प्रथम हंगकंग डान्स आइडल रेनु विबाह बन्धनमा बाधिइन

Read Time:1 Minute, 45 Second

हंगकंग १६ सेप्टेम्वर, फियोना हंगकंगको आयोजना सम्पन्न हुने हंगकंग डान्स आईडलको पहिलो उपाधि जित्न सफल रेनु थापा राजिब राईसँग बिवाह बन्धनमा बाधिएकी छिन । श्रीमान राजिव बेलायती सेनामा कार्यरत भएकोले अब बेलायत तिर नै जाने सोचमा रहेको रेनुले बताइन । उनी २००९ हंगकंग डान्स आईडल भएकी थिइन । हाल सम्म हंगकंगमा चार जना डान्स आइडल भइसकेका छन ।
१५ सेप्टेम्वर आइतबारका दिन वान चाईको सन हुन्ग काई सेन्टर स्थित तामरीन्ड रेष्टुरेण्टमा आयोजना गरीएको प्रिति भोज भब्य समारोह विच सम्पन्न भएको छ । उक्त भोजमा देशी तथा विदेशी पाहुनाहरुको भब्य उपस्थिति रहेको थियो र सवै पाहुनाहरूले नबदाम्पतिलाई बधाई दिनु भएको थियो । प्रथम डान्स आइडललाई आश्चर्यमा पार्दै तिन जान डान्स आइडलले अन्य कालाकारहरुसँग युगल तथा एकल नृत्य प्रस्तुत गर्दै नबदाम्पत्ति रेनु र राजिबलाई नचाएका थिए । कार्यक्रम साह्रै रोचक र मनोरञ्जनपूर्ण भएको थियो । कलाकारहरुको बाक्लो उपस्थितिले गर्दा नृत्य गर्नेहरुले पालो पाएका थिएनन तर पछि समूहिक नृत्य शुरु भएपछि सवै जना जमेरै उज्यालो हुने बेलासम्म नाचेका थिए ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %