लौकिक मामिलालाई हस्तक्षेप गर्दैन । मात्रै उनीहरू सत्यको उपदेश दिन्छ तर आदेश दिदैन । बुद्ध धर्मले जहिले पनि सत्यको नियम सिद्दान्तलाई सिकाउदछ । सत्य ज्ञानलाई कसरी अनुभवबाट जान्न सकिन्छ भन्ने शिक्षा दिन्छ । यहाँ बौद्ध नागरिकबाट के अपेक्षा फाईदा लिन सकिन्छ भने भौतिक, नैतिक र अध्यत्मिक जीवनले सामाजिक र राजनैतीक जीवनलाई धर्म अनुसार् सबै मानव कल्याण हुने प्राणीलाई हित हुने जीवन बिताउन सकोस भन्ने शिक्षा समाजलाई दिन सक्छ ।

४, एक बौद्ध देशमा भिक्षु संघ र सरकारको त्यहि सम्बन्ध हुन्छ जुन व्यक्तिगत जीवनमा भिक्षु र उपासक (गृहस्थी) सँगको सम्बन्ध हुन्छ । अर्थात यसको अर्थ के बुझिन्छ भने सरकार भिक्षु संघको दायक हुनु पर्दछ । सरकारले भिक्षु संघको रक्षा गर्नु पर्दछ । विशेष सहयोग गरिनु पर्दछ जसरी एउटा श्रदालु उपासकले विहार, चैत्य निर्माण गर्दछ, धर्मिक ग्रन्थ प्रकाशन गर्दछ । र पुण्यको काम गर्दछ । यसै प्रकार बौद्ध देश् को सरकारले गर्नु पर्दछ । जुन प्रकारले एक भिक्षु उपासकलाई सद्धर्मको उपदेश गर्दछ, सत्यको मार्ग देखाउछ । त्यस्तै भिक्षु संघले सरकारको सामाजिक, राजनैतिक जीवनमा धर्मको महत्वको सम्बन्धमा परामर्श दिने गर्दछ । जब राष्ट्र, सरकार, जनता या राजनैतिक नेता धर्मको मार्गबाट च्युत भएर जान्छ त्यति बेला यिनीहरूको समालोचना पनि गर्नु पर्दछ । यसरी भिक्षुबाट समालोचना गरेको देखेर हामिले यो बुझ्नु हुदैन की भिक्षुले राजनीति गर्दैछ भनेर । जबसम्म धर्मको प्रयोग राष्ट्रिय जीवनमा हुदैन पारिवारिक जीवनमा पनि उसको अधिकार विस्तारै विस्तारै कमी हुँदै जान्छ । धर्मको रक्षा गर्ने कर्तव्यको जिम्मा संघको हुन्छ । यसैले उसको कर्तव्य हुन्छ की राजनीति या जीवनको अरु कुनै क्षेत्रमा उसको (धर्म) को प्रयोग अझै देख्न सकियोस । व्यवहारिक राजनितीमा जाने त संघको कुनै प्रश्नै रहदैन । संघको सत्परामर्श त केवल शान्ति र सदभावको लागि मात्र हुन्छ ।      

“रिसले वैरभाव शान्त कहीले हुदैन अवैरभावले मात्र वैरभावलाई शान्त पार्न सकिन्छ । यहि सनातन देखि चली आएको धर्म हो”(३) धम्मपद

५,  संघको अनुमती बिना कुनै पनि भिक्षुलाई व्यक्तिगत रुपमा सरकारसग कुनै सम्बन्ध हुदैन । राज्यबाट कुनै किसिमको राष्ट्रिय सेवा लिनु हुदैन, राज्यले कुनै प्रयोजनको लागि भिक्षुलाई सेना, प्रहरीमा भर्ती गर्न मिल्दैन । तर बौद्ध देशहरूमा धार्मिक बिधिबिधान लगायत अन्य काममा सरकारले आग्रह गरेमा भिक्षुबाट गर्ने चलन पनि रहेकोछ ।

६,  बौद्ध गृहस्थी (उपासक) को सम्बन्ध भने सरकारसँग हुन्छ यस कारण उसले राजनीतिमा भाग लिना सक्दछ । तर पनि उसले धर्म अनुसार् आचरण गरोस राजनैतिक जीवनमा भन्ने संघले आशा गरेको हुन्छ ।

७,  भिक्षुले जब आफ्नो उपसम्पदा बिधी समयमा जुन नियम ग्रहण गर्दछ जस अनुसार भिक्षुले राजनीतिबाट सर्वथा अलग रहनु पर्दछ। “सांसारिक लाभको मार्ग अलग हो भने निर्बाण लाभको मार्ग बिल्कुलै अलग हो । यस प्रकार भगवान बुद्धको अनुगामी भिक्षुले समाजमा लाभ सत्कारको कामना गर्नु पर्दछ, यसलाई आफ्नो बिवेकले बृद्दी गर्नु पर्दछू । (४) (धम्मपद ७५) यसले स्पष्ट पारेकोछ की भिक्षुले कुनै पनि राजनितिक संगठनमा सामेल हुनु हुदैन । कुनै किसिमको राजनितिक सहयोग मत (भोट) दिनु हुदैन । राजनैतिक सभा सम्मेलनमा सहभागी हुनु हुदैन । निर्बाण मार्ग र राजनैतिक मार्ग एकै साथ् चल्न सक्दैन ।

सन्दर्भ सामाग्रीस्-
१, दिर्घ निकाय अग्ञ  सुत्र ।

२,  धम्मपद यमकवग्गो -१-५।

३, धम्मपद यमकवग्गो -१-५।

४, धम्मपद बालवग्गो  -५-७५ ।

 

                                                   भिक्षु मगर

                                                     थाईलण्ड

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %