१९ अगष्ट हंगकंग, नेपालको पञ्चायती ब्यबस्थाको अन्याय र अत्याचार सहन नसकेर गाउ गाउबाट जागरुक भई तत्कालिन पञ्च शासकहरुको विरुद्धमा उठेका पन्द्र जना जागरुक युवाहरुको एउटै चिहान हुने गरी २०३६ साल कार्तिक २५, २६, २७, २८ र २९ गते गरीएको विभ्त्सब हत्या काण्ड हो छिन्ताङ काण्ड । तत्कालिन पञ्चायत कालिन प्रधानमन्त्री सर्य बहादुर थापा क्षेत्री यसको दोषी भएको ठहर छ जानकारहरूको । तर ती थापा क्षेत्रीले त्यस काण्ड पश्चात बहुदल आइसकेपछि पनि सत्ताको बागडोर सम्हाली सकेका छन । यस्तो हत्याकाण्डमा संलग्न ब्यक्तिलाई कार्बाही हुनु पर्ने हो तर अझै पनि उनी सत्ताको लागि पैठेजारी खोजेर बसिरहेका छन । हत्या काण्डमा मारिने पन्द्र जनाको जिबित बिधवाहरु र परीवारले त्यो क्षण अझै पनि विर्सेका छैनन । प्रहरीको राइफलको कुञ्जाले मेरो छातीमा हानेको अहिले जस्तो लाग्छ भनेका छन ।
२९ औ बार्षिकिको अवसरमा तत्कालिन प्रधानमन्त्री माधब कुमार नेपालले समेत छिन्ताङ पुगेर मूर्तिमा माल्याणपण गरेर कार्यक्रमलाई सम्बोधन गरे । तर उनीहरुका परीवारले न अहिलेसम्म राहत पाएका छन न ती काण्डमा मारीएकाले शहिदको सम्मान नै पाएका छन । अर्धकदको मर्ति बनाएर राखेर माला पहिराएर मात्रै सहिदको सपना पुरा हुदैन र यसको लागि अब आदिवासी जनजातिहरु लडनु पर्छ । नेपालका बाहुनबादी नेताहरुको हरेक कुरा बोलीमा मात्रै सीमीत छ तर कार्यन्वायन कहिल्यै हुदैन जुन माधब नेपालले पनि देखाए ।
अर्को कुरा त्यस काण्डमा मारिने दलित र आदिवासी जनजाति छन यसले गर्दा पनि एकात्मक बाहुनबादी शासकहरुले यसमा चासो देखाउने कुरै भएन । किनकि नेपालमा अहिलेसम्म यस्तै भइरहेको छ । त्यसैले अब आदिवासी जनजातिहरु चुप लागेर बस्ने होइन र बस्नेवाला पनि छैन अबको शासन सत्ताको बागडोर निश्चय पनि आदिवासी जनजातिले सम्हाल्ने छन र यो समय अब धेरै टाढा छैन ।
लेखक तथा निर्देशक र निर्माता समेत रहेका पत्रकार जस कुमार राईले छिन्ताङ काण्डको उजगार गरेकोमा धन्यवाद दिन चाहन्छु । यो बास्तविक कुराको जानकारी आदिवासी जनजाति समुदायलाई दिनै पर्छ । हंगकंगमा पनि छिन्ताङ काण्डको बृतचित्र प्रर्दशन गरी सर्वसाधारणलाई जानकारी गराउने राम्रो काम एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले पनि गरेका छन ।
छिन्ताङ काण्डले बल्झाएको घाउहरु
Read Time:3 Minute, 28 Second