बुद्ध जन्म स्थलबारे सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुद्धारा इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा “कपिलबस्तु दिवस” विस्वदिवसको रुपमा मनाए पस्चात यस्लाई निरन्तरता दिन कपिलवस्तु दिवस अभियान (हाल लुम्बिनी-कपिल वस्तु दिवस अभियान) को नाममा बिस्वकार्य समिति गठन गरी बिस्वब्यापी रुपमा गतिबिधि गर्दै आएको छ । बुद्धको जन्म स्थलबारे दिग्भ्रम निस्तेज पार्ने उद्धेस्य अनुरुप गुगलमा भएको गलत जानकारी सच्याउने काम गर्नुका साथ साथै बिभिन्न राष्ट्रिय अन्तरास्ट्रिय संस्थाहरुलाई सोही प्रयोजनको लागि समन्वयको आह्वान गर्ने, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र नेपाल सरकारलाई अन्तरास्ट्रिय संगोस्ठी मार्फत तयार गरिएका सुझाबहरु दिने काम भएका छन ।
बिभिन्न कारणहरुले गर्दा बुद्ध जन्मस्थल दिग्भ्रमले बिस्वब्यापी रुप लिंदा समेत कैयौं नेपाली युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा छन । यसरी नेपालको पहिचान बोकेको बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले लिएको बिस्वब्यापी समस्या समाधानका खातिर आ-आफ्नो क्षेत्रबाट योगदान दिनु सबै नेपालीको नागरिकीय पदीय दायित्व भएको र बुद्ध जन्मस्थल प्रबर्द्धन कार्यमा राष्ट्रिय अन्तरास्ट्रिय ब्यक्ति र संस्थाहरु समेत सकृय हुन थालेको सन्दर्भमा यस किसिमका गतिबिधिहरुलाई अभिप्रेरित, उत्प्रेरित र सहयोग गर्दै अझै सशक्त बनाउने अभिप्रायले गैरआवासीय नेपाली संघको सिडनीमा भएको सातौं क्षेत्रीय सम्मेलनको क्रममा सेप्टेम्बर १, २०१२ का दिन अभियानमा गैरआवासीय नेपाली संघको सहकार्यमा संयुक्त रुपमा नौ सदस्यीय “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति” गठन गर्ने निर्णय गरेको छ । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व कार्य समिति जापान संयोजक ओम गुरुङको मूल संयोजकत्वमा गठित समितिका संयोजकहरुमा सोनाम लामा (अमेरिका), पिजिशेर्पा (बेल्जियम), मिनाशर्मा (नेपाल), संगिता मरहट्टा (वेलायत), निमा ग्याल्जेशेर्पा (सिडनी), राजुशाक्य (मेलबर्न), शिवकुमारराई (अमेरिका) र भगवती बस्नेत (इजरायल) हुनुहुन्छ । यस समितिका गतिबिधिहरुलाई संचारका माध्यमहरु मार्फत सुसूचित गर्न संचार संयोजकको जिम्मेवारी संगिता मरहट्टाले गर्नु हुनेछ ।
उपर्युक्त उद्धेस्य प्राप्तीका लागि समितिले आवश्यकता परेको खण्डमा उपयुक्त ब्यक्तिहरु थप्ने र उपसमितिहरु गठन गर्नेछ । समितिले उद्धेस्य प्राप्तीका खातिर आबस्यक्तानुरुप स्वतन्त्ररुपमा अथवा अभियान र गैरआवासीय नेपाली संघ लगायत अन्य संघ संस्थासंग सहकार्य गर्नेछ ।
बुद्ध जन्मस्थलबारे यस किसिमले देखा परेको विस्वब्यापी दिग्भ्रमका कारण बर्षेनी बुद्धप्रति आस्थाबान हजारौं बिस्वपर्यटकहरु अज्ञानताबस अथवा झुक्याइएर गलत ठाउँमा पुग्ने वा पुर्याइने कामले उनीहरुको मानब अधिकारको हनन र आस्थाप्रति एक किसिमले कुठाराघात हुने भएकोले बुद्धजन्मस्थलबारे सिर्जित दिग्भ्रम निस्तेज गर्ने कार्यमा लाग्नुको स्पस्ट अर्थ विस्व मानबाधिकार संरक्षण र सम्बर्द्धन कार्यमा संलग्न हुनु पनि भएकोले यस पुनित कार्यमा सबैको सहयोग हुने कुरामा आशाबादी छौं । स्मरण रहोस लुम्बिनी कपिलवस्तु दिवस अभियानले छोटो समयमा नै चौध वटा राष्ट्रिय समिति गठन गर्नुका साथै नेपालमा पत्रकारहरु र पर्यटन ब्यबसायीहरुको छुट्टाछुट्टै समिति र स्थानीय स्तरमा पनि समितिहरु गठन गर्ने काम गरिसकेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने र लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक रामकुमार श्रेष्ठ नव गठित यस लुम्बिनी प्रबर्द्धन अन्तराष्ट्रिय समितिका सल्लाहकारका रुपमा रहनु हुनेछ ।
राम कुमार श्रेष्ठ
लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्वसंयोजक
जीवा लामिछाने
अध्यक्ष, गैरआवासीय नेपाली संघ
N Sherpa