अमेरिका भरि छरिएर बसोबास गरिरहेका हामी मगरहरूको गौरबमय शाझा सस्था मगर संघ अमेरिका को पाचौ राष्ट्रिय महाधिबेशन यहि आउने सेप्टेम्बर १६, २०१२ मा न्युजर्सी राज्यको मेज ल्यान्डिङ शहरमा आयोजना गरिने निर्णय भएको कुरा यहाहरूलाई जानकारी गराउदछौ । यो चौथो कार्यकालको समयाबधी पूरा भै पाचौ नयाँ कार्यसमिती गठन गर्न लागिएको यो संघारमा, नयाँ जोश, जाङर, उत्साह र बिचार भएका तपाईहरू जस्तो बीधार्थी, युवा, महिला तथा अनुभबी बुध्दिजिबी बर्गको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सुझाब, साथ्, सहयोग र सहभागिता बिना हाम्रो गौरबमय सस्था मगर संघ अमेरिकाको उज्ज्वल तथा सफल निरन्तर्ता असम्भब हुन्छ । यसर्थ, महाधिबेशन भन्दा अगाबै सस्थाको नयाँ सदस्यता लीइ अथवा नबिकरण गरि नयाँ बन्ने पाचौ कार्य समितिमा सहभागी भै मगर संघ अमेरिकालाई अझ प्रभाबकारी रुपमा नयाँ उचाइमा पुर्याउने अभियानको साझेदारी बनिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सम्झनुहोस्, नयाँ बन्ने पाचौ कार्यसमितिमा यहाको सहभागिता तद्कारो रुपमा खद्किरहेको छ । त्यसैले अमेरिकामा बसोबास गर्नु हुने सम्पुर्ण मगर बन्धुहरूलाई तल उल्लेख गरिए बमोजिम सदस्यता शुल्क सहित फारम भरि तल उल्लेखित मगर संघ अमेरिकाको केन्द्रिय सचिवालय वा सदस्यता बिभागमा पठाउनु हुन मगर संघ अमेरिका, सदस्यता बिभाग हार्दिक अनुरोध गर्दछ ।
मान बि रानामगर
सहायक सचिब तथा सदस्यता बिभाग संयोजक
मगर संघ अमेरिका