हाम्रा माग सम्बोधन हुने अवस्था अब छैन : अशोक राई

Read Time:1 Minute, 41 Second

एमालेका नेता अशोक राईले पार्टीसंग भएको छलफलमा आफ्ना माग बारे कुनै सुनुवाई नभएको बताएका छन् । पहिलेको अवस्थाबाट कलिकति पनि नेतृत्व लचिलो नबनेकोले पहिलेकै अडानमा आफूहरु कायम रहेको उनले बताएका छन् । आफूले माग अगाडि सारेको साँढे दुई महिना वितिसक्दा पनि पार्टी नेतृत्वले स्पष्ट दृष्ट्रिकोण समेत नदिएको र पार्टी नेतृत्व प्रर्याप्त तयारी नै नगरी प्रस्तुत हुदाँ माग सम्बोधन हुने आधार समेत नरहेको उनले बताए । माग सम्बोधन हुने छाँट नभएकाले पार्टी छाड्ने संभावना कायम रहेको समेत उनले बताएका छन् । नेतृत्वले पार्टी भित्रै अन्तर संघर्ष गर्न मात्र सुझाएको उनले बताए । नेतृत्वसंग छलफल गर्न एमालेका नेता पृथ्वी सुब्वा गुरुङ, अशोक राई लगायतका नेताहरु पार्टी कार्यालयमा पुगेका थिए । एमालेका नेता विजय सुब्वा छलफलमा सहभागी भएका छैनन् । अध्यक्ष झलनाथ खनाल अस्वस्थ्य भएपछि महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु र जनजातिका  नेताहरु बीच छलफल भएको थियो । शनिवार देखि स्थायी समिति बैठकमा एमाले असन्तुष्ट समूहका माग उपर छलफल सुरु भएको छ ।

(राज्यसत्ता नेपाल व्युरो )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %