प्रहरी प्रमुख भए पछि तपाईका प्राथमिकता के– के हुने छन् ?
पारर्दर्शी जनमुखी जवाफदेही पूर्ण प्रहरी सेवा, सूचनामा आधारित प्रविधियुक्त कार्य अनुसन्धान अनि नियन्त्रण । यसका साथै मानवअधिकारको संरक्षण र संवद्धन भष्ट्राचार अपराध दण्डहिनता विरुद्ध शुन्य सहनशीलता जस्ता विषयलाई हामीले मुख्य प्राथमिकता निर्धारण गरेर कार्य गर्नेछौ ।
यत्रो राजनीतिक अस्थिरता छ अनि सरकारले तपाइँका प्राथमिकतामा साथ देला ,कतिको सहयोग पाउँला भन्ने आशा राख्नु हुन्छ ?
काममा मैले अवश्य नै सहयोग पाउँने छु । मैले उठाएको कुरा सरकारकै आवश्यकता पनि हो । यसमा सरकारले संरक्षकत्व प्रदान गर्नु पर्छ ।
तपाईमा कार्यकुशता अनि नेतृत्व लिने सक्ने क्षमता भए पनि जातीय आधारमा काम गर्दछ , जनजातिका मानिसहरुलाई च्यापेर काम गर्दछ भन्ने आरोप पनि तपाई माथि लागेको छ नि ?
त्यस्तो कुरा मैले थाहा पाएको छैन । यदि त्यस्तो आरोप म माथि लागेको छ भने अत्यान्तै निराधार र आरोपका लागि आरोप लगाइएको मात्र हो । यस्तो कुरा प्रहरी संगठनमा बुझदा पनि राम्रो हुन्छ । पारर्दशी ढंगबाट र नियममै रहेर मैले आफू मातहत जिम्मेवारी क्षेत्रमा काम गरेको छु । यो नितान्तै कपोलकल्पित र पूर्वाग्रह राखेर भनिएको मात्र हो ।
तपाईसंगै प्रतिस्पर्धा गरिरहेका दुई जना प्रस्तिपर्धीलाई उछिनेर तपाई प्रहरी महानिरीक्षक पदमा बढुवा हुनु भएको छ, उहाँहरु प्रति तपाईको व्यवहार कस्तो रहन्छ ?
(हास्दै) …उहाँहरु मेरो गत २९ बर्ष अगाडि देखिका मेरा सहकर्मी र एउटै व्याचका अनन्य मित्र हुनु हुन्छ । सहकार्य र सहयात्रीको हिसाबले उहाँहरु प्रति मेरो सद्भाव रहने छ । हामीले एउटा टीमका रुपमा काम गर्ने मेरो प्रतिवद्धता छ । उहाँहरुलाई पनि त्यस किसिमको उपयुक्त बातावरण बनाएर अगाडि बढ्न प्रेरित गर्ने छु ।
यस अगाडिका पूर्व प्रहरी प्रमुखहरुको केश सन्तोषजनक र आशालाग्दो देखिन्न अधिकांश प्रहरी प्रमुखहरु भष्ट्राचारको मुद्धामा आरोपित छन् र कति को त मुद्धा अदालतमा चलिरहेका अवस्था छ । त्यस्तै पदमा तपाई पुग्नु भएको छ ?
यो कुरा संगठनका लागि पनि निकै दुर्भाग्य पूर्ण कुरा हो । त्यस्ता घटना र त्रुटिहरुबाट हामीले धेरै पाठ सिकेका छौ । त्यो पाठबाट पुनः त्यस्ता संस्थागत र व्यक्तिगत गल्तीहरु नहुन् भन्नका लागि हामी अत्यन्तै सजग र सचेत छौ ।
विगतमा गृह मन्त्री र प्रधानमन्त्रीले प्रहरी संगठनमा अत्यान्तै राजनीतिक हस्तक्षेप गरेर स्वतन्त्र रुपले काम गर्न दिदै दिएनन् भन्ने आरोप पनि लागेको छ । तपाई माथि त्यस्तै हस्तक्षेप भयो भने त्यसलाई नियन्त्रण गरेर स्वतन्त्र पूर्वक काम गर्न सक्नु हुन्छ ? त्यस्तो गर्न सक्छु भन्ने तपाइँमा त्यस्तो आत्मविश्वास छ ?
राजनीतिक नेतृत्वको सही निर्देशनहरुलाई कार्यान्वयन गदै आफूले गर्न नसक्ने ज स्तो कुरालाई राजनीतिक नेतृत्वलाई स्पष्ट पार्दै सही संयोजनका साथ अगाडि बढ्ने मेरो प्रयास रहने छ ।
(महानिरीक्षकमा नियुक्त भए पछि कुवेर सिंह रानाले बीबीसी नेपाली सेवालाई दिएको पहिलो अन्तर्वार्ता )
जातीय आधारमा काम गर्दछ भन्ने म माथि लगाएको आरोप मात्र हो : कुवेर सिंह राना नवनियुक्त प्रहरी महानिरीक्षक
Read Time:4 Minute, 32 Second