राजावादीहरु फेरि जुट्दै

Read Time:1 Minute, 40 Second

राजनीतिक  दलहरुले मोर्चा बन्दी गर्ने लहर चलाइरहेका बेला राजावादीहरु समेत नयाँ मोर्चा बनाउँन कम्मर कसेर जुटेका छन् । राजावादी दलको रुपमा आफूलाई चिनाएका राजनीतिक दलहरु राप्रपा नेपाल, राप्रपा र जनशक्ति पार्टी बीच एकता हुने निश्चित भएको छ । राजतन्त्रको समयमा एउटै पार्टी रहे पनि पछि त्यही पार्टी फुटेर तीन पार्टीमा विभाजन भएको थियो  । पार्टी एकताको सम्पूर्ण तयारी पूरा भएको स्रोतले बतायो । जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाको निवासमा तीनै दलको बैठक बसेर पार्टीलाई एक बनाएर लैजाने निर्णय भएको छ । पार्टीको नाम, संघीयता र धर्मनिरपेक्षता तथा गणतन्त्रको विषयको आपसी विवाद समेत छिट्टै नै महाधिवेशन गरि टुंग्गो लगाउँन सहमति भएको बुझिएको छ । राजनीतिक गतिरोध लम्बिरहेको बेला राजावादीहरुको सक्रियता एकाएक बढ्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । संघीयता र गणतन्त्र संस्थागत बनिनसकेको अवस्थामा राजावादीहरुको बढ्दो चलखेलले किनारा लागि सकेको राजसंस्थालाई विउँताउने हो कि भन्ने आशंका समेत गर्न थालिएको छ ।

(राज्यसत्ता नेपाल व्युरो )

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %