गिता मणि पाण्डे युएई दुवई, वैदेशिक रोजगारीको सिलसिलामा गत जनावरी २०१२ देखि शारजाहको एअरपोर्ट फ्रि जोनमा रहेको एटलान्टिक एकस्पोर्ट लिमिटेड गारमेन्ट कम्पनीमा कार्यरत पाल्पा जिल्ला हेक्लाङ गाविस वार्ड नं ८ पोखरा चोक घर भएकि लोकमाया सारु मगरको यहि जुलाई २८ गते राती १० वजे २४ वर्षको अल्पआयुमा असमायिक निधन भएको हो ।
मृतकका ३ दिदीवहिनी र एक दाई आमा सहित ५ जनाको परिवार भएको र वुवाको मृत्यु पछि उनकै सहारामा चल्दै आएको परिवारको खुशिको लागि भन्दै युएईको शारजाहको एअरपोर्ट फ्रीजोनमा ६०० सय सेलेरिमा आएकी उनी आए देखि नै विरामी भएको र विरामी भएको वेला कम्पनीले उपचार गराउदै आएको भए पनि ६ महिना सम्म पनि विरामी ठिक नभए पछि कम्पनीले आईतवार भिसा क्यान्सिल गरेर घर पठाउने तैयारी गरिरहेको वेला अकस्मात जुलाई २८ शनिवारका दिन विरामी भए पछि शारजाहमा रहेको कुवेति हस्पिटलमा लाँदा लाँदै गर्दा उनको मृत्यु भएको हो ।
उक्त कुराको जानकारी त्यही कम्पनीमा कार्यरत दिनेश मगरले , देवेन्द्र , वलु खडका , दादिकी शेर्पा माधव वोखरेल लगायतले युएई पत्रकार महासंघमा खवर गरेका थिए । अध्यक्ष शकर ज्ञवाली ले पत्रकार सम्मेलन गरि जानकारि गराउने भनेर खवर गरे पछि शंकर ज्ञवालीको सभापत्विमा सम्मेलन गरीएको थियो भने पत्रकार , समाजसेवि , वुद्धिजिवी , संघसंस्थाका प्रतिनिधी महिला प्रतिनिधि नेपाली कल्याणकारि समिति तथा उहि कम्पनिमा कार्यरत नेपालीहरुको वृहत उपस्थितीमा सारजाहमा रहेको रोलापार्कमा पत्रकार सम्मेलन गरिएको थियो ।
सारजाहको फ्रि जोनमा रहेका कम्पनिमा मा लगभग १००० हजार जति नेपाली रहेको र सवैको लगभग तलव ६ सय देखि माथि खानेहरु रहेका भए पनि त्यांहा कसैको सहयोग नपुगेको भन्दै नेपाली राजदुतावास लगायत युएईमा रहेका व्यापारि, वुद्धीजिवी, सामाजिक संघ संस्था लगायत सवैमा ध्यानार्कषण गराउन समेत अनुरोध गर्दै सारजाह फ्रि जोनमा काम गर्ने नेपालीहरुले उक्त मृतक महिलालाई आर्थिक सहयोग उठाउदै दुई पटक गरेर चार लाख छ हजार नेपाली रुपैंया घरमा पठाएको तर कम्पनीले सात हजार पाच सय दिराम नेपाली राजदुतावास मार्फत नेपाल पठाएको थियो । उक्त रकम पाए नपाएको जानकारि नपाएको वताउनु भएको थियो । आर्थिक संकलनमा सहयोग गर्ने एटलान्टिक एकस्पोर्ट कम्पनीका काम गर्ने दिनेश मगर ,रुद्रप्रसाद अधिकारि , मानवहादुर मगर ,गोमन, हरि , दिलीप , क्रष्ण , अमर , सोम , चन्द्रकला , मानी , गिता , देवि , शर्मिला
अलाधिन ईन्डष्ट्रिज कम्पनी का देवेन्द्र , मिलन , तिलक , सरिता , अनिता भोलटेक्स कम्पनीका दादीकी शेर्पा ग्रिस फ्रेन्सका माधव वोखरेल जेनोभका वलु खडका रहेका छन । अन्तमा सम्पुर्ण प्रवासि नेपालीहरु मृतकको चिर शान्तिको कामना गर्दै परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस भन्दै परिवार प्रति सहानुभुति दिदै आर्थिक सहायताको लागि सवैले आफनो ईच्छा अनुसार सहयोग गरिदिनु हुन सवैमा अनुरोध गर्दछौं ।
युएईको शारजाहवाट मृतक नेपाली महिलालाई सहयोग
Read Time:4 Minute, 20 Second