एम बि थापा दर्लामी मगर, ६ सेप्टेम्वर २०१२ गतेका दिन फेशवुक मार्फत पाएको लेख आफ्नो शत्रुको खोजि आफै भित्र गर्दा आदिवासी समुदायको भलो हुनेछ । शिर्षकको हरिशंकर पराजुलीको (बिराटनगर) समाचारको निम्न अंशहरु प्रति म एम बि थापा दर्लामी मगरको ध्यान आकर्षण भएको छ !
आइ जी पी लाइ गृह मंत्रालयको सिफारिशमा मन्त्रिपरिषदले नियुक्ती गर्ने हो, मन्त्रिपरिषद्को अध्यक्ष भनेको प्रधानमन्त्री हुन् । प्रधानमन्त्रिले साच्चिकै कुवेरसिंह राना मगरलार्इ नियुक्ति गर्न चाहन्छन अथवा चाहन्थे भने राना अवश्य नियुक्ति हुन सक्थे । तर प्रधानमन्त्री मैले कुटे जस्तो गर्छु त रोए जस्तो गर भन्ने वाहना रहेकाले राना आइ जि पि मा नियुक्ति हुन नसकेको पनि हुन सक्छ । प्रधानमन्त्री भट्टराई आदिवासी जनजातिका हिमायती हुन भन्नु त्यति मिल्ने कुरो होइन । यसलाई गृह मन्त्रि गच्छदार त देखाउने दात मात्र हुन् चपाउने दात त वाहुनवादै हो ।
“वाहुन जन्म जातै उच्च जाति हो, आदिवासी माथि शासन गंर्ने उसको नै सर्गिक अधिकार हो”
यस कुरामा हामी आदिवासी जनजाती सहमत छैनौ । कुनै वेला त्यस्तो समय (वैदिककाल) थियो होला । तर यो लोकतान्त्रीक समयमा यो सम्भव छैन । जस्तै (भीमसेन थापालाइ सम्झे हुन्छ) मान्छे जन्म जातले ठुलो हुने होइन । मान्छे त कर्म र दिलले ठुलो हुने हो । महांकवि लक्ष्मी प्रसाद देवकोटा (वाहुन) ले मान्छे जातले होइन दिलले ठुलो हुन्छ भन्नु भएको छ यो कथनलाई एकपटक स्मरण गर्नु भए राम्रो हुने थियोकी !
“पूर्वका राइ लिम्बुले वि पी कोइरालाको वंशलाई स्थापित गरे, पश्चिमका मुर्ख मगरहरुले वाहुन प्रचण्ड र वावुरामलाई हिरो बनाए । अव निर्णय गरौ आदिवासी की वाहुन दोषी”
दोषी त वाहुनहरु नै हुन् किनभने वाहुनहरुले आदिवासीहरुलार्इ मलाइ नेता बनाउनु होस म तपाइहरुलाई जातिय मुक्ति दिन्छु भनेर आदिवासी जनजातीहरु वाहुनको झुट्टो वोलीमा भर परे । वेइमान र विस्वाश्घात गर्ने दोषी हुन्छ कि वेइमान र विस्वाश्घातमा पर्ने दोषी हुन्छ…? लेखकले आफै छुट्ट्याए पनि हुन्छ । हाम्रो दोष त यत्ति मात्र हो हामीले आफै हिरो बन्नुको सत्टो अर्कालाई हिरो बनायों । यसबाट हामीले राम्रों शिक्षा पार्योंकी अर्कालाई हिरो बनाउने होइन रहेछ । वरु आफै हिरो बन्नु पर्ने रहेछ ।
“पश्चिमका मुर्ख मगरहरुले वाहुन प्रचण्ड र वावुरामलार्इ हिरो बनाए”
मगरहरु मुर्ख होइनन, वरु इमान्दार हुन् । वाठो भनाउदाहरु इमानदारितालाई मुर्खातासंग तुलना गर्छन । लेखकज्यु पनि यही रनभुलमापर्नुभएजस्तोछ । नेपाल वनाउन मगरले गरेको योगदान मगरको मुर्खता हो…? प्रचण्ड र वावुरामलाई हिरो वनाएर नेपालमा सङ्घीय लोक्तात्रिक गणतन्त्र ल्याउन मगरले गरेको वलिदान पनि मुर्खता हो…? आखा फुटेको गोरुले सबै सधै हरियो मात्र देख्छरे ।
“सय वर्षसम्म यस देश वाट वाहुनलाई हल्लाउन सक्ने क्षमता कसैमा पनि छैन”
एक ताका अन्तिम राणा प्रधानमन्त्री मोहन समशेरले बि पी लार्इ पनि यस्तै – येस्तै कुरा भनेका थिए I राजकाज गर्न निधारमा लेखेर आएको हुनुपर्छ । यो भनाइ भनेको पुग नपुग ३ । ४ वर्षमा बि पी उहासंग गृहमन्त्री भए र त्येसको करिव ७ । ८ वर्ष पश्चात देशका प्रधानमन्त्री पनि भए । मोहन शमसेरको त्यस्तो हुकार खोलै – खोला गयो । कतै त्येस्तै त नहोला । अर्को कुरा पनि भन्न मन लग्यो अहिले वाहुन दुइ खुट्टे होइन, एक खुट्टे भइसकेको छ । अर्को खुट्टा त मधेसी जनता हो । लंगडा मान्छेको फुर्ति पनि गजवकै छ बा ! त्येसैले सय वर्षको परिकल्पना त पर जावस आज हो कि भोलि जस्तो छ ।
“अव वाहुनको गन्तब्य नेपाल होइन अमेरिका र युरोप हो”
वाहुनको थुप्रै कमी कमजोरी र दोषहरु मध्ये देशप्रति साच्चिकै प्रेम नहुनु पनि हो । एक उनीहरु यो माटोमा जताबाट भागेर आएका थिए अव भागेर उतै जान खोज्दैछन् । येही वसेर सवै जात जातिका नेपाली जनतासंग समानताको आधारमा नागरिक सम्वन्ध बनाएर येही माटोलाई फलाउने फुलाउने चिन्तन छैन । “जोगीको चाल जोगि कै भए जस्तो परदेशी रात काटेपछी हिडे जस्तो” । वाहुनको मतलवी र स्वार्थी मनोवृत्ति नेपाल र नेपालीको लागि सुगौली सन्धि देखि अभिशाप वन्दै आएको छ । अव अझै के के हुने हो । धर्मपुत्रू जस्तो होइन, छोरा भएर वोल्नुहोस । चुच्चेढुङ्गो उहीटुंगो भने झैँ वाहिरबाट आएका वाहुन्हरु फेरी वाहिरै जान चाहन्छन । नत्र वाहुनको गन्तब्य अमेरिका र युरोप नभई नेपाल नै हुने थियो होला ।
हरिशंकर पराजुली (बिराटनगर) ज्युको लेख हेर्नलाई यसमा क्लिक गर्नु होस
http://www.samabad.com/show.php?sn=850&atsn=33
(दर्लामी मगर आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष हुन)