२८ भदौ, काठमाडौं, नेपाल प्रहरीको सर्बोच्च पद महानिरीक्षकमा कुवेर सिंह राना बढुवा भएका छन् । महानिरीक्ष पदमा तीन एआइजी नबराज ढकाल, भीष्म प्रसाई र कुवेर सिंह राना प्रतिस्पर्धी थिए । बरिष्ठता कार्यसम्पादनमा कुशलता र जनजाति समेत रहेकाले तीनै आधारबाट रानालाई सर्व सहमति कायम गरि मन्त्री परिषद्बाटै प्रहरी महानीरिक्षक पदमा बढुवा गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले बताए । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र गृह मन्त्री विजय कुमार गञ्छादार बीच प्रहरी प्रमुखमा कसलाई बढुवा गर्ने भन्ने विषयमा विगत एक महिना देखि विवाद कायम भए पछि प्रहरी महानिरीक्षकको बढुवा लम्बिन पुगेको थियो । प्रहरी प्रमुख अवकास लिनु अगाडि दुई साता अगाडि देखि विदामा बस्ने परम्परा समेत यो पटक तोडिएको छ । प्रधानमन्त्रीको पटक– पटक आग्रहमा गृहमन्त्री ढिलो मात्र सहमति जनाउँन पुगेका थिए । गृहमन्त्री विजयकुमार गञ्छादारले प्रसाइ वा ढकाललाई र प्रधानमन्त्री भट्टराईले रानालाई बनाउँनु पर्ने अडानका कारण प्रहरी महानिरीक्षकको नियुक्ति विवादमा तानिएको थियो । प्रहरी महानिरीक्षकको बढुवाको विषयमा विवाद भए पछि गृहमन्त्री, प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्ड बीच पटक –पटक छलफल समेत भएको थियो । पछि गृहमन्त्री गञ्छार रानाको पक्षमा सहमत भए पछि मन्त्री परिषद्मा प्रस्ताव लगेका थिए । नेपाल प्रहरीको महानिरीक्षकको बढुवा विगतमा जस्तै यस पटक पनि राजनीतिक हस्तक्षेपबाट अछुतो रहन सकेन । तर कार्यसम्पादन कुशलता अनि स्वच्छ छवीका रानाको नियुक्ति समावेशी सिद्धान्तलाई समेत टेकेर गरिएकोमा अलोचनाको स्वर सुनिएको छैन । ५२ बर्षिय कुवेर सिंह राना शुक्रवार गृह सचिव नवीन घिमिरेबाट सपथ लिएर कार्यभार समाल्दै छन् । उनको कार्यकाल १४ महिनाको हुने छ ।
(राज्यसत्ता नेपाल व्युरो )
कुवेर सिंह राना प्रहरी महानिरीक्षकमा बढुवा
Read Time:2 Minute, 46 Second