दीपा आले
नेपालगन्ज भदौ ३० गते नेपालगन्ज, बर्दियाको दक्षिणपूर्वी क्षेत्रमा रहेको जमुनी र कालिका गाबिससंग जोडिएको नेपाल भारतीय सिमा छुट्टाउने सिमा स्तम्बहरु जिर्ण अबस्थामा पुगिसक्दा समेत मर्मतको लागि कसैको ध्यान जान सकेको छैन ।
बर्दियाको जमुनी र कालिका गाबिस संग सिमा जोडिएको क्षेत्रमा कति ओटा सिमा स्तम्ब छन भन्ने बारेमा आजका दिनसम्म कसैसंग एकिन तथ्यांक छैन ।
सिमा सुरक्षाका लागि खटिएको ससस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट जमुनी बर्दियाका अनुसार जमुनी र कालिका गाबिसमा ४० ओटा सिमा स्तम्बहरु रहेको तथ्यांक रहेपनि कुन कुन सिमा स्तम्ब कहांकहां छन भन्ने बारे स्यमं सिमा सुरक्षाकालागि खटिएका प्रहरीलाई समेत थाहा नभएको अवस्था छ ।
तस्बिरमा मात्र सिमत रहेका त्यस क्षेत्रका सिमा स्तम्बहरु आफनो ठांउमा छन या छैनन त्यसको निगरानी गर्न प्रहरी कहिल्लै नजाने गरेको स्थानियबासीहरु बताउछन । सिमानामा बसेको भारतीय सुरक्षा निकायका पदाधिकारी एक महिनामा चार पांच पटक सीमा स्तम्भको निरीक्षण र अनुगमन गर्न सिमासम्म आइपुग्छन् ।
तर नेपाली पक्षबाट भने अहिलेसम्म अनुगमन गर्न कोही नआएको स्थानीयबासिन्दाको गुनासो छ । सिमा स्तम्भ हराउंदा र भत्कंदा समेत बर्दियाका राजनीतिक दलहरुले पनि गम्भीरताका साथ लिएका छैनन ।
कतिपय सिमास्तम्बहरु भएको ठांउबाटै गायब भएका छन भने कतिपय सिमा स्तम्बहरु, पहिचान हुन पनि गा¥हो छ । सडकको नजिकै रहेको सिमा स्तम्ब पहिचान बिहिन बनिसकेको छ ।
सिमामा रहेका सिमा स्तम्बहरुको कथा बेथा त एका तिर छदैछ । त्यो संगसंगै बर्दियाको जमुनी र कालिकामा भारतिय प्रहरीको ज्यादतिले पनि यहांका स्थानियबासिहरुले सास्ती खेप्नुपरेको छ ।
बेलाबेलामा भारतीय प्रहरी गांउं पस्ने स्थानियबासीलाई कुटपिट गर्ने महिलाहरुलाई हातपात गर्ने लगायतका कृयाकलापले यहांका नागरीकहरु आजित बनेका छन । त्यति मात्र होईन केहि बर्ष पहिले नेपाली भुभागमै आएर भारतिय प्रहरीले लिएर गएका बर्दिया जमुनिका तुल बहादुर शाहिको अबस्था अझै सम्म पनि पत्ता लाग्न सकेको छैन । भारतिय प्रहरी गांउ पसी स्थानियबासिहरुलाई सताईरहदा पनि स्थानिय प्रसासनले भने केहि गर्न नसकेको बताउंछन स्थानीय बासिन्दा कालु पाण्डे ।
एकातिर भारतिय प्रहरीको ज्यादति अर्को तिर नेपाल प्रहरी बाट पनि शुरक्षाको अनुभुति गर्न नपाउनु यहांका बासिन्दाको बिडम्बना छ । तर केही महिना यता भने जमुनी र कालीकाका बासिन्दालाई गाई चरन र घांसपातकालागि भने सास्ती खेप्न नपरेको स्थानीय बासिन्दा बताउंछन् ।
सिमासुरक्षाको लागि खटिएको ससस्त्र प्रहरीको जमुनि पोष्टमा आवश्यक जनशक्ति पनि छैन । न त श्रोत र साधनको उपलब्धता नै छ । कपास बिकास समितिको गोदाममा बसेको ससस्त्र प्रहरी नेपाल भारतको सिमा भन्दा झण्डै ५ किलोमिटरको दुरीमा छ । तर प्रत्येक ५ किलोमिटरको दुरीमा एक एक क्याम्प रहेको भारतिय सिमा सुरक्षा बलको पोष्ट भने सिमा स्तम्बको नजिकै रहेको छ ।
त्यति मात्र होईन, भारतीय पक्षले दशगजा भित्रै खाल्डो खनेर आफनो सिमा छुट्टाएको छ । अन्र्तराष्ट्रिय मापदण्ड अनुसार दशगजादेखि १० मिटर सम्म कुनै पनि पक्षले सिमा संग सम्बन्धित कुनै कार्य गर्न पाईदैन । तर त्यसको अनुगमन गर्ने निकायनै नहुंदा नेपालको सिमा झनझन सर्दै आईरहेको छ ।
मुख्य मुख्य सिमा स्तम्ब बाहेक सहायक सिमा स्तम्ब एक दुई मात्र देख्न पाईन्छ । यति यो ठाउंमा गएर हेर्ने जोकोही नेपालीलाई यस्तो अवस्था देख्यो भने दुःख नलाग्ला भन्न सकिन्न । त्यति मात्र होइन कुनै स्थानमा सहायक सिमा स्तम्बहरु कहां छन भन्ने कुनै चिन्ह नै छैन । भएका सम्तम्बहरु पनि हराउंदै जिर्ण हुंदै गएका छन् । स्तम्बमा लेखिएका संकेतहरु पनि मेटिदै छन् ।
देशको गौरब बढाउने सिमा स्तम्ब नै दिनप्रति दिन गायब हुंदा र जिर्ण बन्दा त्यस तर्फ कुनै पनि पक्षले अनुसन्धान तथा मर्मतको पहल नगर्नुले कोहि पनि राष्ट्रियता प्रति जिम्मेबार छैनन भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले राष्ट्र र राष्ट्रियताको नारा लगाउने राजनैतिक दलका नेताहरुले एक पटक बर्दियाको जमुनी र कालिकामा रहेका सिमा स्तम्बमा नजर पुराउन सके अलिकति भएपनि राष्ट्रियताको गौरव बढ्ने थियो की ?