हङकङ, बिजय लिम्बुको संयोजकत्वमा हङकङमा रहेका आदिबासी जनजातिहरूको युवा भेलाले २५ सदसिय तदर्थ समिति गठन गरेको छ । जोर्डन स्थित मगर संघ हङकङको कार्यालयमा आयोजित भेलामा नेपाली आदिवासी जनजाति महासंघका अध्यक्ष एमबी थापा दर्लामी मगरको अध्यक्षतामा उक्त तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको सचिवमा हङकङ नेपाल बडिबिल्डिङ एशोसियसनका सचिव तिलक सोमई मगर रहेको छ भने अन्य सदस्यहरुमा टिका राई, दिलिप बेघा, राज लिम्बु, बिजय श्रेष्ठ, रोशन गुरुङ, आदम पुन, जगत लिम्बु, होमबहादुर सिजाली मगर, बिभेद राई, प्रेम गुरुङ, कुमार लिम्बु, नबिन गुरुङ, कमल पुन, मनि लिम्बु, कुशल पुन, दिपेश श्रेष्ठ, सुमन थापामगर, अशोक चौधरी, भिम केशर राई, तमुर तामाङ, नबिन राई, मक्षिन्द्र लिम्बु तथा राजन लिम्बु रहेका छन् ।
तदर्थ समिति गठन पश्चात संयोजक लिम्बुले यस आदिबासी युवासंघले राम्रो काम गर्ने छ भन्ने बिश्वास लिएको बताउँदै आफ्नो तर्फबाट जानेको र सकेको सक्दो काम गर्ने नजानेको सिक्ने बताए भने सचिव पदमा आएका तिलक सोमई मगरले यस युवासंघको बिकासको लागि आफूले सक्दो प्रयास गर्ने बताउँदै तीन महिना भित्रमा यस समितिले बैधानिकता पाउने बताए ।
हङकङमा आदिवासी जनजातिको सवालमा आवाज उठाउँदै आएका अधिराजराई, नरेश सुनुवार, चुरा थापा, किसन राई, मोती चाम्लिङ लगायतहरूको उपश्थित रहेको उक्त भेलालाई आदिवासी महासंघका अध्यक्ष एमबी थापामगरले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै आगामी तीन महिना भित्र अधिवेशन गरि पहिलो कार्य समिति चयन गर्नेछ भन्ने बिश्वास व्यक्त गरेका थिए ।