अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिति अमेरिकाको आयोजनामा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता हुँदै

Read Time:6 Minute, 47 Second

विश्वमै पहिलो पटक नयाँ ढंग बाट अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिति अमेरिकाको आयोजनामा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता हुँदै !

 
अन्तराष्ट्रिय नृत्य प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी एक हजार डलर पुरस्कार प्रदान गरिने

अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिति अमेरिकाको आयोजनामा विश्वमै पहिलो पटक नयाँ ढंग बाट अन्तराष्ट्रिय नृत्य प्रतियोगिता हुने भएकोछ । संसारका जुन सुकै देश बाट, जुन सुकै उमेरका, जुन सुकै प्रतिभाहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने ब्यबस्था गरिएको छ । नेपाली वा अङ्रेजी भाषाका गीतहरुमा वा सँसारको जुनसुकै देशको जुनसुकै भाषाको म्युजिकमा जो कसैले पनि नृत्य प्रतियोगितामा भाग लिन पाउने उक्त अन्तरराष्ट्रिय नृत्य प्रतियोगितामा  प्रथम हुनेलाई एक हजार अमेरिकी डलर पुरस्कार, दोस्रो हुनेलाई  पाँच सय अमेरिकी डलर पुरस्कार, तेस्रो हुनेलाई तिनसय अमेरिकी डलर पुरस्कार, चौथा  हुनेलाई दुइसय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।  प्रतियोगितामा सहभागी हुन कम्तिमा दुई मिनेट र बढीमा ६ मिनेट सम्मको नृत्य हुनुपर्ने, एक जनाको एकल वा बढीमा २० जना सम्मको ग्रुप नृत्यलाई प्रतियोगितामा समाबेश गरिने मँचले स्पस्ट पारेको छ । प्रतियोगिता मुल्याकनका लागि कला क्षेत्रका बिशिस्ठ हस्तिहरुलाई निर्णायक (जज) राखिएको छ । अन्तराष्ट्रिय कलाकार मँचका सल्लाहकार एबम प्रसिद्ध नायक सरोज खनाल, मँचका केन्द्रिय सदस्य एबम चर्चित नायिका गौरी मल्ल, मँचकी उपाध्यक्ष एबम नायिका जल शाह, महा – सचिब एबम लोकप्रिय नायक रमेश उप्रेती, मँचका केन्द्रिय सदस्य  एबम न्रित्यमा माहिर नायिकाहरु सारँगा श्रेष्ठ र अनुपमा प्रसाइ, चलचित्र क्षेत्रका धेरै नायक नायिकालाई न्रित्य निर्देशन गरेका बरिस्ठ   न्रित्य निर्देशक, नृत्यकार, मँचका केन्द्रिय सदस्य नबिन केसी, अन्तराष्ट्रिय रुपमै नृत्यमा ख्याती कमाएका नृत्य नायकहरु मँचका केन्द्रिय सदस्य श्याम खड्की र यज्ञमान शाक्य, सचिब एबम गीतकार प्रकाश नेपाल रहनुभएको छ । त्यसै गरी मँचका सल्लाहकार बरिस्ठ लोक गायक, अमेरिकाका लागि महा बाणिज्यदुत प्रेम राजा महत जुरी रहनुभएको कुरा मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले बताउनुभएको छ ।  यो प्रतियोगिता संसार भरी रहेका नेपाली र अन्य कलाकार र लुकेका प्रतिभाहरुलाई समेत कोशेढुँगा साबित हुने कुरामा मँच पूर्ण रुपमा आशाबादी छ भन्दै अध्यक्ष खनाल ले यो प्रतियोगिता सफल पार्न संसार का २५ भन्दा बढी देश मा स्थापित मँचका शाखा महा शाखा सबै सक्रिय भएर लाग्ने बताउनुभएको छ । विश्वमै पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकार को नौलो र पहिलो कार्यक्रम हो ।  मँचका सल्लाहकार, बरिस्ठ लोक गायक, अमेरिकाका लागि महा बाणिज्यदुत प्रेम राजा महत “यो त साह्रै राम्रो कदम भयो । संसार भरिका कलाकार र लुकेका प्रतिभाले प्रतियोगितामा भाग लिन पाउनु, पहिलो पटक यस किसिमको आयोजना हुनुले आफु उत्साहित भएको” बताउनुहुन्छ ।
प्रतियोगितामा समाबेश हुन इच्छुक ब्यक्ती वा समुहले सेप्टेम्बर ३० तारिख भित्रमा आफुले नृत्य गरेको भिडियो यु ट्युबमा  (YouTube) अपलोडगरी भिडियोको लिंक  (एउटै सर्टमा खिचिएको हुनुपर्ने, एडिट गर्न वा जोड जाड गर्न नपाईने) मँचको ईमेल Internationalartistsforum@gmail.com ,  IafAmerica@gmail.com मा पठाउनुपर्ने, जुन सुकै क्यामराले खिचिएको भए पनि हुने तर  भिडियोमा न्रित्य हाउभाउ सबै प्रस्ट देखिने गरी खिचिएको हुनुपर्ने मँचले स्पस्ट पारेको छ । निर्णायकहरुले भिडियोको आधारमा मुल्याङ्कन गरी निर्णय सार्वजनिक गर्ने र प्रथम, द्वितिय र त्रितिय हुने ब्यक्ती वा समुहलाइ अमेरिकाको वाशिङ्टन डिसीमा एक कार्यक्रमा आयोजना गरी अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माको हात बाट पुरस्कार प्रदान तथा सम्मान गरिने छ ।   संसार भरका जो सुकै पनि समाबेश हुन सकुन भनेर यस किसिम को प्रतियोगिता पहिलो पटक गर्न लागिएको र प्रतियोगितामा भाग लिन कोही पनि बन्चित नहुने आयोजक अन्तराष्ट्रिय कलाकार मँच को विश्वाश छ । मँचको केन्द्रिय समितिमा रहेका पदाधिकारी, सदस्य, निर्णयकहरु र तिनका छोरा छोरी बाहेक अरु जो सुकैले पनि प्रतियोगितामा भाग लिन पाउने छन ।    कार्यक्रम सम्बन्धी थप  जानकारीका लागि अन्तराष्ट्रिय कलाकार मँचको वेब साइट www.IAFAmerica.com  भिजिट गर्न सक्नुहुन्छ । 




                                               

                                                  Sincerely 

                              नेपाल मदर डट कम   NepalMother.com

                

 

 

 

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %