बुद्ध धर्म संसार कै सबै भन्दा पुरानो धर्म हो । अहिले विश्वमा मुख्य रुपमा चार प्रमुख धर्म रहेका छन् l जनसंख्याको हिसाबमा विश्वको दोश्रो ठुलो धर्म बुद्ध धर्म हो । जनसंख्याको दृष्टिले इसाइ धर्म ठुलो भएता पनि इसाइ धर्म भन्दा बुद्ध धर्म ६ सय बर्ष पुरानो धर्म हो भने मुस्लिम धर्म भन्दा १२ सय बर्ष पुरानो धर्म हो । इसाइ धर्मका प्रवर्तक जेसिस चौध बर्षको उमेरमा बुद्ध धर्म अध्यनको लागि भारतमा आएका थिए । इसाको दुई सय बर्ष पहिले अशोक महाराजले बुद्ध धर्म प्रचारको लागी सयौ “मग्ग” जातिहरूलाई धर्म दुतको रुपमा प्रसिया, ग्रीक, इजिप्ट, उत्तरी अफ्रिकासम्म पठाएर बुद्ध धर्मको ब्यापक प्रचार गर्नु भएको थियो । (हे. Asok and his Inscriptions page n.109) जसको कारणले पश्चिमा मुलुकमा बुद्ध धर्मको राम्रो प्रभाव थियो । यहि कारणले जेसिस बुद्ध धर्म अध्ययनको लागि चौध बर्षको उमेरमा बर्तमान भारतको कश्मिरमा आएका थिए । पन्ध्र बर्षसम्म उनी भिक्षु भएर बसेका थिए उनन्तीस बर्षको उमेरमा जेरुसेलम फर्केका थिए । (हे.The unknown life of Jesus) तर नेपालका नयाँ इसाइहरू यो कुरालाई मान्न तयार छैनन । उनीहरू यसो भन्छन् यो कुरालाई बङगाएर जेसिस कास्मिरमा काठ मिस्त्रीको काम गर्न आएका थिए भनेर स्वयं आफूलाई र अरुलाई पनि ढाँटी रहेका छन्। जेसिसले पन्ध्र बर्षसम्म बुद्ध धर्म अध्यन पछि आफूले सिकेको ज्ञान आफ्नै जन्मस्थान गएर धर्म प्रचार गर्छु भनेर फर्किए पछि उहाँका अनुयायीहरूले उहाँलाई ईश्वरको दुत (Prophet) बनाए । (हे.The unknown life of Jesus) भने तात्कालिन समयमा हिन्दू धर्म भन्ने थिएन । अहिले हिन्दूहरूले जसरी हजारौं बर्ष पुरानो हिन्दू धर्म हो भनेर प्रचार गरेता पनि यसको प्रमाण पाइदैन । हिन्दू धर्मको सुरुवात भएको पाचौ शातव्दीबाट मात्र भएको प्रमाण पाईन्छ । यसले के स्पष्ट हुन्छ भने हिन्दू धर्म भन्दा बुद्ध धर्म १००० बर्ष पुरानो धर्म हो । बुद्धकालिन समयमा एउटा धार्मिक बिधी थियो जस लाई बैदिक धर्म भनिन्थ्यो। पाचौ शताब्दी भन्दा पहिले हिन्दू धर्म चिनऊने कुनै बस्तुकला पाइदैन l (हे.Religion of India,prf.Bhandaakar) यदि हिन्दूहरूले भने अनुरुप देवनागरीलाई नै प्राचिन मान्ने हो भने अशोक स्तम्भमा लेखिएको “”भर्मिये रिक्की”” (ब्रह्मी लिपि) मा रहेको लिपी भन्दा पुरनो हुनु पर्ने हो तर हिन्दू धर्मको सबै भन्दा पुरानो ग्रन्थ “रुद्र दमन” सस्कृत भाषामा भएता पनि लिपी भने ब्रह्मी लिपी (भर्मिये रिक्की) मै लेखिएको छ । (हे.Buddhist India. Rhys Davids)
यसले पनि के स्पष्ट हुन्छ भने साहित्य, लिपी यावत कुरामा हिन्दू धर्म भन्दा बुद्ध धर्म धेरै पुरानो भएको स्पष्ट हुन्छ । तिनै “मग्ग” जाति (आज का मगर) ले लिपी, साहित्य संसारमा सबै भन्दा पहिले बिकास गरेका थिए । तिनै “मग्ग” मगधीहरू बुद्ध धर्म अनुयायी थिए जसले आफू लाई लिपी, सहित्य सिर्जनामा अब्बल बनाए आज तिनै मग्गका सन्तान मगरहरूमा ती सबै नरहेता पनि बिभिन्न कुराहरू भाषागत रुपमा, सास्कृतिक रुपमा, परम्परागत रुपमा अहिलेका मगरहरूले जोगएर राखेका छन् । तत्कालिन जम्बुदीपमा तीन वटा भाषा मुख्य रुपमा चलन चल्तीको भाषा थियो । पाली, सस्कृत र मग्ग (मग्ग जतिले बोल्ने भाषा) यी तीन भाषामा मग्ग भाषा मग्ग जातिले बोल्ने भाषामा पाली भाषाको बेसी प्रयोगले उक्त भाषामा परिवर्तन हुँदै गयो । त्यहि कारणले हुनु पर्छ अहिले पनि पाली भाषामा मगर भाषा धेरै मिल्न गएको छ । जसरी हिन्दू र मुसलमानको आक्रमणले बुद्ध धर्म भारतबाट लोप भयो । यो सँगसगै तत्कालिन पाली भाषा र मग्ग भाषालाई पनि जनमानसबाट लोप गराइयो । आठौ र नवौ शतव्दीमा हिन्दूहरूले बुद्ध धर्ममा आक्रमण गरे पछि हिन्दूहरूले बुद्ध विहारहरू नष्ट गरे भने कतिपय बुद्ध विहारलाई हिन्दूको मन्दिरको रुपमा परिवर्तन गरे त्यहि समयमा केडारिक बुद्ध विहरलाई हिन्दूहरूले हिन्दूको मन्दिरको रुपमा परिवर्तन गरेर अहिले त्यो हिन्दूहरूको प्रसिद्द केदार नाथ बनेको छ । हिन्दूहरूले त्यति बेला तत्कालिन भाषालाई पनि नस्ट गरे । हिन्दूहरू कतीसम्म हिङ्सक हुन्छन् आफ्नो शासन जोगाउनको लागि उनीहरू जे गर्न पनि पछि हटदैनन । (हे. तेश्री आजादी, बाबा सहेव अमडेक्कर) उदाहरणको लागि नेपाल कै म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, अर्घाखाँचीका मगरलाई लिन सक्छौ । यी ठाउँका मगरले मगर् भाषा बोलेमा चार पैसा दण्ड तिर्नु पर्ने कानुन तत्कलिन हिन्दू शासकले लगएकोले ती ठाउँबाट मगर् भाषा लोप हुन गयो । अहिले नेपालमा बिभिन्न शक्तिपिठलाई भगवती भनेर वलिदिएर पूजा गरिएको पाईन्छ । पूजा !!! पूजा शब्द शायद नेपाली समाजलाई तात्कालिन हिन्दू शासक बर्गले जबर्जस्ती रुपमा बली दिनु पर्ने कानुन बनाए, यसको बदलामा भगवती देवी खुशि भएर बरदान स्वरुप सूख, शान्ती प्रदान गर्ने छिन् । कुनै अदृष्य शक्ति खुशि बनाउने नाममा नरवली, सुमेघ जस्ता महायज्ञ लगाउन पनि पछि परेनन् । अनि नेपाली समाज अन्धा भक्त बनेर पूजाको नाममा निर्दोष प्राणीको बली चढाइ रहेका छन् । हामी मानव बिबेकशिल भनेर गर्व गर्न निकै रुचाउछौ एक पल्ट यो बिबेकशिल चेतनाले सोचौ त हामीले आफ्नो शरीर कति माया गर्छौ अनि सौभग्यमय ठान्छौ हाम्रो मानव जीवनलाई त्यस्तै उतिकै रुपमा हर प्राणीले आफ्नो शरीर र जीवनलाई माया गर्छ आनि सौभाग्यमय ठान्छ । हामी मानव आफ्नो सन्तानको जति माया गर्छौ अरु प्राणीले पनि आफ्नो सन्तानको उतिकै माया गर्छ l त्यसैले अन्धा भक्त भएर होइन सहि र गलत् छुटाएर पूजा गरौ । पूजाको अर्थ त असिमीत छ तर मानिसले यसलाई कुनै अदृष्य शक्तिको नाममा निर्दोष प्राणीको बली दिएर सीमित बनाए । पूजाको अर्थ त सेवा गर्नु, गुणगान गाउनु, सत्य कुराको भक्तिभाव गर्नु हो, निर्दोष प्राणीको बली चढाएर पूजा कहाँ हुन्छर त्यो त हिँसा हुन्छ । भगवती शब्द पाली भाषाको “भगवा-भगवता-भगवतो-भगवती” बाट बनेको हो । यसको अर्थ हुन्छ “उहाँ भगवान् हुनुहुन्छ” जस्तो-“तस्मिं भगवती बर्हमिय-चारियं चराम” अर्थात उहाँ भगवान् मेत्त-मुदिता-उपेक्खा-करुणाले सम्पन्न ब्रहम्चरियाले युक्त हुनुहुन्छ । भन्ने हुन्छ । (हे. रतनतयप्रणाम सुत्त) । तर यो शब्दलाई हिन्दूहरूले परिवर्तन गरेर गलत् रुपमा प्रयोग गरे । यसरी मगर् समाजमा रहेको बौद्ध परम्परालाई हिन्दू शासकले जबर्जस्ती रुपमा परिवर्तन् गराएका थिए । तर पनि मगर् समाजमा हिन्दू धर्म एउटा कर्म कण्ड चलाउने मध्यम मात्र बन्यो । यसले मगर समाजमा रहेको सास्कृतिक परम्परालाई खासै असर पार्न सकेन । हिन्दू शासकले मगर् समाजमा आफ्नो मातृ भाषा बोल्नमा बन्देज लगाए पनि रोक्न भने सकेन । अहिले मगर जातिमा तीन किसिमको भाषा रहेको पाईन्छ । ढुट, खाम र काइके यी भाषा प्राचिन “मग्ग” जातिले बोल्ने भाषा नै थियो । तात्कालिन समयमा मग्ग र पाली भाषा चलनचल्तीको भाषा जुन धेरै मात्रामा समान्ता थियो जस कारणले गर्दा अझै पनि मगरले बोल्ने भाषा र पाली भाषामा धेरै शब्दहरू मिल्दछ । भाषा समय अनुसार हर १० कोष पर पुगेपछि परिवर्तन हुन्छ । मगर भाषामा पनि अरु भाषा मिसिन पुग्यो यसमा नेपाली खस भाषा धेरै घुलमिल हुन पुग्यो जसले गर्दा मगर भाषामा परिवर्तन हुन गयो । मगरको पहिचान ओझेलमा परेता पनि हाम्रो पहिचान, विरासत आज भन्दा २५ सय बर्ष पहिले देखीको थियो भन्ने कुरा लिखित प्रमाणहरू हामिसँग जिवितै छन् । संसारको पुरानो धर्म ग्रन्थ बुद्ध धर्म ग्रन्थ तत्कालिन मग्ग जतिले बिकास गरेको लिपी “बर्हमिय रिक्की” पछि ब्रहमी लिपी बन्न पुग्यो लेखिएको थियो । पाली भाषासँग मेल हुने मगर शब्दहरू ।
१, नालंदा- विश्वको सबै भन्दा पुरानो विश्वविद्यालय “नालंदा” विश्व विद्यालयको नामंकरण मगर भाषा मै गरिएको थियो भन्ने स्पष्ट हुन्छ । किनभने “नालंद” शब्दको अर्थ पाली भाषा र मगर भाषामा एउटै हुन्छ । पाली भाषाको दुइटा शब्द “नालन” र “लद्धा” मिलेर नलन+लद्धा भएर “नालंद” बनेको हो । अर्थात कमलको फूल भेटियो, रखियो हुन्छ । “नालन” अर्थात कमलको फूल, “लद्धा” अर्थात भेटियो, राखियो हुन्छ । (हे, बुद्धदत्त माहाथेरा, पाली शब्दकोष पेज नम्बर १३५-२२१) बुद्ध धर्ममा कमलको फूललाई शिक्षाको प्रतिक मनिन्छ । भने मगर् भाषामा पनि दुइटा शब्द मिलेर बनेको छ । “नालन” अर्थात कमलको फूल र “डा, दा” अर्थात राख्यो, राखियो हुन्छ ।
उक्त विश्वबिद्यालय शुरुमा बुद्ध धर्ममा अग्रश्रबक सारीपुत्र र मौदगल्यान भिक्षुको जन्मस्थनमा इसाको तेश्रो शताब्दीमा भिक्षु कुमार जिवले नालंद विहारको नाममा स्थापना गर्नु भएको थियो । शिक्षाको स्थापना गरियो भन्ने अर्थमा नालंद विहार नामंकरण गरि उक्त विहारको स्थापना भएको थियो । जुन विहार इसाको पाचौ शताब्दीमा आइ पुग्दा महाविहारको रुपमा बिकसित भइ सकेको थियो । इसाको पाचौ शताब्दीमा सम्राट कुमार गुप्ताको समयमा यस नालंद महाविहारलाई नालंद महाबिध्यालयको रुपमा स्थापना गरियो । जुन संसारको पहिलो महाबिध्यालयको रुपमा मनिन्छ । (हे.Buddhist text of India).
यस विश्वबिध्यालयमा मुख्य रुपमा बुद्ध धर्म दर्शनको अध्ययन अध्यापनको साथै अन्य १४ वटा शास्त्रमा अध्यापन गराइन्थ्यो । यहाँ खगोल शास्त्र, जोतिष शास्त्र, जिव बिज्ञान जस्ता बिषयमा अध्यापन हुन्थ्यो । यहाँ अध्ययनको लागि टेस्ट परिक्षा उतिर्ण गर्नु पर्थ्यो । यहाँ अध्ययनको लागि चीन, जापान, कोरिया, श्रीलङ्का, तिब्बत, इन्डोनेशिया, श्यामा, ग्रीकबाट अध्ययनको लागि आउने गर्थ्यो । प्रसिद्ध चिनिया यात्री हु यान साग, फा हि यान पनि अध्ययनको लागि यहाँ आइपुगेका थिए । त्यति बेला यहाँको आचार्य भिक्षु शिलभद्र थिए । (हे। हु यान साग यात्रा विवरण) यहा अध्ययनको लागि सबै सम्प्रदायको लागि खुल्ला थियो कुनै किसिमको रोक थिएन । यहाँ बसेर अध्ययन गर्नको लागि भिक्षु जीवनमा बसेर भिक्षु बिनयको कडा पालन गर्नु पर्दथ्यो । यहि नालंद महाबिध्यालयमा हिन्दू धर्म प्रवर्तक शंकराचर्यका गुरुले पनि अध्ययन गरेका थिए त्यो हिन्दूहरूको एउटा षड्यन्त्र थियो । तात्कालिन समाजमा हिन्दू धर्ममा आस्था राख्नेहरू घट्दै गएपछि बदलाको प्रतिसोचले हिन्दू ब्रह्मनले षड्यन्त्र पुर्वक तरिकाले त्यहा अध्ययन गर्ने बाहानामा पठाएका थिए । जसको कारणले नालंद विश्वबिद्यालय पहिलो पल्ट हिन्दूहरूको आक्रमणको शिकार बन्यो । ( हे. बाबा साहेव आम्बेडकर, तेश्री आजादि) नालंद विश्वबिद्यालयको महत्व यति धेरै बढ्दै गयो तिब्बतका राजाले आफ्नो दुत पठाउदा त्यहाको राजालाई नभइ नालंद विश्वबिद्यालयमा पठाएका थिए । बुद्ध धर्म सस्कृती, शिक्षाको बिकासको लागि भिक्षुहरूलाई निमन्त्रणा गरेका थिए । नालंद विश्व बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीको लागि श्रीलङ्का, इन्डोनेशियाका राजाले आश्रमको निर्माण गरेका थिए । (हे.History of Buddhism 2500) इसाको सातौ शतब्दीमा यहि विश्वबिद्यालयमा तिब्बती लिपीको बिकास भएको थियो । हे। पछि इसाको ११९७ मा मुसलमान बाद्शाहा विखतियार खिल्जीको आक्रमण पूर्ण रुपमा धवस्त भएको थियो । यहाँ रहेको सबै शास्त्र जलाएर नष्ट पारियो । त्यहाबाट आफ्नो ज्यान जोगाएर कतिपय भिक्षुहरू नेपाल, तिब्बततिर प्रबेश गरे । (हे.Rhay (Davids Buddhism in India)
२, बुद्ध धर्ममा सबै भन्दा उतम तिर्थस्थाल लुम्बिनी, जहाँ भगवान बुद्ध जन्मनु भयो उक्त स्थान मग्ग (मगर्) भाषा बाटै रहन गएको हुनुपर्छ । मग्गहरूको भाषामा लुम्बिनीलाई “लुंबेनी” भन्ने गरिन्थ्यो । दुइटा शब्द “लुङ” अर्थात समथर, सुन्दर र “बेनी” अर्थात संगम स्थल यी दुई शब्द मिलेर “लुंबेनी” बन्न पुगेको हो । भने पाली भाषामा “लुंम्विनी”,”रुम्विनी” भन्ने गरिन्थ्यो । पाली भाषाको “लुंम्वाना” शब्दबाट बनेको हो, अर्थात समथर, सुन्दर, जंगल, संगम स्थल भन्ने हुन्छ । (हे। बुद्धदत्त महाथेरा,पाली शब्दकोष) उक्त समयमा त्यस ठाउँमा सबै भेला हुने सगम स्थल, सुन्दर बगैचा थियो, जसले गर्दा “लुंम्विनी” नाम रहन पुगेको हो । प्रसिद्द चिनिया यात्री हु-यान सागले आफ्नो यात्रा विवरणमा “लाम्वानी-लाफानी-लांवानी” उल्लेख गरेको पाइन्छ । सस्कृत भाषामा “लावन्य” शब्दबाट बनेको हो पनि भन्ने गरिन्छ । हे। उच्चारणमा समान्ता:- पाली भाषा “लुंम्विनी-रुम्विनी”, मग्ग (मगर) भाषा “लुंबेनी-लुङ्बेनी” । यी शब्दहरूको अर्थ र उच्चारण एउटै हुनुले पनि मगर भाषाबाटै नाम रहन गएको हुनु पर्छ ।
३, “इमूं”- अर्थात यहाँ, यहाँलाई भन्ने हुन्छ भने मग्ग (मगर) भाषामा “इलाङ” भन्ने हुन्छ ।
४, “देम”- अर्थात भनेर, अधिपत्य राख्नु हुन्छ भने मग्ग (मगर) भाषामा “डेम” हुन्छ अर्थात भनेर हुन्छ ।
५, “पुजेम”- अर्थात पूजा गर्नु, सेवा गर्नु, गुणगान गर्नु आदि हुन्छ भने मग्ग(मगर) भाषामा “पुजट्न” भन्ने हुन्छ ।
६, “देवानं”- अर्थात देवता हुन्छ भने मग्ग (मगर्) भाषामा “देउङ” भन्ने हुन्छ ।
७, “वक्क”- अर्थात ओकल्नु, मुखबाट निकाल्नु भन्ने हुन्छ भने मग्ग (मगर्) भाषामा पनि “वक्का” भन्ने हुन्छ । भगवान बुद्धको पुर्खा “वक्क” सूर्यबंशी थिए । बुद्ध भगवानको पुर्खा “वक्क” ले बोल्दा मुखबाट अनौठो किसिमले तेज, प्रकाश निस्कने भएकोले “वक्क” सुर्यबंशी भनिएको थियो । भने “मग्ग” (मगर) जातिको पुर्खा पनि “वक्क” सुर्यबंशी नै थिए । “वक्क” सुर्यबंशी कै दुई भाई सन्तान हुन शाक्य र मग्ग (मगर) हरू । (हे. डा केशबमान शाक्य, को हुन मगर हरू)
८, “सुत्त”-अर्थात धागो हुन्छ भने मग्ग (मगर्) भाषामा ‘सुता” हुन्छ ।
९, “यानित”- अर्थात लिनु, दिनु, प्राप्त गर्नु हुन्छ भने मग्ग (मगर) भाषा मा “यानिहत” हुन्छ ।
१०, “याम”- अर्थात वेला, समय, पहर हुन्छ भने मग्ग (मगर्) भाषामा पनि “याम” नै हुन्छ । जस्तो “कुसे याम छाना” अर्थात कति बेला भयो ।
११, “मासं”- अर्थात महिना भन्ने हुन्छ भने मग्ग (मगर्) भाषामा “मैनां” भन्ने हुन्छ ।
१२, “मत्तं”- अर्थात मात्रै भन्ने हुन्छ भने मग्ग (मगर्) भाषामा “मत्तै” भन्ने हुन्छ ।
१३, “आस्स”- अर्थात उ, उसलाई भन्ने हुन्छ भने मग्ग (मगर्) भाषामा “आस्स”-“आस्के” हुन्छ ।
१४, “कुत्तो”- अर्थात कहाँबाट हुन्छ भने मग्ग (मगर्) भाषामा “कुटौ” भन्ने हुन्छ ।
१५, “मनं”- अर्थात लगभग हुन्छ भने “मनाङ” हुन्छ । जस्तो “मनाङ-मनाङ ह्योक्की पा” अर्थात लगभग सकिन लाग्यो ।
१६, “वद्देय”- अर्थात थप्नु, बढाउनु हुन्छ भने मग्ग् (मगर्) भाषामा “वद्डेके” हुन्छ ।
१७, “वहन्ती”- अर्थात धुनु, पखाल्नु हुन्छ भने मग्ग (मगर्) भाषामा “वहुर्नी” हुन्छ ।
१८, “सग्ग”- अर्थात स्वर्ग, सुन्दर हुन्छ भने मग्ग् (मगर) भाषामा “सग्ग्र” भन्ने हुन्छ ।
१९, “ब्रह्मिय”,”ब्रह्मी”-“ब्रहमियो”- अर्थात चार गुण मेत्ता-मुदिता-करुना-उपेक्खा भएको मनिस हुन्छ l (हे, बुद्धदत्ता महाथेरा, पाली शब्दकोष) भने मग्ग (मगर) भाषामा भर्मी-भर्मीको-भर्मिय भन्ने हुन्छ ।
२०, “दाठा”- अर्थात दात र बङ्ग्राको बिचको दात (दारा) लाई भनिन्छ भने मग्ग (मगर्) भाषामा “दाडा”- “दार्हा” भन्ने हुन्छ ।
२१,”सुसन”- अर्थात श-मशान हुन्छ भने मग्ग (मगर्) भाषामा “सुसनङ” भन्ने हुन्छ ।
२३, “चे” – अर्थात यदि हुन्छ भने मग्ग (मगर) भाषामा “चे” नाई भनिन्छ ।
२४, “जन” – अर्थात मनिस्को समूह हुन्छ भने मग्ग (मगर) भाषामा पनि “जन” नै भनिन्छ जस्तो “कुडिक जन आले” अर्थात कति जन होला ।
२५, “जीवय”- अर्थात बाच्नु, बचाउनु हुन्छ भने मग्ग (मगर) भाषामा “जीवाक्कं” हुन्छ ।
२६, “ठान”- अर्थात स्थान, ठाउ हुन्छ भने मग्ग (मगर्) भाषामा “थान” हुन्छ ।
२७, “ठपित”- अर्थात राख्नु, स्थापना गर्नु हुन्छ भने मग्ग (मगर्) भाषामा “ठोकी” भनिन्छ ।
२८, “त्वं”- अर्थात तिम्रो, तेरो भन्ने हुन्छ भने मग्ग् (मगर) भाषामा “न्व” भन्ने हुन्छ ।
२९, “थुप”- अर्थात स्तुप, चैत्य भन्ने हुन्छ भने मग्ग् (मगर) भाषामा “थुम्म” भन्ने हुन्छ ।
३०, “पच्छा” अर्थात पिच्छे गर्नु हुन्छ भने मगर् भाषामा पनि “पच्छा” नाई हुन्छ ।
३१, “भट्टं”- अर्थात उड्नु, तितरबितर हुनु हुन्छ भने मग्ग भाषामा “भुरां” भन्ने हुन्छ ।
३२, “भेद”-अर्थात नशा लाग्नु, मात् लाग्नु हुन्छ भने मग्ग (मगर) भाषामा पनि “भेद” नै भनिन्छ ।
३३, “भार”- अर्थात बोझ, भारी हुन्छ भने मग्ग् (मगर) भाषामा पनि “भार” नै भनिन्छ ।
३४,”मञञ”- अर्थात स्वीकार गर्नु हुन्छ भने मग्ग् (मगर) भाषामा “छाञञे”-“छान्ने” हुन्छ ।
३५, “माघातो”- अर्थात कुनै प्राणीलाई नमार्नु हुन्छ भने मग्ग्(मगर) भाषामा “मासाटो” हुन्छ ।
३६, “सुत्तं”- अर्थात सुनेको हुन्छ भने मग्ग् (मगर) भाषामा “सेनाङ”-“सेम्या” हुन्छ ।
३७, “अलं”- अर्थात पुग्यो, भयो हुन्छ भने मग्ग् (मगर) भाषामा “ओलाङ” भन्ने हुन्छ । (पाली शब्द बुद्धदत्त महाथेरा, पाली शब्दकोष, Asok and his Inscriptions बाट सङ्कलित) यसरी पाली शब्द कोष र मग्ग (मगर्) शब्द कोषलाई तुलना गर्ने हो भने यस्ता शब्दहरू अनगिन्ती पाउन सक्छौ ।
यसले के स्पष्ट गर्दछ भने बुद्ध कालिन समयमा मग्ग (मगर) भाषा र पाली भाषा चलन चल्तीको भाषा थियो l
भिक्षु नाम मगर
बैंकक, थाईलण्ड