के.वि आले मगर युएई दुवई, गत आईतवार अगष्ट १९ का दिन मगर सघ युएई सारजाह क्षेत्रियको विशेष अधिवेशन कार्यवाहक अध्यक्ष देववहादुर सारु मगरको सभापतित्वमा जनजाति महासघ युएईका अध्यक्ष गिरमान थापा मगरको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । महासघकै उपाध्यक्ष महेश मोक्तान मगर सघ युएईका अध्यक्ष नुन प्रसाद सोमै मगरले विशेष अतिथ्यि ग्रहण गरेका थिए भने, कार्यक्रमको संचालन टोप रेश्मी मगरले गरेका थिए ।
उक्त अधिवेसनले देव वहादुर सारु मगरको अध्यक्षतामा १५ सदस्यीय नयां कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा गंगा छन्त्यल मगर, सचिवमा टोप रेश्मी मगर, सहसचिवमा खडग दर्लामी मगर, कोषाध्यक्षमा दिपा थापा मगर र सदस्यहरु क्रमश दिलिप रेश्मी मगर, वावुराम ढेगां मगर, नर वहादुर रुचाल मगर ,शिव राम्जाली मगर, ईन्द्रवहादुर रुचाल मगर, तिर्थ रेश्मी मगर, तेजवहादुर दर्लामी मगर, दिलवहादुर रेश्मी मगर, जङग सोमै मगर चुनिएका छन् ।
नया कार्य समितिलाई उपस्थित अतिथिहरुवाट शारजाह क्षेत्रलाई अझ सशक्त ढंगले सवै मगरहरुलाई समेट्ने गरी आ.आप्mनो जिम्मेवारीलाई लगनशिलताका साथ काम गर्न र गराउन प्रेरणा मिलोस् भनि शुभकामना दिइएको थियो । शुभकामना दिनेहरुमा महासंघका अध्यक्ष गिरमान थापा मगर उपाध्यक्ष महेश मोक्तान मगर सघका अध्यक्ष नुन प्रसाद सोमै मगर उपाध्यक्ष हस्त दर्लामी महासचिव भरत राना मगर प्रवक्ता खुमवहादुर आले मगर प्रशिक्षण विभाग प्रमुख राजु सिंजाली मगर र सहकोषाध्यक्ष टंक थापा मगर थिए । अन्तमा नव निर्वाचित अध्यक्षवाट केन्द्रले दिएको सम्पुर्ण जिम्मेवारि पुरा गर्ने प्रविद्धता जाहेर गर्दै सभा विर्सजन गरेका थिए ।
मगर संघ युएई, सारजाहमा सारु
Read Time:2 Minute, 28 Second